हङकङ सिक्सेसमा नेपालसँग खेल्ने अस्ट्रेलियाको टोली कस्तो छ ?

३० असोज ८१, बिहीबार

१ कार्तिक , काठमाण्डौ।

टि ट्वान्टी आईमा नेपाल र अमेरिका भोलि बिहान पहिलो पटक आमनेसामने हुँदैछन् । सन् २०१४ मा टि ट्वान्टी आई डेब्यु गरेको नेपालले २५औं प्रतिद्वन्दीका रुपमा अमेरिकालाई पाउँदैछ । टि ट्वान्टी आईमा आफ्नो ९३औं खेलमा नेपालले अमेरिकासँगको खेल शुक्रवार नेपाली समय अनुसार विहान ५ः४५ बजेबाट सुरु हुनेछ ।

ओडिआईमा ७ पटक आमनेसामने भइसकेका नेपाल र अमेरिका टि ट्वान्टी आईमा भने पहिलो पटक आमने सामने हुँदैछन् । नेपालले अमेरिकासँग ३ खेलको टि ट्वान्टी आई सिरिज खेलेपछि लिग टु अन्तर्गतको ओडिआई सिरिज खेल्नेछ ।

Advertisement

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँगै अमेरिका र स्कटल्यान्ड सहभागी रहने छन् । क्यानडामा भएको लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज र त्यसपछि भएको टि ट्वान्टी आई सिरिजको खराब प्रदर्शनलाई सुधार गर्दै अमेरिका भ्रमणको सुखद सुरुवातको लक्ष्यमा नेपाली टोली रहेको छ ।

अमेरिका पनि पछिल्लो टि ट्वान्टी विश्वकप यताको उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ । घरेलु भुमीमा भएको विश्वकपमा पाकिस्तानलाई पराजित गरि सुपर ८ मा स्थान बनाएको अमेरिकाको त्यसपछिको खेलमा धेरै परिवर्तन आएको छ ।

Advertisement

अमेरिकाले खेलेको पछिल्लो पाँच टि ट्वान्टीमा ३ मा जित र २ मा हार बेहोरेको छ । टि ट्वान्टी आईमा अमेरिकी भूमिमा नेपालले जम्मा २ खेल खेलेको छ । जसमा नेपालले कुनै जित हासिल गर्न सकेको छैन । गएको टि ट्वान्टी विश्वकपमा नै नेपालले दुवै खेल खेलेको थियो ।

पहिलो खेलमा डालसमा नै भएको खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । दोस्रो खेलमा फ्लोरिडामा श्रीलंकासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो । अमेरिकाले घरेलु भुमिमा १४ टि ट्वान्टी आई खेलेकोमा ९ मा जित, ३ मा हार र २ खेल रद्द भएको थियो ।

अमेरिकाले घरेलु भुमीमा भएको विश्वकपका २ खेल जित्दै सुपर ८ को यात्रा गरेको थियो । विश्वकप अघि बंगलादेशलाई ३ खेलको सिरिजमा २१ ले पराजित गरेको थियो । त्यसकारण अमेरिका नेपालका लागि बलियो प्रतिद्वन्दीका रुपमा रहन सक्छ ।

यसैबीच यता १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने अस्ट्रेलियाको टोली घोषणा भएको छ । बुधवार क्रिकेट अस्ट्रेलियाले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय टोलीको घोषणा गरेको हो ।

अस्ट्रेलियाको कप्तानी अलराउन्डर ड्यान क्रिस्टियनले गर्नेछन् । नेपालले कात्तिक १७ मा अस्ट्रेलियासँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड एकै समूहमा रहेका छन् । प्रतियोगितामा नेपालको पहिलो खेलमा इङ्ग्ल्यान्डसँग कात्तिक १६ गते रहेको छ ।

हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई छन्। श्रीलंका, बंगलादेश र ओमान समूह ‘डी’ छन् । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो ।

प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् । यस पटक यो प्रतियोगिताको २० औं संस्करण नोभेम्बर १ देखि ३ सम्म टिन क्वाङ रोड रिक्रिएसन मैदानमा खेलाइनेछ । खेलमा ६ खेलाडी रहेको टोलीले ५ ओभरको मात्रै ब्याटिङ पाउछ र प्रत्येक ओभरमा ६ को सट्टा ८ बल हुनेछ।

विकेटकिपर बाहेक फिल्डिङ टोलीका प्रत्येक खेलाडीले एक ओभर बलिङ गर्नेछ, जबकि वाइड र नो–बलका लागि दुई रन दिइनेछ। ५ ओभर अगाडि ५ विकेट गएमा अन्तिम बाँकी ब्याट्सम्यानले ब्याटिङ गर्नेछ र पाँचौं ब्याट्सम्यानले धावकको रूपमा काम गर्नेछ।

उसले सधैं स्ट्रयाक लिन्छ। छैटौं विकेट खसेपछि इनिङ्स सकिन्छ । यस्तै ब्याट्सम्यानले ३१ रनमा रिटायर गर्नुपर्ने हुन्छ, तर अन्य सबै ब्याट्सम्यान आउट हुँदा वा रिटायर भएपछि उनीहरू फर्कन सक्छन्।

यसप्रतियोगिताका लागि अस्ट्रेलियन टोलीमा कप्तान ड्यान क्रिस्टियनसहित फवाद अहमद, एलेक्स रोस, जेम्स प्याटिन्सन, ज्याक वुड, साम हेजलेट र एन्ड्रु फ्याकिन्टी रहेका छन् । पाकिस्तानले यस प्रतियोगिताको लागि आफ्नो टोली घोषणा गरिसकेको छ ।

हङकङ सुपर सिक्सेस प्रतियोगिता १९९२ मा सुरु भयो, तर २०१७ संस्करणपछि खेलिएको थिएन। अर्थात् यो प्रतियोगिता सात वर्षको लामो अन्तरालपछि पुनरागमन हुन लागेको हो । प्रतियोगितामा सचिन तेन्दुलकर, एमएस धोनी, शेन वार्न, वासिम अक्रम, शोएब मलिक, सनथ जयसूर्या, अनिल कुम्बले जस्ता खेलाडीले भाग लिइसकेका छन्।

यस प्रतियोगितामा पाकिस्तान, इंग्ल्याण्ड र दक्षिण अफ्रिका सबैभन्दा सफल टोली हुन् । जबकि, भारतीय टोलीले २००५ मा यसको उपाधि जितेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top