×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

एकैसाथ सय जनालाई मंगलमा लैजाने स्टारसिपको ५औं परीक्षण सफल

२८ आश्विन २०८१

२८ असोज, एजेन्सी ।

विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको पाँचौं परीक्षण सफल भएको छ । यस परीक्षणमा, पृथ्वीबाट ९६ किलोमिटरमाथि पठाइएको सुपर हेभी बुस्टरलाई लन्चप्याडमा फिर्ता ल्याइएको थियो । यस परिक्षणका क्रममा स्टारशिप पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गराइयो र हिन्द महासागरमा नियन्त्रित अवतरण गरिएको थियो ।

Advertisement
Advertisement

जब स्टारशिप पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो, यसको गति २६ हजार किलोमिटर प्रति घण्टा थियो र तापमान १४३० डिग्री सेल्सियस पुगेको थियो । स्टारशिपको यो परिक्षण आइतबार साँझ टेक्सासबाट सुरु गरिएको थियो ।

स्टारशिप स्पेसक्राफ्ट र सुपर हेभी रकेटलाई सामूहिक रूपमा ’स्टारशिप’ भनिन्छ । स्टारसिपमा ६ र्याप्टर इन्जिन छन् भने सुपर हेभीमा ३३ र्याप्टर इन्जिन छन् । विश्वका धनी व्यापारी एलन मस्कको कम्पनी स्पेसएक्सले यो रकेट बनाएको हो ।

स्टारशिप स्पेसक्राफ्ट र सुपर हेभी बूस्टरहरूलाई सामूहिक रूपमा ’स्टारशिप’ भनिन्छ । यो रकेटको उचाइ ३९७ फिट रहेको छ । यो पूर्ण रूपमा पुनः प्रयोज्य छ र १५० मेट्रिक टन लोड बोक्न सक्षम छ ।

स्टारशिप प्रणालीले एकै पटक १०० जनालाई मंगल ग्रहमा लैजान सक्नेछ । स्टारशिपलाई पेलोड वितरण, चन्द्र मिशनहरू, अन्तरग्रहीय यातायात जस्ता कार्य गर्न सक्ने गरि बनाइएको छ । यो प्रक्षेपण महत्त्वपूर्ण छ किनभने यो स्पेसशिपले मात्र मानिसलाई अन्तरग्रहीय बनाउनेछ ।

अर्थात् यसको सहयोगमा पहिलो पटक पृथ्वीबाहेक अन्य ग्रहमा मानवले पाइला टेक्नेछ । मस्कले २०२९ सम्ममा मंगल ग्रहमा मानिस पठाउन र त्यहाँ उपनिवेश स्थापना गर्न चाहन्छन् । यो अन्तरिक्ष यानले एक घण्टाभन्दा कम समयमै मानिसलाई संसारको जुनसुकै कुनामा पु¥याउन पनि सक्षम हुनेछ ।

मंगल ग्रहमा उपनिवेश स्थापना गर्नुपर्ने आवश्यकताबारे मस्क भन्छन– ’पृथ्वीमा जीवन समाप्त हुने घटनाले मानवताको अन्त्य निम्त्याउन सक्छ, तर यदि हामीले मंगल ग्रहमा आफ्नो आधार बनायौं भने मानवता त्यहाँ बाँच्न सक्छ।’

लाखौं वर्ष पहिले डायनासोरको पनि जीवन समाप्त हुने घटनाका कारण पृथ्वीमा मृत्यु भएको थियो । यसैबीच, प्रोफेसर स्टीफन हकिङले पनि २०१७ मा भनेका थिए कि यदि मानिस बाँच्न चाहन्छ भने १०० वर्षभित्र विस्तार गर्नुपर्नेछ ।

यो मिसन सफल हुनु पनि महत्त्वपूर्ण छ किनभने स्टारशिप स्पेसक्राफ्ट नासाको आर्टेमिस कार्यक्रमको हिस्सा हो । यसबाट मानिस ५ दशकपछि चन्द्रमामा फर्किनेछन् । स्टारशिपले चन्द्रमाको मिशनको अन्तिम चरण पूरा गर्नेछ ।

यस अघि स्टारशिपको चौथो परीक्षण ६ जुन २०२४ मा भएको थियो, जुन सफल भएको थियो । यस परिक्षणमा, स्टारशिपलाई अन्तरिक्षमा लगियो, त्यसपछि पृथ्वीमा ल्याइयो र पानीमा अवतरण गरिएको थियो ।

परीक्षणको मुख्य लक्ष्य पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा स्टारशिप जीवित रहन सक्छ कि सक्दैन भनेर हेर्नु थियो । परीक्षणपछि कम्पनीका सञ्चालक एलन मस्कले भनेका थिए, ’धेरै टाईलहरू हराएको र फ्ल्यापमा क्षति पुगे पनि स्टारशिपले समुद्रमा सफ्ट ल्यान्डिङ गरेको थियो ।’

तेस्रो टेस्टः पुनः प्रवेश पछि स्टारशिपसंग सम्पर्क बिच्छेद भएको थियो । यो परीक्षण १४ मार्च २०२४ मा भएको थियो । यो परिक्षण सफल नभएपनि स्टारशिपले कक्षामा पुगेपछि पेलोड ढोका खोल्यो र बन्द गरको, रकेट भित्र दुई ट्यांकहरू बीच धेरै टन तरल अक्सिजन सारिएको, स्टारशिप पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरिएको जस्ता उपलब्धि हासिल भएको थियो ।

त्यस्तै स्टारशिपको दोस्रो परीक्षण १८ नोभेम्बर २०२३ मा गरिएको थियो । सुपर हेभी बूस्टर र स्टारशिपको पृथकीकरण सुरु भएको लगभग २.४ मिनेट पछि भयो र बुस्टर पृथ्वीमा फिर्ता अवतरण गर्नुपर्नेमा ३.२ मिनेट पछि ९० किलोमिटर माथि विस्फोट भयो ।

योजना अनुसार स्टारशिप अघि बढ्यो । करिब ८ मिनेटपछि पृथ्वीबाट १४८ किलोमिटर उचाइमा रहेको स्टारशिप पनि खराब भयो, जसका कारण यसलाई नष्ट गर्नुपरेको थियो । यो उडान टर्मिनेशन प्रणाली मार्फत नष्ट भएको थियो ।

दोस्रो परीक्षणमा, रकेट र स्टारशिपलाई अलग गर्न पहिलो पटक हट स्टेजिङ प्रक्रिया प्रयोग गरिएको थियो, जुन पूर्ण रूपमा सफल भयो । सबै ३३ र्याप्टर इन्जिनहरू पनि प्रक्षेपण देखि विभाजन सम्म ठीक तरिकाले फायर गरिएको थियो ।

Advertisement

त्यस्तै स्टारशिपको पहिलो परिक्रमा परीक्षण २० अप्रिल २०२३ मा गरिएको थियो । यस परीक्षणमा बूस्टर ७ र शिप २४ लन्च गरिएको थियो । उडेको ४ मिनेटपछि स्टारशिप मेक्सिकोको खाडीबाट ३० किलोमिटर माथि विस्फोट भएको थियो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top