×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

कमाइमा पनि मेसीलाई रोनाल्डोले उछिने,सर्वाधिक कमाउने १० फुटबलर

५ कार्तिक २०८१

५ कार्तिक ,एजेन्सी ।

साउदी अरेबियाबाट व्यवसायिक फुटबल खेल्दै आएका पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । वर्षभरि सर्वाधिक रकम आर्जन गरेका १० खेलाडीको सूची सार्वजनिक गर्दै फोर्ब्सले शीर्ष स्थानमा ३९ वर्षीय रोनाल्डोलाई राखेको हो ।

Advertisement
Advertisement

फोर्ब्सले खेलाडीले क्लबसँग गरेको सम्झौताअनुसार पाउने तलब, बोनस, इमेज राइट्स, स्पोन्सरलगायतबाट जोडेर वार्षिक आम्दानी गणना गरेको छ । जसमा पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो रहेका छन् ।

फोर्ब्सका अनुसार रोनाल्डोले यस वर्ष कुल २८५ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन् । पछिल्लो तीन सिजन अल नासरमा रहेका रोनाल्डोले मैदानभित्रको सम्झौताबाट २२० मिलियन र स्पोन्सरबाट ६५ मिलियन कमाइ गरेका छन् ।

सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका खेलाडीमा पर्छन्, रोनाल्डो । ठूला–ठूला क्लबका भन्दा बढी सोसल मिडिया फलोअर्स उनका रहेका छन् । रोनाल्डोले गत अगस्टमा मात्रै युट्युब लन्च गरेका थिए । जसमा ९० मिनेटमै एक मिलियन सब्स्क्राइब पुगे ।

रोनाल्डो विश्वचर्चित स्पोर्टस् कम्पनीहरू नाइक, हर्बालाइफ र हुपसँग जोडिएका छन् जसबाट उनले ठूलो धन आर्जन गर्छन् । रोनाल्डोका प्रतिद्वन्द्वी मानिने लियोनल मेसी सर्वाधिक धेरै कमाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् ।

सर्वाधिक धेरै पाँच पटकका बालोन डी‘ओर विजेता मेसीको कमाइ १३५ मिलियन डलर छ । ३७ वर्षीय मेसी हाल अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका छन् । सर्वाधिक धेरै ४६ वटा ट्रफी जितेका मेसीले यसै सिजन अर्जेन्टिनाका लागि १६औँ कोपा अमेरिकाको उपाधि जिताएका थिए ।

स्पेनिस क्लब बार्सिलोनाबाट युरोपका अधिकांश चर्चित उपाधि उचालेका छन्, मेसीले । मेसीको मैदानभित्रको कमाइ ६० मिलियन डलर छ । स्पोन्सरबाट ७५ मिलियन डलर कमाउँछन् । मेसी एडिडास, एप्पल टिभी र कोनामीजस्ता विश्वचर्चित ब्रान्डसँग आबद्ध छन् ।

तेस्रो स्थानमा साउदी अरेबियाबाटै व्यवसायिक फुटबल खेलिरहेका ब्राजिलियन स्टार नेयमार रहेका छन् । सन् २०२३ को सिजनमा फ्रेन्च लिग पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर नेयमार साउदी प्रो लिग खेल्न अल हिलाल पुगेका छन् ।

तर, चोटका कारण ३२ वर्षीय उनले खासै खेल खेल्न पाएका छैनन् । झन्डै दुई वर्षको अवधिमा नेयमारले मात्र पाँच खेल खेलेका छन् । घुँडामा लागेको चोटले गर्दा एक वर्ष थलिएका नेयमार हालै मैदान फर्किएका छन् । नेयमारका लागि अल हिलालले ठूलो लगानी गरेको छ ।

सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी आउँदा उनको मूल्य २६३ मिलियन डलर थियो । अहिले नेमारको मैदानभित्रको कमाइ ८० मिलियन तथा मैदानबाहिरको कमाइ ३० मिलियन डलर रहेको छ । नेमार पुमा, रेड बुल, स्किम्स, कोनामीजस्ता ब्रान्डसँग जोडिएका छन् ।

चौथो स्थानमा आउँछन्, ३६ वर्षीय करिम बेन्जेमा । साउदीकै अल इत्तिहादबाट खेलिरहेका उनको कमाई १०४ मिलियन डलर छ । बालोन ‘डी’ ओर विजेता बेन्जेमा अहिले भने लयमा छन् । यो सिजन ६ खेलमा सात गोल गर्न सफल भइसकेका छन्, उनी ।उनका लागि साउदीको अल इत्तिहादले एक सय मिलियन डलर खर्च गरेको छ ।

फ्रान्स र रियल मड्रिडका पूर्वखेलाडीले स्पोन्सरबाट ४ मिलियन डलर कमाउँदै आएका छन् । उनी फ्रान्सले सन् २०१८ को फिफा विश्वकप र सन् २०२१ मा नेसन्स लिग उपाधि जित्दाका मुख्य खेलाडी हुन् ।पाँचौं स्थानमा हालै रियल मड्रिडमा अनुबन्धित फ्रान्सेली युवा स्टार किलियन एमबाप्पे छन् ।

उनले ९० मिलियन डलर कमाउँछन् । सन् २०१७ मा मोनाकोबाट पिएसजी अनुबन्ध भएका एम्बाप्पेले च्याम्पियन्स लिग उपाधि जित्न सकेका छैनन् । सपना पूरा नभएपछि उनी यसै सिजन स्पेनको राजधानी पुगेका हुन् ।  २५ वर्षीय यी खेलाडीले फ्रान्सका लागि फिफा विश्वकप जितिसकेका छन्  ।

बाल्यकालदेखि नै रियलमा खेल्ने सपना देखेका एम्बाप्पेलाई क्लबले ८० हजार समर्थकमाझ सार्वजनिक गरेको थियो । हाल उनी नाइक, हुब्लट, फिफा ई–स्पोर्टस्सँग आबद्ध छन्  । उनी सन् २०१८ मा १९ वर्ष हुँदा डेब्यु गर्दै पेलेपछि विश्वकप खेल्ने कम उमेरको खेलाडी बनेका थिए ।

छैटौं स्थानमा रहेका म्यानचेस्टर सिटीका इयर्लिङ हालान्डको जम्मा कमाइ ६० मिलियन डलर छ भने रियल मड्रिडका भिनिसियस जुनियरले ५५ मिलियन डलर कमाइ गर्छन् । लिभरपुलका मोहम्मद सालाह, अल नासरका साडियो माने र म्यानचेस्टर सिटीका केभिन डी ब्रुयन क्रमशः आठौं, नवौं र दसौं स्थानमा छन् ।

सालाहले ५३ मिलियन डलर कमाउँदा मानेले ५२ तथा ब्रुयनले ३९ मिलियन डलर कमाउने गरेको फोर्ब्सले जनाएको छ । यस्तै सातौ स्थानमा ब्राजिलियन स्टार तथा रियल म्याड्रिडका खेलाडी भिनिसियस जूनियर रहेका छन् । उनको कमाइ ५५ मिलियन डलर रहेको छ ।

आठौं स्थानमा लिभरपुलमा आवद्ध इजिप्टका ३२ वर्षे खेलाडी मोहम्मद सलाह रहेका छन् । उनको कमाइ ५३ मिलियन डलर रहेको छ। यस्तै नवौ र दशौंमा क्रमशः सेनेगलमा साडियो माने र बेल्जियमका केभिन डे ब्रुइन रहेका छन् । अल नासरमा आवद्ध मानेको कमाइ ५२ मिलियन रहेको छ भने म्यानचेस्टर सिटिका केभिन डे को कमाइ ३९ मिलियन डलर रहेको छ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top