NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
The new No-deposit More play tiki burn position british Legislation around australia 2024 Current 100 percent free Spins सोमवार पुस १४ , २०८२
The new No-deposit More play tiki burn position british Legislation around australia 2024 Current 100 percent free Spins सोमवार पुस १४ , २०८२
Antique Black-jack » Legislation, Strategy, Opportunity & Playing On the web सोमवार पुस १४ , २०८२
Fairytale Luck Added bonus Ability Pragmatic Play सोमवार पुस १४ , २०८२
️Kartal Escort ️ Pendik Escort ️ Maltepe Escort सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

हङकङ सिक्सेसमा नेपालसँग खेल्ने अस्ट्रेलियाको टोली कस्तो छ ?

बिहिबार कार्तिक १ , २०८१
Reading Time: 2 mins read
A A
हङकङ सिक्सेसमा नेपालसँग खेल्ने अस्ट्रेलियाको टोली कस्तो छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१ कार्तिक , काठमाण्डौ।

टि ट्वान्टी आईमा नेपाल र अमेरिका भोलि बिहान पहिलो पटक आमनेसामने हुँदैछन् । सन् २०१४ मा टि ट्वान्टी आई डेब्यु गरेको नेपालले २५औं प्रतिद्वन्दीका रुपमा अमेरिकालाई पाउँदैछ । टि ट्वान्टी आईमा आफ्नो ९३औं खेलमा नेपालले अमेरिकासँगको खेल शुक्रवार नेपाली समय अनुसार विहान ५ः४५ बजेबाट सुरु हुनेछ ।

ओडिआईमा ७ पटक आमनेसामने भइसकेका नेपाल र अमेरिका टि ट्वान्टी आईमा भने पहिलो पटक आमने सामने हुँदैछन् । नेपालले अमेरिकासँग ३ खेलको टि ट्वान्टी आई सिरिज खेलेपछि लिग टु अन्तर्गतको ओडिआई सिरिज खेल्नेछ ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँगै अमेरिका र स्कटल्यान्ड सहभागी रहने छन् । क्यानडामा भएको लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज र त्यसपछि भएको टि ट्वान्टी आई सिरिजको खराब प्रदर्शनलाई सुधार गर्दै अमेरिका भ्रमणको सुखद सुरुवातको लक्ष्यमा नेपाली टोली रहेको छ ।

अमेरिका पनि पछिल्लो टि ट्वान्टी विश्वकप यताको उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ । घरेलु भुमीमा भएको विश्वकपमा पाकिस्तानलाई पराजित गरि सुपर ८ मा स्थान बनाएको अमेरिकाको त्यसपछिको खेलमा धेरै परिवर्तन आएको छ ।

अमेरिकाले खेलेको पछिल्लो पाँच टि ट्वान्टीमा ३ मा जित र २ मा हार बेहोरेको छ । टि ट्वान्टी आईमा अमेरिकी भूमिमा नेपालले जम्मा २ खेल खेलेको छ । जसमा नेपालले कुनै जित हासिल गर्न सकेको छैन । गएको टि ट्वान्टी विश्वकपमा नै नेपालले दुवै खेल खेलेको थियो ।

पहिलो खेलमा डालसमा नै भएको खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । दोस्रो खेलमा फ्लोरिडामा श्रीलंकासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो । अमेरिकाले घरेलु भुमिमा १४ टि ट्वान्टी आई खेलेकोमा ९ मा जित, ३ मा हार र २ खेल रद्द भएको थियो ।

अमेरिकाले घरेलु भुमीमा भएको विश्वकपका २ खेल जित्दै सुपर ८ को यात्रा गरेको थियो । विश्वकप अघि बंगलादेशलाई ३ खेलको सिरिजमा २१ ले पराजित गरेको थियो । त्यसकारण अमेरिका नेपालका लागि बलियो प्रतिद्वन्दीका रुपमा रहन सक्छ ।

यसैबीच यता १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने अस्ट्रेलियाको टोली घोषणा भएको छ । बुधवार क्रिकेट अस्ट्रेलियाले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय टोलीको घोषणा गरेको हो ।

अस्ट्रेलियाको कप्तानी अलराउन्डर ड्यान क्रिस्टियनले गर्नेछन् । नेपालले कात्तिक १७ मा अस्ट्रेलियासँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड एकै समूहमा रहेका छन् । प्रतियोगितामा नेपालको पहिलो खेलमा इङ्ग्ल्यान्डसँग कात्तिक १६ गते रहेको छ ।

हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई छन्। श्रीलंका, बंगलादेश र ओमान समूह ‘डी’ छन् । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो ।

प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् । यस पटक यो प्रतियोगिताको २० औं संस्करण नोभेम्बर १ देखि ३ सम्म टिन क्वाङ रोड रिक्रिएसन मैदानमा खेलाइनेछ । खेलमा ६ खेलाडी रहेको टोलीले ५ ओभरको मात्रै ब्याटिङ पाउछ र प्रत्येक ओभरमा ६ को सट्टा ८ बल हुनेछ।

विकेटकिपर बाहेक फिल्डिङ टोलीका प्रत्येक खेलाडीले एक ओभर बलिङ गर्नेछ, जबकि वाइड र नो–बलका लागि दुई रन दिइनेछ। ५ ओभर अगाडि ५ विकेट गएमा अन्तिम बाँकी ब्याट्सम्यानले ब्याटिङ गर्नेछ र पाँचौं ब्याट्सम्यानले धावकको रूपमा काम गर्नेछ।

उसले सधैं स्ट्रयाक लिन्छ। छैटौं विकेट खसेपछि इनिङ्स सकिन्छ । यस्तै ब्याट्सम्यानले ३१ रनमा रिटायर गर्नुपर्ने हुन्छ, तर अन्य सबै ब्याट्सम्यान आउट हुँदा वा रिटायर भएपछि उनीहरू फर्कन सक्छन्।

यसप्रतियोगिताका लागि अस्ट्रेलियन टोलीमा कप्तान ड्यान क्रिस्टियनसहित फवाद अहमद, एलेक्स रोस, जेम्स प्याटिन्सन, ज्याक वुड, साम हेजलेट र एन्ड्रु फ्याकिन्टी रहेका छन् । पाकिस्तानले यस प्रतियोगिताको लागि आफ्नो टोली घोषणा गरिसकेको छ ।

हङकङ सुपर सिक्सेस प्रतियोगिता १९९२ मा सुरु भयो, तर २०१७ संस्करणपछि खेलिएको थिएन। अर्थात् यो प्रतियोगिता सात वर्षको लामो अन्तरालपछि पुनरागमन हुन लागेको हो । प्रतियोगितामा सचिन तेन्दुलकर, एमएस धोनी, शेन वार्न, वासिम अक्रम, शोएब मलिक, सनथ जयसूर्या, अनिल कुम्बले जस्ता खेलाडीले भाग लिइसकेका छन्।

यस प्रतियोगितामा पाकिस्तान, इंग्ल्याण्ड र दक्षिण अफ्रिका सबैभन्दा सफल टोली हुन् । जबकि, भारतीय टोलीले २००५ मा यसको उपाधि जितेको थियो।

Tags: #नेपाल र अमेरिका#टि ट्वान्टी आई

लोकप्रीय

The new No-deposit More play tiki burn position british Legislation around australia 2024 Current 100 percent free Spins

सोमवार पुस १४ , २०८२

The new No-deposit More play tiki burn position british Legislation around australia 2024 Current 100 percent free Spins

सोमवार पुस १४ , २०८२

Fairytale Luck Added bonus Ability Pragmatic Play

सोमवार पुस १४ , २०८२

विचार

थप समाचार

ताजा समाचार

Antique Black-jack » Legislation, Strategy, Opportunity & Playing On the web

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Fairytale Luck Added bonus Ability Pragmatic Play

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

The new No-deposit More play tiki burn position british Legislation around australia 2024 Current 100 percent free Spins

सोमवार पुस १४ , २०८२

The new No-deposit More play tiki burn position british Legislation around australia 2024 Current 100 percent free Spins

सोमवार पुस १४ , २०८२

Fairytale Luck Added bonus Ability Pragmatic Play

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.