२७ असोज ,एजेन्सी ।
शनिबार क्रिस्टियानो रोनाल्डोले गरेको १३३ औं अन्तर्राष्ट्रिय गोलको मदतले पोर्चुगलले यूइएफए नेसन्स लिगमा पोल्यान्डलाई सजिलै ३–१ ले पराजित गरेको छ । लिग ए को ग्रुप वान खेलमा पोर्चुगलले बर्नार्डो सिल्भाको गोलले अग्रता लिएको थियो ।
त्यसपछि रोनाल्डोले ३७ औं मिनेटमा गोल गरे । युरो २०२४ मा कुनै गोल गर्न नसकेपछि आलोचनाको शिकार भएका रोनाल्डोले नेसन्स लिगका तीन खेलमा तीन गोल गरिसकेका छन् । पिटर जिलेन्स्कीले घरेलु टिम पोल्यान्डका लागि एक गोल फर्काएयता पोर्चुगलले एक आत्मघाती गोल उपहार पाएको थियो ।
लिग एको ग्रुप १ मा रहेको पोर्चुगलले सबै ३ खेल जित्दै ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । अब टोलीले सबै खेल हारेको स्कटल्याण्डसंग खेल्नेछ । यस्तै गएराती लिग ए ग्रुप फोरमा सर्बियाले स्विटजरल्यान्डलाई २–० र स्पेनले डेनमार्कलाई १–० ले हरायो ।
स्पेनको जितमा खेलको ७९औं मिनेटमा मार्टिन जुबिमेन्डीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि युइएफए नेसन्स लिग ए को समुह चारमा स्पेनको ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै डेनमार्क ३ खेलमा ६ अंकसहित समुहमा दोस्रो स्थानमा रहेको छ । स्पेनले अब अर्को खेल अक्टोबर १६ मा सर्बियाको सामना गर्ने छ भने डेनमार्कले अर्को खेल सोहि दिन स्वीजरल्याण्डविरुद्ध खेल्ने तालिका छ ।