NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet मङ्लबार माघ ६ , २०८२
Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста मङ्लबार माघ ६ , २०८२
Мелбет офіційний сайт букмекерської контори огляд БК Melbet, ставки на спорт, бонуси मङ्लबार माघ ६ , २०८२
Букмекерская администрация Мелбет Казахстан: Обзор а еще Отклики मङ्लबार माघ ६ , २०८२
Погружаемся во безобидность Melbet: как скачать андроид бесплатно и вовсе не отпустить подвижные лайфхаки मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

रविको पक्ष लिएर विपक्षी नेताहरु ओलीमाथि बेस्सरी खनिए

मङ्लबार कार्तिक ६ , २०८१
Reading Time: 2 mins read
A A
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ कार्तिक , काठमाण्डौ।

सोमबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन जाँदा बालुवाटारमा निकै भनाभन भएको छ ।

हुन त दलहरु झण्डै एक सय दिन पुग्न लाग्दा पनि प्रतिबद्धता अनुसार सरकारले काम नगरेको भन्दै झकझकाउन गएका थिए, तर त्यहाँ हाल कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको विषयलाई लिएर विपक्षी दलहरुको आक्रोशमा परे प्रधानमन्त्री ओली ।

LS Auto

ज्ञपानपत्र लिएर जानेका प्रचण्डसंगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका उपसभापति डोल प्रसाद अर्याल र आमजनता पार्टीका अध्यक्ष प्रभु साह लगायतका नेता थिए । जोसंग प्रधानमन्त्री ओलीको भनाभन चल्यो ।

अन्य प्रतिपक्षी दलका नेताहरुका साथ बालुवाटार पुगेका प्रचण्डले ‘लामिछानेलाई गिरफ्तार गर्ने सरकारले आफ्नो नजिककालाई किन संरक्षण गरेर बसेको छ?’ भन्ने प्रश्न गरे । जब लामिछानेको गिरफ्तारीको सन्दर्भ प्रचण्डले कोट्याए, ओलीले लामिछानेप्रतिको आक्रोश थाम्न सकेनन् ।

पक्राउ पर्नुअघि लामिछानेको ‘सरकार मरेकाले आफूलाई जुठो परेको’ भन्ने भनाईप्रति आक्रोश पोखे । ‘आज म मरेँ, मेरो दाहसंस्कार गरियो, मलामी फर्कंदै होलान’ ओलीले लामिछानेको भनाईप्रति आक्रोस पोख्दै भने, ‘को–को किरिया बसे? म पनि किरिया बस्न जानुपर्ने हो कि?’ यति भन्दै ओलीले प्रश्न गरेका थिए, ‘यो के संस्कार हो?’ लामिछानेको भनाईलाई ओलीले संस्कारहीन करार गरेपछि त्यसको जवाफ माधव नेपालले दिएका थिए ।

उनको जवाफ थियो, ‘राजनीतिमा यस्तो संस्कार अरुले होइन, तपाईंले नै सिकाएको हो।’ नेपालले बाढी–पहिरो लगायतका अनेक समस्या देखिँदा पनि सरकार रमिते भएर बसेको आरोप लगाएका थिए ।

ओलीसँग उनको प्रश्न थियो, ‘देशमा यति ठूला–ठूला समस्या आए । यस्तो समस्या देखिँदा सर्वदलीय बैठक बस्नुपर्दैन?’ यस विषयमा प्रचण्डले पनि ओलीलाई जवाफ दिएका थिए । ‘मैले जो दोषी देखिए पनि कारबाही गरेको थिएँ, तर तपाईंले आफ्नालाई च्याप्नुभयो’ प्रचण्डले ओलीलाई भनेका थिए, ‘त्यसैले, सहकारीमा समस्या आएको हो।’

यस्तै प्रतिपक्षी नेताहरूले सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेलाई सहकारी ठगीमा दोषी नदेखाए पनि सरकारले पूर्वाग्रहवश पक्राउ गरेको आरोप लगाएका थिए । त्यस प्रसंगमा भने ओलीले आफूले संसदीय समितिले तयार पारेको प्रतिवेदन अहिलेसम्म नपढेको दाबी गरे ।

‘हुन त मैले अहिलेसम्म त्यो प्रतिवेदन पढेको छैन, तर रविको नाम प्रतिवेदनमै छ भन्छन् नि त,’ ओलीको भनाइ थियो, ‘त्यही प्रतिवेदनका आधारमा उनीमाथि कार्वाही भएको हो।’ प्रतिवेदनमा रविलाई दोषी किटान गरिएको र त्यसैका आधारमा कारबाही गरिएको प्रधानमन्त्रीको दाबीको रास्वपा सांसद शिशिर खनालले खण्डन गरेका थिए ।

‘प्रधानमन्त्रीज्यू, प्रतिवेदन लेख्नेमध्येको एउटा सांसद म पनि हुँ ।त्यसमा रविजीलाई दोषी किटान गरिएको छैन,’ खनालले ओलीलाई भने, ‘त्यसमा के लेखिएको छ, त्यो कुरा म यहाँ ब्रिफिङ गरौँ?’ तर, ज्ञापनपत्र बुझाउने कार्यक्रम भएकाले खनालले विस्तृत ब्रिफिङको अवसर पाएनन् ।

खनाल थापा नेतृत्वको समितिमा सदस्य थिए । उनीसहित रास्वपाका नेताहरूले संसदीय समितिबाट लामिछानेले क्लिनचिट पाएको दाबी गर्दै आएका थिए । यस्तै आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पनि प्रधानमन्त्री ओलीसँग गौर हत्याकाण्डका हत्यारालाई कारबाही गर्न माग गरे ।

गौर हत्याकाण्डका हत्यारालाई कारबाही गर्न ढिलाइ किन गरेको भन्दै उनले सरकारको आलोचनासमेत गरे । पीडित परिवारलाई न्याय दिलाउन आफ्नो पूर्ण साथ सहयोग रहने बताउँदै उनले हत्याराहरू खुलेआम घुमिरहँदासमेत सरकार रमिते भएको आरोप लगाए ।

सरकारलाई समर्थन गरेकै आधारमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोक्ने र सरकारको विरोध गरेका कारण रास्वपा अध्यक्ष रवि लामिछानेलाई जाक्ने काम ठिक नभएको उनको भनाइ थियो।

‘सरकारको नेतृत्वमा नहुँदा हिजोको दिनमा प्रधानमन्त्री ओलीजीले संसदमा सहकारी ठगी प्रकरणमा रवि निर्दोष भएको बताउने तर आज सरकारको विरोध गरेपछि रविजी दोषी कसरी भए?’ साहले प्रधानमन्त्री ओलीसँग प्रश्न गर्दै भने, ‘सरकारको समर्थन गरेकै आधारमा गौर हत्याकाण्डका उपेन्द्रहरूलाई बोक्ने र विरोध गर्ने रविहरूलाई जाक्ने काम ठिक होइन ।

आजपा र गौर हत्याकाण्ड पीडित संघर्ष समितिले न्यायको माग गर्दै आन्दोलन गर्दै आएको छ । २०६३ चैत ७ गते दिउँसो उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरूले २८ जना माओवादी कार्यकर्ताको निर्मम हत्या गरेका थिए ।

विपक्षी दलहरुको यस्ता आरोप र तिखा प्रश्न सुनेपछि प्रधानमन्त्रीले पनि आफूलाई तानाशाही भन्दा पनि जवाफ नदिएर बसेको बताए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत् बताएअनुसार प्रधानमन्त्री ओलीले आफूले रवि लामिछानेमाथि प्रतिशोध नसाँधेको बताएका थिए ।

“मलाई कुनै प्रतिशोधको राजनीतिक गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयम् रविजीले गठन गरौँ भनेपछि समिति बन्यो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।”

उनले आफूलाई तानाशाही भनिएको बताउँदै भनेका छन्, “अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरुले त्यसो गर्नु राम्रो होइन ।”

यस्तै दल विभाजनसम्बन्धी अध्यादेशका बारेमा जवाफ दिँदै उनले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने कुनै योजना नभएको बताएका थिए । “विगतमा नेकपा एमालेलाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन,” ओलीको भनाइ थियो ।

यस्तै विपद् र राहतको विषयमा विपक्षी दलले राखेको चासोका विषयमा प्रधानमन्त्री ओलीले मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार भइरहेको, बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको भन्दै बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरूमा भएको अवरोध खुलाइएको बताएका थिए ।

यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान समेत उनले आग्रह गरेको रिमालले जानकारी दिएका छन् ।

Tags: #बालुवाटारमा ओली–नेपाल भनाभन#बालुवाटारमा भनाभन

लोकप्रीय

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२

Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста

मङ्लबार माघ ६ , २०८२

Мелбет офіційний сайт букмекерської контори огляд БК Melbet, ставки на спорт, бонуси

मङ्लबार माघ ६ , २०८२

विचार

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२

Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста

मङ्लबार माघ ६ , २०८२

Мелбет офіційний сайт букмекерської контори огляд БК Melbet, ставки на спорт, бонуси

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста

मङ्लबार माघ ६ , २०८२
Melbet

Мелбет офіційний сайт букмекерської контори огляд БК Melbet, ставки на спорт, бонуси

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Букмекерская администрация Мелбет Казахстан: Обзор а еще Отклики

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२

Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста

मङ्लबार माघ ६ , २०८२

Мелбет офіційний сайт букмекерської контори огляд БК Melbet, ставки на спорт, бонуси

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.