बीपी राजमार्ग खुल्यो,प्रशासन भन्छ पहिरोबाट बच्नु

२७ असोज ८१, सोमबार

२८ असोज, काठमाण्डौ ।
लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बीपी राजमार्गमा भोलि मंगलबारदेखि सबैप्रकारका अनुमतिप्राप्त सवारीहरु चल्ने भएका छन् । सो सडकका लागि रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने सडक डिभिजन भक्तपुरले जनाएको छ ।

तर सो सडकमा यात्रा गर्दा पहिरोको जोखिमबाट भने बच्न आग्रह गरिएको छ । यस्तै बढ्दो सवारी चापका कारण कुलेखानी ड्यामको सडक पनि खोलिएको खबर आज हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं ।

सडक डिभिजनका सूचना अधिकारी, इन्जिनियर सुमनराज बस्नेतका अनुसार बीपी राजमार्गअन्तर्गत भकुण्डेबेँसी बर्खेखोला खण्ड (काभ्रे) को करिब ८ किलोमिटरभन्दा बढी लम्बाइको सडक बाढीले बगाएको स्थानमा ट्र्याक निर्माण गरी हाल साना सवारीसाधनका लागि मात्र आवागमन खुलाइएको छ।

Advertisement

सडक डिभिजन भक्तपुरले आज सूचना जारी गरी भनेको छः चौकीडाँडा र माम्ती खोलानजिकको डाइभर्सनमा आज साँझसम्म सुधार गरी यसअघि बीपी राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्न योग्य हुने बेहोरा सर्वसाधारण सबैलाई जानकारी गराइन्छ।

तर उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना रहेकाले रातिको समयमा यात्रा नगर्न अनुरोध पनि डिभिजन कार्यालयले सचेत गराएको छ। दुई दिन अघि मात्रैसुख्खा पहिरोका कारण बीपी राजमार्ग खुलेकै दिन पुनः पूर्णरुपमा अवरुद्ध भएको थियो ।

Advertisement

पहिरोले एउटा बस र सुमोलाई समेत पुरेको थियो । काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा माथिबाट खसेको सुख्खा पहिरोका कारण बाटो अवरुद्ध भएको थियो । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो ।

यो राजमार्गको विभिन्न ठाउँमा गरी १२ किलोमिटर भन्दा धेरै भागमा क्षति पुगेको छ । उता हेटौंडा–कुलेखानी– फाखेल– सिस्नेरी सडक अन्तरगत सिमखोला, हेभि क्षेत्रमा सडकको अवस्था जिर्ण र जोखिमपुर्ण बनेपछि केही समयको लागि साना सबारीसाधनलाई कुलेखानी ड्यामबाटै संचालन गरिएको छ ।

दशैँको टीकापछि हेटौंडा हुँदै काठमाडौं जाने सवारीको चाप बढेपछि आजबाट केही समयको लागि ड्यामबाटै सार्वजनिक सवारी खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

‘अर्को सूचना जारी नभएसम्मको लागी सवारीसाधनको चापलाई मध्यनजर राखी हाललाई कुलेखानी ड्यामबाट निजी तथा सार्वजनिक हलुका सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको जानकारी गराईएको छ’, कार्यालयले सामाजिक सञ्जालमार्फत् सूचित गरेको छ ।

केही दिनअघि २ दिन निरन्तर झरी पर्दा कुलेखानी ड्याम खोलिएकाले हेटौंड–सिस्नेरी सडक बगाएको थियो । ठाउँ–ठाउँमा डाइभर्सन बनाएर सवारी सुचारु गरिएकोमा डाइभर्सन जीर्ण भएपछि ड्यामबाट सवारी आवागमन खुलाइएको हो । २०७२ सालको भुकम्पपछि ड्यामबाट सार्वजनिक सवारी बन्द गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top