२७ असोज , एजेन्सी ।
बंगलादेशविरुद्धको तीन म्याचको टी ट्वान्टी सिरिज भारतले क्लिन स्विप गरेको छ । गएराति भएको तेश्रो तथा अन्तिम खेलमा भारतले बङ्गलादेशलाई एक सय ३३ रनको फराकिलो अन्तरले हराएको हो ।
भारतले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले सात विकेट गुमाएर एक सय ६४ रन मात्रै बनाउन सक्यो । हैदराबादस्थित राजीव गान्धी अन्तराष्ट्रिय स्टेडियमा सन्जु सामसनले शतक प्रहार गर्दै म्याच अफ दी म्याच घोषित भए ।
हार्दिक पाण्डेया प्लेयर अफ द सिरिज चुनिए । टस जितेर भारतीय कप्तान सुर्यकुमार यादवले ब्याटिङको निर्णय लिएका थिए । कप्तानको निर्णयलाई सहि सावित गर्दै भारतीय टिमले ६ विकेट गुमाएर २ सय ९७ रनको कीर्तिमानी स्कोर खडा गर्यो ।
भारतीय टिमले टी ट्वान्टी क्रिकेटमा सबैभन्दा ठुलो स्कोर यही खेलमा खडा गरेको हो । टेष्ट खेल्ने राष्ट्रले टी ट्वान्टीमा बनाएको यही नै ठुलो स्कोर हो । ओपनर सन्जुु सामसनले १ सय ११ रन बनाएको इनिङ्स सुर्यकुमार यादवले ७५ रन बनाए ।
हार्दिक पाण्डेयाले ४७ रन र रियान परागले ३४ रन बनाए । बंगलादेशका तान्जिम हसन सकिबले सर्वाधिक ३ विकेट लिए । भारतका रवि बिसोनीले ३ तथा मायान्का यादवले २ विकेट लिएको खेलमा बंगलादेशले ७ विकेट गुएर १ सय ६४ रनमात्र बनाउन सक्यो ।
तौहीद ह्दयोयले नटआउट ६३ रन बनाएको इनिङ्समा लिटन दासले ४२ रन बनाए । यसअघि बङ्गलादेशसँगको दुई खेलको टेष्ट शृङ्खला पनि भारतले जितेको थियो ।