×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

पुबुदु दासानायके जनकपुरको मुख्य प्रशिक्षक

२९ आश्विन २०८१

२९ असोज ,काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले नेपालका पूर्व मुख्यप्रशिक्षक पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । जनकपुरले मंगलवार सामाजिक संजाल मार्फत पुबुदुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो ।

Advertisement
Advertisement

पुबुदु नेपाली राष्ट्रिय क्रिकेट टोलीका सफल पूर्व मुख्य प्रशिक्षक हुन् । पुबुदुको प्रशिक्षणमा नेपाली टोली पहिलो पटक सन् २०१४ मा विश्वकपमा सहभागी भएको थियो । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए ।

त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा वंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो । उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए।

पछिल्लो समय उनले नेपाली राष्ट्रिय टोली सम्हाल्दा नेपाली टिम विभाजित अवस्थामा थियो । त्यो अवस्थामा उनले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएर क्यानडा फर्किएका थिए । क्यानडा फर्किने क्रममा उनले नेपाली क्रिकेटको परिस्थिति फेरिएमा र आफूले खुलेर काम गर्न पाएमा फेरि नेपाल फर्किने बताएका थिए ।

नेपालले पहिलो पटक विश्वकप खेलेपछि क्यान र खेलाडीको आन्तरिक कलहका कारण दासानायके नेपाल छाडेर गएका थिए । त्यसपछि उनले अमेरिकाको प्रशिक्षकको रुपमा पनि काम गरे। त्यसपछि उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्सको प्रशिक्षक बनेर नेपाल आएका थिए ।

अब उनले नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपीएलमा जनकपुर बोल्ट्सका खेलाडीलाई प्रशिक्षण दिने छन् । पुबुदुलाई मुख्य प्रशिक्षक जिम्मेवारी पाउँदा खुसी लागेको जनकपुरले बताएको छ ।

जनकपुरको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख रहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ ।

नेपाली खेलाडी छनोटका गत साताको आइतवार अक्सन भएको थियो । विदेशी खेलाडी टिमहरुले सिधै अनुबन्ध गर्न सक्नेछन् । जनकपुर बोल्ट्सको टिममा आसिफसंगै ललितनारायण राजवंशी, अनिल कुमार शाह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकार, शेर मल्ल, हेमन्त धामी, अरनिको यादव र तुल बहादुर थापा रहेका छन् ।

हिजोमात्रै सुदूरपश्चिम रोयल्सले विश्व कप विजेता अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेको थियो । सुदूरपश्चिम रोयल्सले ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेसंगै अब उनको अनुभव नेपाली खेलाडीहरुले पनि साट्ने मौका पाउने भएका हुन् ।

हजले ६ टेस्ट, २५ ओडिआई र १५ टि ट्वान्टी आई खेलेका छन् । हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलेका छन् । ४९ वर्षीय हज आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् ।

उनले अस्टे«लियाका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले टेस्ट क्रिकेटमा बनाएको उच्च स्कोर अविजित दुईसय तीन रन हो । यस्तै उनले एकदिवसीय क्रिकेटमा देशका लागि शतक बनाएका छन् । उनी स्पिन बलर पनि हुन् ।

एनपिएलमा सफल विदेशी खेलाडी र प्रशिक्षकहरुको आवागमनले नेपाली क्रिकेटको व्यवसायिकता थप बढ्ने साथै विश्वको नजर समेत यसमा पर्ने विश्लेषण गरिएको छ । यसअघि सम्पन्न अक्सनबाट समेत नेपाली क्रिकेटरले राम्रो आर्थिक लाभ लिएका छन् ।

एनपिएलमा सहभागी ८ टिमले १० खेलाडीका लागि समान ९० लाखसम्म खेलाडी छनोटमा खर्चिएका छन् । हरेक फ्रेन्चाइज टोलीमा कुल १६ खेलाडी हुनेछन् । चार विदेशी खेलाडी र एक ट्यालेन्ट हन्टबाट आउनेछन् ।

यसबाहेक हरेक टिमले मार्की खेलाडीलाई २० लाख खर्चिएका छन् । फ्रेन्चाईज टिममा पनि ठूलो राशिमा सम्झौता भएको छ । एक करोड ५० लाख बेस प्राइस तोकिएको काठमाडौंलाई कान्तिपुर मिडिया ग्रुपले ३ करोड ३३ लाखमा किनेको छ ।

यस्तै, नेपाल टी२० प्रालिले एक करोड ३० लाख रुपैयाँ बेस प्राइस तोकिएको पोखरा ३ करोड ५७ लाखमा लिएको छ । चितवन मेडिकल कलेजले एक करोड २० लाख बेस प्राइस तोकिएको चितवनलाई एक करोड ७६ लाखमा खरिद गरेको छ ।

फर्चुना हेल्थ केयरले एक करोड २० लाख बेस प्राइस तोकिएको लुम्बिनी एक करोड ८६ लाखमा लिएको छ । एक करोड बेस प्राइस तोकिएको जनकपुर २ करोड ५ लाखमा विक्री भयो ।

Advertisement
Advertisement

एक एक लाख बेस प्राइस भएका कर्णाली एक करोड ११ लाख र सुदुर पश्चिम एक करोड ६८ लाख ८ हजार ८८ मा विक्री भएको छ । क्यान र फ्रेन्चाइज मालिकबीच १० वर्षको सम्झौता भइसकेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top