NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

जेलमा बसेर लरेन्स बिश्नोईले मुम्बई हल्लाए

मङ्लबार अशोज २९ , २०८१
Reading Time: 1 min read
A A
जेलमा बसेर लरेन्स बिश्नोईले मुम्बई हल्लाए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ असोज,एजेन्सी ।

दिनहाडै एक चर्चित नेताको गोली हानी हत्या गरेपछि भारतको आर्थिक राजधानी मुम्बईमा यतिबेला असुरक्षा महसुस गर्न थालिएको छ । पछिल्ला केही वर्षयता देशका ठूला गायक, अभिनेता र राजनीतिज्ञलाई जेलमा रहेका गुण्डा नाइके लरेन्स बिश्नोईको गिरोहले ज्यान मार्ने धम्की दिइरहेको छ ।

केही समयअघि बलिउडका भाइजान सलमान खानको घरमा गोली चलेको थियो र अज्ञात व्यक्तिले सलमानका बुवालाई सार्वजनिक रूपमा मार्ने धम्की दिएका थिए । यसबाहेक शनिबार मुम्बईमा एनसीपी नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएपछि अहिले मुम्बईमा सुरक्षा ब्यवस्था कडा पारिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

सिद्धिकीको हत्याको पछाडि लरेन्स बिश्नोई गिरोहको हात रहेको खुलिसकेको छ । अहिले चर्चित स्ट्यान्डअप कमेडियन मुनवर फारुकीलाई पनि लरेन्स बिश्नोई गिरोहले मार्ने धम्की दिएको प्रहरीले जनाएको छ । जसका कारण प्रहरीले उनको सुरक्षा बढाएको छ ।

मुम्बई पुलिसले ’बिग बोस १७’ का कमेडियन मुनवर फारुकीको ज्यानको खतरालाई मध्यनजर गर्दै सुरक्षा बढाएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । मुम्बईका एक वरिष्ठ प्रहरी अधिकारीले उनलाई सुरक्षा प्रदान गरिरहेको पुष्टि गरेका छन् ।

हास्य कलाकार मुनवर फारुकीलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीले सुरक्षा प्रदान गरेको छ। विभिन्न रिपोर्टहरूले यो धम्की बिश्नोई गिरोहबाट आएको दाबी गरेका छन् । यद्यपि मुम्बई पुलिसले यसको आधिकारिक पुष्टि गरेको छैन।

मुनवर फारुकी यस वर्ष सेप्टेम्बरमा दिल्लीमा एक कार्यक्रममा सहभागी भएका थिए । तर, दिल्ली प्रहरीको स्पेशल सेलले कार्यक्रममा उनीमाथि आक्रमण गर्ने योजनाको विशेष सूचना पाएको थियो, जसको जानकारी मुनव्वरलाई पनि दिइएको थियो, जसका कारण उनलाई कार्यक्रममा उपस्थित हुन दिइएन र फिर्ता पठाइयो।

उनी सुरक्षाबीच मुम्बई पुगेका थिए र मुम्बई पुलिस पनि अलर्ट भएको थियो, जसका कारण अहिले उनको सुरक्षा बढाइएको छ । दिल्लीमा व्यापारी नादिर शाहको हत्या प्रकरणमा पक्राउ परेका सुटरले दिल्ली पुलिसलाई जब उनी लोकप्रिय युट्युबर एल्विस यादवसँग खेल खेल्न आएका थिए ।

उनलाई मुनावर फारुकी बसेको होटलमा जासुसी गर्न भनिएको बयान दिएका थिए । आरोपीले दिएको जानकारीपछि प्रहरीले मुनवरलाई सुरक्षित मुम्बई फर्काउने आश्वासन दिएको थियो र त्यसपछि उनको सुरक्षा बढाइएको थियो।

एक रिपोर्टका अनुसार मुनव्वरलाई उडानमा मुम्बई ल्याइँदै गर्दा बिश्नोई गिरोहका दुई संदिग्ध सदस्य पनि उनलाई उडानमा पछ्याउँदै विमानमा सवार रहेको देखिएको थियो । जसले सोही होटलमा कोठा बुक गरेका थिए ।

जसका कारण फारुकीको सुरक्षा ठूलो खतरा बनेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । एक अधिकारीले यो गिरोह हिन्दू देवताहरू बारे फारुकीको बयानबाट क्रोधित बनेका छन् । अक्टोबर १२ मा बाबा सिद्दिकीको मुम्बईस्थित उनको कार्यालय बाहिर गोली हानी हत्या गरिएको थियो ।

यस घटनामा भोलिपल्ट दुई गोली प्रहार गर्ने अभियुक्त पक्राउ परेका छन् । एक फेसबुक पोस्ट मार्फत, लरेन्स बिश्नोई गिरोहले हत्याको जिम्मेवारी लिएकोछ। यो गिरोहले सिद्दिकीलाई सलमान खानसँग नजिकको सम्बन्ध भएकाले निशाना बनाएको दाबी गरिएको छ ।

दाउद इब्राहिम जस्ता अन्डरवर्ल्डका व्यक्तिहरूसँग उनको कथित सम्बन्ध रहेको दाबी पनि गरिएको थियो । पोस्टमा खानको घरबाहिर गोली हानाहानका अभियुक्त अनुज थापालाई पनि उल्लेख गरिएको छ, जसले पछि प्रहरी हिरासतमा आत्महत्या गरेका थिए।

सिद्दिकीको हत्यामा बिश्नोईको गिरोह जोडिएपछि बलिउड अभिनेता सलमानको सुरक्षामा कडाइ गरिएको छ । लरेन्स भने अहिले जेलमा सजाय काटिरहेका छन् । उनीविरुद्ध करिब ५० आपराधिक मुद्दा दर्ता छन् । प्रहरीका अनुसार अधिकांश घटना लरेन्सले जेलभित्रैबाट गराएका छन् ।

उनीमाथि चर्चित पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्याको षड्यन्त्र गरेको आरोप पनि लागेको छ। ३३ वर्षीय लरेन्स बिश्नोईमाथि हत्या, चोरी–डकैती र एक व्यक्तिमाथि जानीजानी आक्रमणको धेरै आरोपहरू छन् । यी मामिलाहरू पञ्जाब, दिल्ली र राजस्थानमा दर्ता भएका छन् ।

लरेन्स बिश्नोईको विद्यार्थी जीवनको अन्त्यमा हत्याको प्रयासमा संलग्न भएको आरोपमा पहिलो मुद्दा दर्ता भएको थियो । यो घटना सन् २०११–२०१२ को हो । त्यसपछि विद्यार्थी राजनीतिमा पराजय भोगेपछि आक्रोशित लरेन्सका सहकर्मी विद्यार्थी नेतामाथि गोली प्रहार गरे ।

उक्त घटनापछि दर्ता भएको मुद्दामा प्रहरी एफआईआरमा पहिलो पटक लरेन्सको नाम उल्लेख गरिएको थियो । लरेन्स बिश्नोईलाई सन् २०१४ मा राजस्थानमा पहिलो पटक पक्राउ गरी भरतपुर जेल पठाइएको थियो । उनलाई उत्पादनका लागि मोहाली (पञ्जाब) लैजाँदै गर्दा प्रहरी हिरासतबाट भागेका थिए ।

उनी सन् २०१६ मा पुनः पक्राउ परेका थिए । सन् २०२१ मा उनलाई संगठित र अन्डरवर्ल्ड अपराधको संसारबाट रोक्न मकोका (महाराष्ट्र कन्ट्रोल अफ अर्गनाइज्ड क्राइम एक्ट) को मुद्दामा सुरक्षाको कारणले तिहाड जेलमा ल्याइएको थियो।

तिहार ल्याउनुअघि उनलाई पञ्जाबको भटिंडा जेलमा राखिएको थियो । पञ्जाब प्रहरीले लरेन्स ‘ए’ श्रेणीको ग्याङ्गस्टर भएको बताएको छ । सिद्धु मूसेवालाको हत्या भएको केही दिनपछि सलमान खानलाई ज्यान मार्ने धम्की आएको थियो ।

Tags: #लरेन्स बिश्नोई#लरेन्स बिश्नोईले मुम्बई हल्लाए

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.