×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

जस्टिन मात्रै होइन् उनका बाबुको पनि थिएन भारतसँग मित्रता

२९ आश्विन २०८१

२९ असोज , एजेन्सी ।

क्यानडा र भारतबीच फेरि कुटनैतिक युद्ध सुरु भएको छ। सन् २०२३ मा हरदीप सिंह निज्जरको कथित हत्याको आरोप क्यानडाले भारतमाथि लगाएको छ । क्यानडाले निज्जरको कथित हत्यामा भारतीय उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई जोडेको छ र उनीहरूलाई मुद्दामा चासो राखेको व्यक्ति भएको घोषणा गरेको छ।

Advertisement
Advertisement

क्यानडाको यो कदमपछि भारत सरकारले उच्चायुक्त सञ्जयकुमार वर्मासहितका आफ्ना कूटनीतिज्ञलाई भारत फिर्ता बोलाएको छ । भारतले पनि यस विषयमा क्यानडालाई कडा शब्दमा जवाफ दिएको छ । भारतले क्यानडाको आरोपलाई बेतुकको संज्ञा दिएको छ ।

क्यानडासँगको तनाव बढ्दै गएपछि भारतले सोमबार ६ क्यानाडेली कूटनीतिज्ञलाई निष्कासन गरेको छ । साथै भारतले यी ६ कूटनीतिज्ञलाई १९ अक्टोबरसम्म भारत छोड्न आदेश दिएको छ। सन् २०२३ मा निज्जरको हत्यालाई लिएर क्यानडाले भारतका उच्चायुक्तलाई सीधै निशाना बनाएको भन्दै भारत र क्यानडाबीच फेरि तनाव उत्पन्न भएको छ ।

सञ्जय वर्मा जसमाथि क्यानडाले आरोप लगाएर भारतमाथि प्रश्न उठाएको छ । दुई देशबीचको तनावका कारण अहिले एउटा नाम चर्चामा छ, त्यो हो सञ्जय कुमार वर्मा । क्यानडालाई जवाफ दिँदै भारतले जारी गरेको प्रेस विज्ञप्तिमा क्यानडाले गम्भीर आरोप लगाएका सञ्जय वर्मा भारतका वरिष्ठ कूटनीतिज्ञ भएको पनि बताइएको छ ।

जसले विगत ३६ वर्षदेखि आफ्नो सेवा दिइरहेका छन् । सन् २०२२ मा सञ्जय कुमार वर्मा क्यानडाको ओटावामा उच्चायुक्त नियुक्त भएका थिए । विगत २ वर्षदेखि उनले क्यानडामा उच्चायुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

उच्चायुक्त सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए । आफ्नो ३६ वर्षको करियरमा सञ्जय वर्मा जापान, सुडान, इटाली, टर्की, भियतनाम र चीनमा राजदूत भइसकेका छन् । सुडानमा उच्चायुक्तको रूपमा काम गरेपछि, सञ्जय वर्माले भारतीय विदेश मन्त्रालयमा सहसचिव र अतिरिक्त सचिवको रूपमा काम गरे।

क्यानडाका लागि उच्चायुक्तको रूपमा काम गर्नुअघि उनले जापान र मार्शल टापुका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका थिए। हरदीप सिंह निज्जर एक खालिस्तानी नेता थिए र भारत सरकारले उनलाई आतंकवादी घोषणा गरेको थियो।

गत वर्ष २०२३ मा निज्जरको हत्या भएको थियो । उनको क्यानडाको सरेस्थित गुरुद्वारा बाहिर गोली हानी हत्या गरिएको थियो । निज्जरको हत्याको क्यानडामा अनुसन्धान भइरहेको छ । निज्जरको हत्यापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको मृत्युमा भारत सरकारका एजेन्ट संलग्न रहेको आरोप लगाएका छन् ।

जसका कारण दुई देशबीचको सम्बन्धमा फेरि तनाव उत्पन्न भएको छ । भारतले यसअघि नै क्यानडाको आरोपलाई ठाडै अस्वीकार गरिसकेको छ । क्यानडाले भारतीय कूटनीतिज्ञलाई प्रत्यक्ष निशाना बनाएपछि भारतले पनि कारबाही गर्दै ६ क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गरेको थियो ।

भारतले निष्काशन गरेका क्यानडाका कार्यवाहक उच्चायुक्त स्टीवर्ट रोस व्हीलर, उप–उच्चायुक्त उच्चायुक्त प्याट्रिक हेबर्टलाई भेटे, सचिवहरू मेरी क्याथरिन जोली, इयान रस डेभिड ट्राइट्स, एडम जेम्स चुइप्का र पाउला अर्जुएलाको नाम समावेश छ।

परराष्ट्र मन्त्रालयले ट्रुडो सरकारले भारतीय कूटनीतिज्ञहरूको सुरक्षालाई खतरामा पारेको बताएको छ। हाम्रा कूटनीतिज्ञहरूको सुरक्षा सुनिश्चित गर्ने क्यानाडा सरकारको प्रतिबद्धतामा हामीलाई विश्वास छैन। त्यसैले भारत सरकारले उच्चायुक्त र बाँकी कूटनीतिज्ञ र अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारत र क्यानडाको सम्बन्धमा तनाव कुनै नौलो होइन, जस्टिन ट्रुडोका पिता पियरे इलियट ट्रुडो क्यानडाको प्रधानमन्त्री हुँदा पनि भारत र क्यानडाबीचको सम्बन्ध बिग्रिएको थियो । भारत क्यानडाको ऐतिहासिक तनाव सन् १९७४ मा भारतको आणविक परीक्षणबाट सुरु भएको थियो ।

जब तत्कालीन क्यानडाका प्रधानमन्त्री ट्रुडोका पिता पियरे ट्रुडोको सरकारले परीक्षणप्रति असन्तुष्टि व्यक्त गरेको थियो। सन् १९९८ मा राजस्थानको पोखरणमा भारतले गरेको आणविक परीक्षणपछि यो तनाव थप गहिरिएको थियो ।

चीनको सुरक्षा खतरा र घरेलु तथा बाह्य कारकहरूलाई ध्यानमा राखेर गरिएको आणविक परीक्षणले भारतको क्यानडा र अधिकांश पश्चिमी देशहरूसँगको सम्बन्ध बिग्रियो। क्यानडाले भारतको परीक्षणलाई विश्वासघातको रूपमा लिएको थियो ।

तत्कालीन विदेशमन्त्री मिशेल सार्पले निराशा व्यक्त गर्दै दुई देशबीचको विश्वास गुमेको बताएकी थिइन् । क्यानडाका नीति निर्माताहरूले भारतको आणविक क्षमताले गैर–आणविक राष्ट्रहरूलाई यस्तै कदम चाल्न प्रेरित गर्ने विश्लेषण गरेका थिए ।

१९८० को दशकमा जब खालिस्तानी चरमपन्थीहरूको घटना पञ्जाबमा चरम सीमा थियो त्यसबेला भारतले उनीहरु विरुद्ध अभियान चलाएपछि क्यानडा भारतबाट भागेका खालिस्तानीहरूको लागि मनपर्ने गन्तव्य बन्यो। पियरेको कार्यकालमा धेरै खालिस्तानीहरू भारत सरकारबाट भागेर क्यानडाको शरणमा गएका थिए ।

खालिस्तानी समूह बब्बर खालसाका सदस्य तलविन्दर सिंह परमार सन् १९८१ मा पञ्जाबमा दुई प्रहरीको हत्या गरेर क्यानडा भागेका थिए। जब भारतले परमारलाई हस्तान्तरण गर्न अनुरोध गरे, पियरे ट्रुडो प्रशासनले भारतको अनुरोध अस्वीकार गर्यो।

पछि १९८५ मा एयर इन्डियाको फ्लाइटमा बम विष्फोट भएपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको थियो । जसमा ३२९ जनाको ज्यान गएको थियो जसमा अधिकांश क्यानाडाली थिए । परमारलाई यस हमलाको मास्टरमाइन्ड मानिएको थियो, तर पियरे ट्रुडो सरकारले उनलाई कारबाही गरेन र बम विष्फोटको सम्बन्धमा एक जनालाई मात्रै दोषी ठहर गरेको थियो।

प्रधानमन्त्री इन्दिरा गान्धीले पनि क्यानाडेली सरकारले खालिस्तानीहरू विरुद्ध कारबाही नगरेकोमा पियरे ट्रुडोलाई चिन्ता व्यक्त गरेकी थिइन् तर क्यानाडा सरकारको अडानमा कुनै परिवर्तन भएन। भारत र क्यानडाबीच विगतको विवाद आणविक परीक्षण र पञ्जाबको कालो समयदेखि चल्दै आएको छ।

दुई देशबीचको कुटनैतिक युद्धको असर भने अब ब्यापार र त्याहा रहेका भारतीय विद्यार्थीमाथि पर्नेछ। सन् २०२२ को कुरा गर्दा, भारत क्यानडाको १०औँ ठूलो व्यापारिक साझेदार थियो। दुई देशबीचको सामानको द्विपक्षीय व्यापार १०.५० अर्ब अमेरिकी डलरको थियो।

यसमध्ये ६ अर्ब ४० करोड अमेरिकी डलर बराबरको सामान क्यानडा निर्यात भएको छ भने क्यानडाबाट ४ अर्ब १० करोड अमेरिकी डलर बराबरको सामान आयात भएको छ । वित्त, सूचना प्रविधि जस्ता सेवा क्षेत्रमा द्विपक्षीय व्यापारको मूल्य ८ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार भारतमा ६०० भन्दा बढी क्यानाडेली कम्पनी र संस्थाहरू छन्। ठूलो संख्यामा विदेशी विद्यार्थीहरू क्यानडामा अध्ययन गर्न जान्छन्। भारतका २ लाख ३० हजार विद्यार्थी क्यानडामा अध्ययनरत छन् ।

यो क्यानाडामा विदेशी विद्यार्थीहरूको सबैभन्दा ठूलो संख्या हो। दुई देशबीचको तनावले उनीहरूका लागि कठिनाइ बढाउन सक्छ। क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीहरूले भिसा पाउन कठिनाइहरू सामना गर्न सक्छन्।

Advertisement

यस्तै क्यानडाले भारतीय विद्यार्थीहरूको लागि भिसा कडा गर्न सक्छ । तनाव अघि नै क्यानडाबाट भारतीय विद्यार्थीले भिसा कम पाउन थालेको तथ्याङ आइसकेको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top