आज पनि तीन प्रदेशमा वर्षा

२६ असोज ८१, आइतबार

२७ असोज , काठमाण्डौ।

नेपालबाट हिजोमात्रै मनसुन बाहिरिए पनि आज केही प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार स्थानीय वायुको आंशिक प्रभाव रहेकाले आज केही स्थानमा बदली र वर्षाको सम्भावना छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम बदली रहनेछ । दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

Advertisement

तीनवटै प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

उता लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ र कोशी प्रदेश, मधेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष १० दिन ढिलो गरी अक्टोबर १२ मा बाहिरिएको हो ।

Advertisement

हिजो शनिबार नै यस वर्षको मनसुन वाग्मती, मधेश र कोशी प्रदेशबाट बाहिरिएको छ । असोज २२ गते कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट मनसुन बाहिरिइसकेको थियो । त्यस्तै त्यसै दिन काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशका पश्चिमी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागबाटसमेत मनसुन बाहिरिएको थियो ।

त्यस्तै असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानहरूबाट मनसुन बाहिरिएको पनि महाशाखाले शनिबार बुलेटिनमार्फत जनाएको छ । बाढी र पहिरोले ठूलो विध्वंश मच्चाउने गरी आएको यस वर्षको मनसुन नेपालमा १२४ दिनसम्म रह्यो ।

यसपालि अशोज दोश्रो साताको अविरल वर्षासँगै बाढी पहिरोका कारण नेपालमा २ सय ४० भन्दा बढीको ज्यान गएको थियो । सडक र भवनसहित अर्बौ भौतिक क्षतिको त यकिन विवरण अझै आइसकेको छैन ।

जलवायु परिवर्तनको असरले नेपालमा मनसुन आगमन र बहिर्गमन सरदर मितिभन्दा ढिलो हुने गरेको मौसमविदहरु बताउँछन् । पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन ग¥यो भने मनसुन बाहिरिएको भनिन्छ ।

पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ । मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ । मनसुन बाहिरिएपछि हिउँद अर्थात् जाडोयाम सुरु हुन्छ । यस वर्षको हिउँदमा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top