NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक बुधबार मंसिर १० , २०८२
भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ? बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण बुधबार मंसिर १० , २०८२
रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी बुधबार मंसिर १० , २०८२
Next
Prev

समाचार

विपक्षी दलको बैठकमा रवि पक्राउको बहस, सबैले दिए आडभरोसा

शुक्रबार कार्तिक २ , २०८१
Reading Time: 1 min read
A A
विपक्षी दलको बैठकमा रवि पक्राउको बहस, सबैले दिए आडभरोसा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ कार्तिक ,काठमाण्डौ।

प्रतिपक्षी दलहरूको बैठक शुक्रबार बसेको छ। नयाँ बानेश्वरमा बसेको बैठकमा बाढीपहिरोपछिको अवस्था, सरकारका कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे छलफल भएको हो।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बसेको हो।बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी रहेका थिए।

बैठकले सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ। बाढीपहिरो प्रभावितलाई सरकारले उचित राहत दिन नसकेको पनि उनीहरूको निष्कर्ष छ। माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतका अनुसार अहिलेको सरकार जनसरोकारका विषयमाभन्दा पनि पार्टीगत स्वार्थमा अल्झिएको महसुस भएको छ।

‘बाढीपहिरोमा परेकाहरूको खोज, उद्धार, उपचार र पुनर्स्थापनाका बारेमा सरकारले गम्भीरताका साथ काम गरेन,’ उपमहासचिव बस्नेतले भने, ‘आज यसबारे पनि समीक्षा भयो । सरकार उदासीन छ र जनताप्रति जवाफदेही भइराखेको छैन।

जनताका सरोकारका विषय सम्बोधन गर्नेतिरभन्दा सरकार पार्टीगत स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढेको देखिएको छ। यी सबै कुरालाई ध्यानमा राखेर प्रतिपक्षी दलहरूका तर्फबाट सरकारलाई ज्ञापन पत्र पेस गर्ने भन्ने भएको छ।’

उनले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने परिस्थिति पनि आउन सक्ने बताएका छन्। यस्तै विपक्षी दलहरुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराउने भएका छन् ।

सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याएर साना दललाई विभाजन गर्ने आशंका भएको भन्दै दलहरुले ध्यानाकर्षणपत्र बुझाउने भएका हुन् । बैठकले माओवादी केन्द्रका सांसद शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे सम्मिलित कार्यदल गठन गरेको छ ।

कात्तिक ५ गते सरकार, राष्ट्रपति र सभामुखलाई ध्यानाकर्षण गराउने रास्वपा सांसद शिशिर खनालले जानकारी दिए । यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको चर्चाबारे पनि छलफल भएको छ ।

रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो गरेका थिए । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवाहार स्वीकार्य नहुने बताए ।

उनले भने, ‘निष्पक्ष अनुसन्धानमा सहयोग गर्न तयार छु भनेर सभापतिज्यूले नै भन्नुभएको छ । उहाँहरू चाहीँ कतिखेर समात्दा ठीक हुन्छ भनेर बाजे देखाउन गएको जस्तो लागेको छ । यस्तै टाइम पार्ने हो उहाँहरूले । हामी फेस गर्न तयार छौं ।’

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि सहकारी ठगीको निहुँ बनाएर पक्राउ पुर्जी जारी गर्न लागिएकोबारे दलहरू गम्भीर रहेको बताए । उनले भने, ‘पक्राउ पुर्जीको कुरा अदालतलगायत विभिन्न निकायले के भनेका छन्, त्यसमा भर पर्ने कुरा हो । गल्ती गरेको हो भने अनुसन्धान हुनुपर्छ । तर, गल्ती नगरिकन गरेकै हो भन्ने खालको गतिविधि गरेर समस्या सिर्जना गरियो भने राम्रो हुँदैन ।’

माओवादी नेता शक्ति बस्नेतले पनि कानूनी प्रक्रियाबाट अघि बढ्न कसैले अवरोध नगर्ने बताए । तर, राजनीतिक आग्रह–पूर्वाग्रका संकेत देखिनु हुँदैन भन्नेमा सचेत रहेको उनको भनाइ छ । ‘यसलाई हामीले गम्भीरतापूर्वक उठाइरहेका छौं । हिजो अध्यक्षले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष पनि राख्नुभएको थियो,’ उनले भनेका छन् ।

सहकारीको वचत रकम अपचलनको छानविन गर्न गठित संसदीय छानविन समितिले तत्काली गोर्खा मिडियाका प्रवन्ध निर्देशकमा रुपमा सहकारीबाट अपचलन गरी वचत रकम गोर्खा मिडियामा ल्याउने विषयमा रविको सँलग्नता नदेखाएपनि अपचलन गरी मिडियामा ल्याएको रकम खर्च गरेका विषयमा भने रविलाई कारवाहीको सिफारिस गरेको छ ।

रविसँगै कारबाहीको सिफारिसमा रहेका जीवी राई फरार छन् भने अर्का पूर्व संचालन छविलाल जोशी एक महिनादेखि प्रहरी नियन्त्रणमा रहेका छन् ।

Tags: #रवि पक्राउको बहस#विपक्षी दलको बैठक

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै
ताजा समाचार

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण
ताजा समाचार

धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण

बुधबार मंसिर १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.