×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

सचिनले बनाएका कीर्तिमान, जुन तोड्न गाह्रो छ

२८ आश्विन २०८१

२८ असोज,एजेन्सी ।

विश्व क्रिकेटमा एकपछि अर्काे कीर्तिमान बनाएर भारतीय क्रिकेटका समर्थकमाझ भगवानरुपी मानवको छवि बनाएका विश्व क्रिकेटका लिजेन्ड सचिन तेन्दुलकर क्रिकेटसँगसँगै जोडिएर आउने नाम हो ।

Advertisement
Advertisement

उनले विश्व क्रिकेटमा यस्ता थुप्रै कीर्तिमानहरु बनाएका छन् जसलाई तोड्न निकै समय खर्चिनु पर्नेछ । अहिलेपनि यस्ता थुप्रै क्रिकेटरहरु छन् जसले तेन्दुलकरले बनाएका कीर्तिमानहरु पछ्याइरहेका छन् ।

सन् २०१२ मा ‘वान डे’बाट र सन् २०१३ मा टेस्टबाट संन्यास लिएका सचिनको एक कीर्तिमान भने पछिल्लो समय तोडिएको छ । सचिनको एक कीर्तिमान भने हालै तोडिएको छ । यो कीर्तिमान हो, वान डेको सर्वाधिक ४९ शतक ।

सचिनले सन् २०१२ मार्चमा बंगलादेशविरुद्ध ४९ औं शतक प्रहार गरेका थिए । त्यसको ११ वर्षपछि विराटले ५० औं शतक प्रहार गरेर सचिनको यो कीर्तिमान तोडेका हुन् । अहिले विराट वान डेमा ५० शतक प्रहार गर्ने पहिलो खेलाडी बन्नुका साथै वान डेमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

तर, वान डेमा वेस्ट इन्डिजका डेसमेन्ड हायन्सले बनाएको १७ शतक सर्वाधिक संख्या भएकाबेला सचिनले सन् १९९८ मा यो कीर्तिमान तोडेका थिए । विराटले नतोडुन्जेल सचिनको वान डेमा सर्वाधिक शतक प्रहारको कीर्तिमान झण्डै २५ वर्षसम्म सुरक्षित रहेको थियो ।

सचिनले बनाएका मुख्य कीर्तिमानमा पहिलो छ :

सबैभन्दा बढी रन बनाएको

—टेस्ट क्रिकेटमा उनले १५ हजार ९ सय २१ रन बनाएका छन् । सन् २०१३ मा संन्यास लिएका सचिनले यो कीर्तिमान राखेको ११ वर्ष बितिसकेको छ र अझै पनि यो कीर्तिमान तोडिने सम्भावना देखिएको छैन । उनीपछाडि रहेका रिकी पोन्टिङ (१३ हजार ३ सय ७८ रन), ज्याक कालिस (१३ हजार २ सय ८९ रन), राहुल द्रविड (१३ हजार २ सय ८८ रन) र एलेस्टर कुक (१२ हजार ४ सय ७२ रन) ले संन्यास लिइसकेका छन् ।

— हाल क्रिकेटमा सक्रिय इंग्ल्यान्डका जोए रुट १२ हजार ४ सय २ रन बनाएर छैठौं स्थानमा छन् । उनले सचिनको कीर्तिमान तोड्नका लागि थप ३५ सय २० रन बनाउनुपर्नेछ । उनी हाल ३४ वर्षका भएकाले सचिनको कीर्तिमान तोड्न अझै केही वर्ष खेल्नका लागि फिट रहनु जरुरी छ ।

— इंग्ल्यान्डका जोए रुटपछाडि रहेका १२ खेलाडी पनि संन्यास लिइसकेका छन् । रुटपछाडि रहेका १३औं खेलाडी विराट कोहली हाल खेलिरहेका छन् । उनले आठ हजार आठ सय ७१ रन बनाएका छन् । हाल उनको उमेर करिब ३५ वर्ष पुगिसकेको हुँदा उनले सचिनको कीर्तिमान तोड्नसक्ने संभावना देखिएको छैन ।

यस्तै सबैभन्दा बढी खेलेको कीर्तिमान

—सचिनले सबैभन्दा बढी अर्थात् २०० टेस्ट खेलेका छन् । सचिनपछाडि रहेका जेम्स एन्डरसन (१८८ टेस्ट) ले पनि हालै संन्यास लिइसकेका छन् । सर्वाधिक टेस्ट खेलेको सूचीमा उनीपछि रहेका १० जना खेलाडीले संन्यास लिइसके । यसैले यो कीर्तिमान पनि ११ वर्षदेखि सुरक्षित छ । ११ औं खेलाडीमा इंग्ल्यान्डका जोए रुट छन् । १४६ टेस्ट खेलेका उनी सचिनभन्दा ५४ टेस्टले पछाडि छन् । यस्तै, हाल सक्रिय रहेका विराट कोहलीले ११४ टेस्ट खेलेका छन् । सचिनको रेकर्ड तोड्न उनलाई ८७ टेस्ट खेल्नुपर्ने हुन्छ । उनलाई पनि उमेरकै कारण सचिनलाई उछिन्न गाह्रो पर्ने पक्का छ ।

सर्वाधिक सेन्चुरी (शतक)को कीर्तिमान

—उनले टेस्टमा ५१ सेन्चुरी प्रहार गरेर राखेको कीर्तिमानलाई उनीपछि सर्वाधिक सेन्चुरी प्रहार गर्ने दक्षिण अफ्रिकाका ज्याक कालिसले तोड्न सम्भावना देखिएको थियो । तर, उनले पनि ४५ सेन्चुरी बनाएर संन्यास लिइसके । कालिसपछिका धेरैजसो खेलाडीले पनि संन्यास लिइसकेका छन् । हाल सक्रिय रहेका खेलाडीमा रुटले ३४ र विराटले २९ शतक प्रहार गरेका छन् । लगातार शतक प्रहार गर्नसके मात्रै यी दुईमध्ये एकले सचिनको कीर्तिमान तोड्न सक्छन् ।तर, त्यो सम्भावना पनि कमै देखिन्छ ।

‘वान डे’मा सर्वाधिक रनको कीर्तिमान

टेस्टमा जस्तै वान डेमा पनि सचिन अगाडि छन् । सन् २०१२ मा संन्यास लिएका उनले वान डेमा १८ हजार चार सय २६ रन बनाएका छन् । दोस्रो स्थानमा रहेका श्रीलंकाका कुमार सांगकाराले १४ हजार दुई सय ३४ रन बनाएर संन्यास लिइसकेका छन् ।

तेस्रो स्थानमा रहेका विराटले १३ हजार ९ सय ६ रन बनाएर सचिनको रेकर्ड तोड्ने संभावना देखाएका छन् । तर, सचिन अझै उनीभन्दा चार हजार पाँच सय २० रनले अगाडि छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको ११ वर्ष भइसक्यो तर आज पनि उनको ब्याटिङ हेर्नको लागि क्रिकेटप्रेमीहरु त्यति नै उत्सुक छन् ।

उनले आफ्ना फ्यानहरुको चाहना पूरा गर्न पनि कुनै कसर बाँकी राख्दैनन् । अब इन्डियन प्रिमियर लिग जस्तै क्रिकेट विश्वमा अर्को नयाँ प्रतियोगिता सुरु हुन लागेको छ । जसमा भारतका दिग्गज क्रिकेटर सचिन तेन्दुलकर र सुनिल गावस्करसहितका क्रिकेटरले ६ टोलीको अन्तर्राष्ट्रिय मास्टर्स लिग (आईएमएल) सुरु गर्ने घोषणा गरेका छन् ।

यस वर्ष यसको पहिलो सिजन खेलिनेछ, जसमा भारत, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, इंग्ल्याण्ड र श्रीलंकाका क्रिकेट स्टारहरू सहभागी हुनेछन्। सुनिल गावस्करलाई लिग आयुक्त नियुक्त गरिएको छ।

यस लिगको बारेमा सचिन तेन्दुलकरले भनेका छन्– क्रिकेटको लोकप्रियता भारतमा मात्रै होइन विश्वभर बढिरहेको छ । पछिल्लो दशकमा टी–२० क्रिकेटले फ्यानहरु माझ द्रुत रुपमा आफ्नो स्थान बनाएको छ र यस खेलका नयाँ फ्यानहरु निर्माण भएका छन् ।

अब सबै उमेरका फ्यानहरू पुरानो लडाइहरू नयाँ ढाँचाहरूमा पुनः लागू भएको हेर्न चाहन्छन्। उनले थप भनेका छन् , ‘खेलाडी कहिल्यै पनि हृदयबाट सन्यास लिदैनन् र उनीहरुभित्र एउटा आत्मा हुन्छ जो मैदानमा फर्कने अवसरको पर्खाइमा हुन्छ ।

हामीले भावुक फ्यानहरू र प्रतिस्पर्धी क्रिकेटरहरूलाई क्रिकेटको आनन्द लिनको लागि नयाँ प्लेटफर्म पाएका छौं। म विश्वस्त छु कि सहभागी सबै खेलाडी लयमा फर्किनेछन् र कडा मेहनत गर्नेछन्।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top