×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

दोस्रो विश्वयुद्धको बम जर्मनीमा भेटियो

२८ आश्विन २०८१

२८ असोज, एजेन्सी ।

दोसो विश्वयुद्ध सकिएको ८ दशक वितिसक्दा पनि सो बेला प्रयोग भएका बमहरुले अझै केही देशलाई सताइरहेको छ । विशेष गरी जापान, जर्मनी लगायतका देशहरुमा सो बेलाका बमहरु भेटिनेक्रम अझै जारी रहेको छ । केही दिन अघि जापानमा दोस्रो विश्वयुद्धको बम विष्फोट भएको केही दिन नबित्दै जर्मनीको ह्याम्बर्ग प्रान्तमा दोस्रो विश्वयुद्धको बम फेला परेको छ ।

Advertisement
Advertisement

शनिबार स्तर्नसाञ्जे जिल्लामा बम भएको सूचना पाएपछि तीन सय मिटरको परिधिमा बस्ने करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । यसका साथै प्रहरीले उक्त क्षेत्रका रेस्टुरेन्ट र बारहरू पनि बन्द गरेको थियो ।

प्रहरी अधिकारीका अनुसार प्राथमिक विद्यालय निर्माणका क्रममा सो बम फेला परेको हो । बमलाई सुरक्षित रुपमा निष्क्रिय पारिएको अधिकारीहरुले बताएका छन् । यसलाई निष्क्रिय पार्न करिब आधा घण्टा लागेको बताइएको छ ।

बम फेला परेपछि जिल्लामा रेल सेवा पनि बन्द गर्नुपरेको थियो । जर्मनीमा दोस्रो विश्वयुद्धका बमहरू फेला पार्नु सामान्य कुरा हो, जसलाई पछि निष्क्रिय पार्ने गरिएको छ । अक्टोबर ३ मा जापानको दक्षिणी भागमा रहेको मियाजाकी विमानस्थलमा बम विस्फोट भएको थियो ।

यो बम दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमा खसालेको थियो । तर, खसालेपछि विस्फोट भएन । जसका कारण यो दबाबमा रह्यो । विमानस्थलको ट्याक्सीवे छेउमा बम विष्फोट भएको हो । बम विष्फोटपछि विमानस्थलमा हुने उडानहरु रद्द गरिएको थियो ।

जर्मनीका धेरै शहरहरूमा निर्माण साइटहरूमा काम गर्दा यस्ता बमहरू भेटिन्छन् । यसअघि सन् २०२३ मा डसेलडोर्फ सहरमा ५०० किलोको बम भेटिएको थियो । यसपछि १३ हजार मानिसलाई अस्थायी रूपमा घर छाड्न आदेश दिइएको थियो ।

२०२१ मा, म्युनिखमा दोस्रो विश्वयुद्ध–युगको बम पनि विस्फोट भयो, जसमा ४ जना घाइते भएका थिए । सन् २०२० मा पनि फ्रान्कफर्टमा बेलायती बम भेटिएपछि करिब १३ हजार मानिसले अस्थायी रूपमा आफ्नो घर छाड्नुपरेको थियो ।

२०१७ मा फ्रैंकफर्टमा १४०० किलोग्रामको बम भेटिएको थियो, त्यसपछि लगभग ६५ हजार मानिसहरूले आफ्नो घर छोड्नु परेको थियो । दोस्रो विश्वयुद्धमा सन् १९४० देखि १९४५ सम्म अमेरिकी र बेलायती वायु सेनाले युरोपमा २७ लाख टन बम खसालेका थिए ।

यीमध्ये आधाभन्दा बढी बम जर्मनीमा खसेका थिए । दोस्रो विश्वयुद्ध १ सेप्टेम्बर १९३९ मा सुरु भयो । करिब ६ वर्षसम्म चलेको यो युद्धमा ७ देखि ८ करोड मानिस मारिएका थिए । सेप्टेम्बर १ मा, एडल्फ हिटलरको नेतृत्वमा जर्मनीले पोल्याण्डलाई कब्जा गर्ने उद्देश्यले आक्रमण गरेको थियो ।

यो आक्रमणबाट स्तब्ध भएका बेलायत र फ्रान्स पोल्याण्डलाई सहयोग गर्न अगाडि आएका थिए । यसपछि इटाली र जापान जर्मनीसँग आमनेसामने भए भने फ्रान्स, बेलायत, अमेरिका, सोभियत संघ र केही हदसम्म चीन पोल्याण्डसँग आमनेसामने भए । यसपछि यो युद्ध विश्वयुद्धमा परिणत भयो ।

प्रथम विश्वयुद्ध जस्तै यो युद्ध पनि दुई समूहबीच लडिएको थियो । जर्मन तानाशाह हिटलरले ३० अप्रिल १९४५ मा जर्मनीले युद्ध हारेको देखेर आत्महत्या गरेका थिए । हिटलरको मृत्युको एक हप्ता पछि, जर्मनीले बिना शर्त आत्मसमर्पणको कागजातमा हस्ताक्षर गर्यो ।

यसपछि, मे ८ मा, जर्मनीले आधिकारिक रूपमा हार स्वीकार गर्यो । तर, जापानले युद्ध जारी राख्यो । अगस्ट ६ र ९ मा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहार गरेपछि विश्वयुद्ध समाप्त भएको थियो । विश्वयुद्धमा जापानले हतियार राखेको थिएन । हारे पनि उसले हार मानेन ।

यसपछि अगस्ट ६, १९४५ मा अमेरिकाले जापानको हिरोसिमा सहरमाथि उडान भरेर बम्बरबाट परमाणु बम खसालेको थियो । उक्त बमको नाम लिटिल ब्वाई थियो । यो बम सहरभन्दा ६०० मिटर माथि नै विस्फोट भएको थियो ।

यस विस्फोटमा ७० देखि ८० हजार मानिसले ज्यान गुमाएका थिए । तर, त्यसको तीन दिनपछि ९ अगस्ट १९४५ मा अमेरिकाले नागासाकीमा दोस्रो परमाणु बम ‘फ्याट म्यान’ खसालेको थियो । जसबाट ९० हजार देखि १ लाख ६६ हजारसम्म मानिसहरु हताहती भएको अनुमान छ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top