कुकुरको करबाट जर्मनीले गर्यो रेकर्ड कमाई

२९ असोज, एजेन्सी ।

जर्मनीले कुकुरबाट मनग्गे फाइदा लिएको खबर सार्वजनिक भएको छ । कुकुर पाल्दा कर तिर्नु पर्ने देशमध्ये जर्मनी पनि एक हो । गत वर्ष जर्मनीले घरपालुवा कुकुरमा लगाएको करबाट करिब ४२१ मिलियन युरो कमाएको थियो ।

यसअघि सन् २०२२ मा पनि यो करबाट ४१४ मिलियन युरो संकलन गरको थियो । जर्मनीमा कुकुर पाल्ने चलन कत्तिको लोकप्रिय बन्दै गएको छ भन्ने कुरा पछिल्लो दशकको कर अभिलेखमा देखिन्छ ।

सन् २०१३ देखि २०२३ सम्म यस करबाट राज्यको आम्दानी ४१ प्रतिशतले बढेको छ । जर्मन पेट ट्रेड एण्ड इन्डस्ट्री एसोसिएसनले जर्मन घरहरूमा बस्ने कुकुरहरूको कुल संख्या गत वर्षको तुलनामा १० मिलियन भन्दा बढी रहेको अनुमान गरेको छ ।

यो संख्या यो वर्ष अझै बढ्ने अनुमान गरिएको छ । समाचार एजेन्सी डीपीएका अनुसार, जर्मनीको प्रत्येक दोस्रो घरमा औसतमा एउटा घरपालुवा जनावर छ । सबैभन्दा लोकप्रिय घरपालुवा जनावरहरूको सूचीमा कुकुर पहिलो स्थानमा छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top