×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रोनाल्डोले लगाउने साढे १७ करोडको घडी कस्तो छ ?

२९ आश्विन २०८१

२९ असोज , एजेन्सी ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो विलाशी जीवन बिताउन रुचाउने खेलाडीका रूपमा परिचित छन् । मैदानभित्र र बाहिर दुवैतिर उत्तिकै चर्चित रोनाल्डोले आफ्नो संग्रहमा अर्को एउटा ‘लक्जरी’ सामान संग्रहित गरेका छन् । त्यो हो, सर्वाधिक महँगो घडी ।

साउदी अरबको अल नासरबाट व्यावसायिक फुटबल खेल्दै आएका रोनाल्डोले लक्जरी डिजाइनर ‘जाकोब एन्ड को’ सँग मिलेर एउटा चकित पार्ने घडी संग्रह सार्वजनिक गरेका छन्, जसमा एउटा अद्वितीय टुक्रा १.३ मिलियन डलर मूल्यको छ ।

यो साझेदारी नयाँ भने होइन; रोनाल्डो र जाकोब एन्ड को का संस्थापक जाकोब अरबोले २० वर्षभन्दा बढी समयदेखि सहकार्य गर्दै आएका छन्। अहिले उनीहरूले दुईवटा भव्य डिजाइनहरू लन्च गरेका छन्, जसमा ‘फ्लाइट अफ सिआरसेभेनर हर्ट अफ सिआरसेभेन रहेका छन् ।

ती घडीले रोनाल्डोको उपलब्धिमुलक करिअरका प्रतिष्ठित क्षणहरूलाई समेटेका छन्। फ्लाइट अफ सिआरसेभेन रोनाल्डोका सबैभन्दा अविस्मरणीय गोलहरूमध्ये एकबाट प्रेरित छ । सन् २०१२–१३ को च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध उनले गरेको हेडिङ गोलको झल्को आउँछ ।

युनाइटेडको घरेलु मैदानमा रियल मड्रिडले २–१ गोलको जित निकाल्दा रोनाल्डोले आकर्षक हेडिङ गोल गरेका थिए । यस्तै, हर्ट अफ सिआरसेभेनमा रोनाल्डोको प्रसिद्ध उत्सव मुद्रा देखाइएको छ, जुन उनको करियरको साँचो पहिचान हो।

सिआरसेभेनको हस्ताक्षर र सुनमा बनेका तस्विरहरूसहितको स्याफायर क्रिस्टल केसले यी घडीहरू विलासिताको प्रतीक बनेका छन्। घडी सार्वजनिक गर्दै रोनाल्डोले लेखेका छन्, “मैले सधैं मेरो आफ्नै घडी संग्रह हुने सपना देखेको थिएँ ।

मैदानमा मेरा सबैभन्दा प्रतिष्ठित क्षणहरूबाट प्रेरणा लिएर बनाइएका दुई घडीहरू मैलेजस्तै तपाईंहरूले पनि मन पराउनुहुनेछ भन्ने मेरो आशा छ । तर यहाँ मुख्य कुरा के छ भने सीमित संस्करणको यस सिरजिका घडीहरू ९९९ थान मात्र बनाइएका छन्, जसको मूल्य २९,००० डलरदेखि १६०,००० डलरसम्म छ।

रोनाल्डोलाई भने व्यक्तिगत रूपमा एक अद्वितीय ट्विन टर्बो फ्युरियस बगेट घडी उपहार दिइएको थियो, जसको मूल्य १.३ मिलियन डलर छ । अर्थात्, नेपालीमा तुलना गर्दा यसको मूल्य करिब १७ करोड ४९ लाख रुपैयाँ पर्ने देखिएको छ ।

गोल गर्ने होस् वा विलासी वस्तुहरू संकलन गर्ने विषयमा होस्, रोनाल्डोले सधैं अगाडि आउँछन्।मैदानमा उनको प्रदर्शन जस्तै, यी घडीहरू पनि चकित पार्ने डिजाइन गरिएका छन्। उमेरले ३९ वर्ष पुग्दा पनि फुटबलमा सक्रिय रहेका रोनाल्डो विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीहरूको सूचीमा पर्छन् ।

मध्यम वर्गीय परिवारमा हुर्केका उनले सुरुका दिनमा धेरै नै दुःख देखेका थिए । उनकी आमा अरूको घरमा खाना पकाउने काम गर्थिन् भने बुबा नगरपालिकामा मालीको काम गर्थे । तर, व्यवसायिक फुटबल खेल्न थालेपछि उनको जीवनमा क्रमिक सुधारका दिनहरू देखिन थाले ।

पोर्चुगलकै स्पोर्टिङ सिपीबाट खेल्न थालेका उनलाई इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड क्लबबाट पाएको सफलताले स्पेनिस क्लब रियल मड्रिड पु¥याएको थियो । विश्कै सबैभन्दा महँगो खेलाडी बन्दै उनी रियल मड्रिड पुगेका नौ वर्षको स्पेन बसाइ त्यागेर इटालियन क्लब युभेन्टस पुगेका थिए । हाल उनी साउदीको अल नासरका लागि खेलिरहेका छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top