×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दसैका लागि अग्रिम टिकट बुकिङ खुल्यो

८ आश्विन २०७५

विराटनगर,असोज ८
दसैंका लागि अग्रिम टिकट बुकिङ भोलि मंगलबारबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आज ललितपुरमा बसेको केन्द्रिय कार्य समितिको आकस्मिक बैठकले भोलिबाट दसैं टिकट अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

दसैंका लागि भोलिबाट अग्रिम बुकिङ खुला गर्ने निर्णय गरिएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले जानकारी दिए । सरकारले यातायातको भाडादर १० प्रतिशत बढाउने निर्णय गरेलगत्तै महासंघले दसैंको अग्रिम टिकट बुकिङले खुला गर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

महासंघले दसैंमा राजधानी बाहिर जाने र आउने यात्रुहरुलाई व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण बनाउन अनुगमन, टिकट काउन्टर व्यवस्थापनलगायतका समिति पनि बनाएको छ ।

वरिष्ठ उपाध्यक्ष हरिशरण केसी संयोजक र महासचिव सरोज सिटौला सदस्य सचिव रहेको अनुगमन समितिले यात्रुहरुलाई व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण बनाए/नबनाएको अनुगमन गर्ने पनि महासंघका अध्यक्ष कर्माचार्यले बताए ।

Advertisement

त्यसैगरी टिकट काउन्टर व्यवस्थापन समितिले टिकट वितरणको उचित व्यवस्था गर्नेछ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top