विपक्षी दलको बैठकमा रवि पक्राउको बहस, सबैले दिए आडभरोसा

१ कात्तिक ८१, शुक्रबार

२ कार्तिक ,काठमाण्डौ।

प्रतिपक्षी दलहरूको बैठक शुक्रबार बसेको छ। नयाँ बानेश्वरमा बसेको बैठकमा बाढीपहिरोपछिको अवस्था, सरकारका कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे छलफल भएको हो।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बसेको हो।बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी रहेका थिए।

बैठकले सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ। बाढीपहिरो प्रभावितलाई सरकारले उचित राहत दिन नसकेको पनि उनीहरूको निष्कर्ष छ। माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतका अनुसार अहिलेको सरकार जनसरोकारका विषयमाभन्दा पनि पार्टीगत स्वार्थमा अल्झिएको महसुस भएको छ।

‘बाढीपहिरोमा परेकाहरूको खोज, उद्धार, उपचार र पुनर्स्थापनाका बारेमा सरकारले गम्भीरताका साथ काम गरेन,’ उपमहासचिव बस्नेतले भने, ‘आज यसबारे पनि समीक्षा भयो । सरकार उदासीन छ र जनताप्रति जवाफदेही भइराखेको छैन।

जनताका सरोकारका विषय सम्बोधन गर्नेतिरभन्दा सरकार पार्टीगत स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढेको देखिएको छ। यी सबै कुरालाई ध्यानमा राखेर प्रतिपक्षी दलहरूका तर्फबाट सरकारलाई ज्ञापन पत्र पेस गर्ने भन्ने भएको छ।’

उनले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने परिस्थिति पनि आउन सक्ने बताएका छन्। यस्तै विपक्षी दलहरुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराउने भएका छन् ।

सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याएर साना दललाई विभाजन गर्ने आशंका भएको भन्दै दलहरुले ध्यानाकर्षणपत्र बुझाउने भएका हुन् । बैठकले माओवादी केन्द्रका सांसद शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे सम्मिलित कार्यदल गठन गरेको छ ।

कात्तिक ५ गते सरकार, राष्ट्रपति र सभामुखलाई ध्यानाकर्षण गराउने रास्वपा सांसद शिशिर खनालले जानकारी दिए । यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको चर्चाबारे पनि छलफल भएको छ ।

रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो गरेका थिए । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवाहार स्वीकार्य नहुने बताए ।

उनले भने, ‘निष्पक्ष अनुसन्धानमा सहयोग गर्न तयार छु भनेर सभापतिज्यूले नै भन्नुभएको छ । उहाँहरू चाहीँ कतिखेर समात्दा ठीक हुन्छ भनेर बाजे देखाउन गएको जस्तो लागेको छ । यस्तै टाइम पार्ने हो उहाँहरूले । हामी फेस गर्न तयार छौं ।’

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि सहकारी ठगीको निहुँ बनाएर पक्राउ पुर्जी जारी गर्न लागिएकोबारे दलहरू गम्भीर रहेको बताए । उनले भने, ‘पक्राउ पुर्जीको कुरा अदालतलगायत विभिन्न निकायले के भनेका छन्, त्यसमा भर पर्ने कुरा हो । गल्ती गरेको हो भने अनुसन्धान हुनुपर्छ । तर, गल्ती नगरिकन गरेकै हो भन्ने खालको गतिविधि गरेर समस्या सिर्जना गरियो भने राम्रो हुँदैन ।’

माओवादी नेता शक्ति बस्नेतले पनि कानूनी प्रक्रियाबाट अघि बढ्न कसैले अवरोध नगर्ने बताए । तर, राजनीतिक आग्रह–पूर्वाग्रका संकेत देखिनु हुँदैन भन्नेमा सचेत रहेको उनको भनाइ छ । ‘यसलाई हामीले गम्भीरतापूर्वक उठाइरहेका छौं । हिजो अध्यक्षले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष पनि राख्नुभएको थियो,’ उनले भनेका छन् ।

सहकारीको वचत रकम अपचलनको छानविन गर्न गठित संसदीय छानविन समितिले तत्काली गोर्खा मिडियाका प्रवन्ध निर्देशकमा रुपमा सहकारीबाट अपचलन गरी वचत रकम गोर्खा मिडियामा ल्याउने विषयमा रविको सँलग्नता नदेखाएपनि अपचलन गरी मिडियामा ल्याएको रकम खर्च गरेका विषयमा भने रविलाई कारवाहीको सिफारिस गरेको छ ।

रविसँगै कारबाहीको सिफारिसमा रहेका जीवी राई फरार छन् भने अर्का पूर्व संचालन छविलाल जोशी एक महिनादेखि प्रहरी नियन्त्रणमा रहेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top