NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

ट्रान्सपरेन्सीले पनि भन्यो एमालेले जग्गा दान लिनु भ्रष्टाचार

मङ्लबार कार्तिक ६ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
ट्रान्सपरेन्सीले पनि भन्यो एमालेले जग्गा दान लिनु भ्रष्टाचार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ कार्तिक , काठमाण्डौ।

प्रमुख सत्तारुढ दल नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी जग्गा दान लिने बहुचर्चित र विवादित विषयलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले समेत भ्रष्टचारको पक्षपोषण भएको ठहर गरेको छ ।

इन्टरनेसनलले भनेको छ,अदालतबाट दोषी ठहर र न्यायिक प्रक्रियामा रहेका व्यक्तिसँग दान लिनु भ्रष्टाचारको पक्षपोषण हो ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले अदालतबाट दोषी ठहर भएका र मुद्दाका प्रतिवादीसमेत रहेका व्यक्तिसँग दान लिनु भ्रष्टाचारको पक्षपोषण भएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टी एमालेको कार्यालय भवनका लागि विवादित व्यवसायी मीनबहादुर गुरुङसँग १० रोपनी १४ आना जग्गा र त्यसमा बनाइदिने भवन दानका रूपमा लिएका छन् । जग्गासहित भवन निर्माण हुँदासम्म एक अर्बभन्दा धेरै लाग्ने अनुमान छ ।

ट्रान्सपरेन्सीले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सोमबार विज्ञप्ति जारी गरेको छ । ‘दान प्रदान गर्ने व्यक्ति नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको र निजमाथि सोही प्रकृतिका थप विभिन्न मुद्दा न्यायिक प्रक्रियामा नै रहेको सर्वविदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनको पालना गरी– गराई सरकारी सम्पत्ति र हितको संवद्र्धन गर्न जनताबाट निर्वाचित भई सरकारको नेतृत्व गरिरहेको पार्टीले यस प्रकारको दान, दातव्य लिँदा वादी–प्रतिवादीमा हुनुपर्ने व्यवहारमा गम्भीर असर पर्न गई सरकार वादी रहेको मुद्दामा प्रतिकूल प्रभाव पर्न जाने देखिन्छ । प्रतिवादीसँगको यस्तो लेनदेनका कारण स्वार्थको द्वन्द्व हुन गई सुशासनमा गम्भीर असर पर्ने र भ्रष्टाचारको पक्षपोेषण हुने ठम्याइ टिआई नेपालको रहेको छ ।’

सरकारको नेतृत्व गर्ने व्यक्ति वा दलले सरकार वादी रहेको मुद्दाका प्रतिवादी व्यक्ति वा पक्षबाट सरकारका लागि होस् वा पार्टीको नाममा होस् कुनै पनि प्रकारको दान, दातव्य र सहयोग स्वीकार गर्ने प्रवृत्तिले सुशासनको अपव्याख्या भई देशमा व्याप्त भ्रष्टाचारलाई थप मलजल पुग्न जाने ट्रान्सपरेन्सीको ठहर छ ।

सरकार सञ्चालनमा संलग्न रहेका व्यक्ति तथा राजनीतिक दललाई यस प्रकारका काम–कारबाहीबाट अलग रहन ट्रान्सपरेन्सीले अपिल गरेको छ । एमालेले जग्गा दान लिने यो निर्णयको एमाले भित्रैपनि विवादित बनेको छ । तर एमाले नेतृत्व पंक्तिले यो निर्णयमाथि प्रश्न उठाउनेहरुमाथि स्पष्टीकरण सोधेको छ ।

पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । जग्गादानको विषयमा स्वार्थको द्वन्द्व उत्पन्न हुने कुनै कारण नरहेको एमालेले स्पष्ट पारेको छ ।

महासचिव पोखरेलले भूकम्पबाट पार्टीको कार्यालय क्षतिग्रस्त भएको अवस्थामा कुनै व्यक्तिले सहयोग गर्छु भनेमा त्यो अन्यथा नहुने बताए । यसलाई कानूनी प्रक्रियाबाट सम्वोधन गरिने पनि उनको भनाइ छ ।‘उहाँले दान गर्ने कुरा गर्नुभएको छ । दानको प्रक्रियामा रहेकाले यसलाई हामी कानूनी प्रक्रियाद्वारा समाधान गछौं’, पोखरेलले भनेका छन् ।

असोज २५ गते प्रधानमन्त्री समेत रहेका ओलीले कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालयको भवन शिल्यान्यास गरेका थिए। यसबारे एमालेभित्रैबाट पनि आलोचना भयो। स्थायी कमिटी सदस्य विन्दा पाण्डेले त व्यवसायीबाट दान लिनुलाई साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने कदम भन्दै २८ लाख मतदाताको अपमान हुने तर्क गरेकी थिइन्।

अर्की नेतृ उशाकिरण तिम्सिनाले पनि पार्टीले दान लिनु गलत भएको बताउँदै आक्रामक अभिब्यक्ति दिएकी थिइन् । सोहीतर्फ संकेत गर्दै आइतबार साँझ बसेको पार्टी सचिवालय बैठकमा ओलीले अराजकहरू बढ्दै गएको टिप्पणी गरेका थिए।

एमालेले देशको सबैभन्दा ठूलो ‘सुपरमार्केट चेन स्टोर’ भाटभटेनीका मालिक मीनबहादुर गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारूढ दल नेकपा (एमाले) लाई करोडौं मूल्यको पर्ने जग्गा दान दिएको र भवन समेत निर्माण गरिदिने विषयलाई लिएर सत्तापक्ष नेताहरुले समेत विरोध गर्दै आएका छन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पार्टी कार्यालय पार्टी सदस्यहरुको सहयोगबाट बनाउन उचित हुने सुझाव दिएका छन् । कार्यालय बनाउन कार्यकर्ताले योगदान गर्न पाउनुपर्ने शर्माको मत छ। शर्माले लेखेका छन्,‘भवन बलियो भावनाहरु गाँसेर हुनुपर्छ । मेरो पनि योगदान छ, भनेर प्रत्येकले अपनत्व बोध गर्न पाउनुपर्छ ।’

यस्तै कांग्रेस नेता एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा एमालेको पार्टी कार्यालय निर्माणमा व्यवसायी गुरुङको दानप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी कार्यालय व्यवसायीको रकमले बनाउने कार्यले प्रधानमन्त्री केपी ओली र ‘समाजसेवी’ गुरुङको शाख नउठेको टिप्पणी खतिवडाले गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने भएको बताएका छन् । सोमबार जुम्ला पुगेका उनले व्यवसायी मीनबहादुर गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) लाई जग्गा दिएको सन्दर्भ कोट्याउँदै यस्तो बताएका हुन् ।

“तपाईंहरूले देख्नुभएकै छ, मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबरजस्ती व्यक्तिको नाममा लाने भनेर कारबाही ग¥यो, जसविरुद्ध अदालतमा मुद्दा चलाइएको छ । त्यस्ताबाट दानको नाममा प्रधानमन्त्री स्वयम्ले जमिन लिने भएपछि प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने भएको छ,” उनले भनेका छन् ।

मीनबहादुर गुरुङले कीर्तिपुर २ मैत्रीनगरको १० रोपनी १४ आना जग्गा निःशुल्क दान दिने भएका छन् । जग्गाको मात्र बजार मूल्य अर्बौँ हुन सक्ने अनुमान छ । तर, यो प्रकरण ‘जग्गा दान’ मा मात्र सीमित छैन ।

गुरुङले १ वर्षभित्र ९ म्याग्नीच्यूडको भूकम्प धान्न सक्ने भव्य भवन बनाएर आगामी वर्ष दशैंको घटस्थापनाको दिन हस्तान्तरण गर्नेसमेत घोषणा गरेका छन् । यसको अर्थ एमालेलाई यो निकै ठूलो मूल्यको ‘घरजग्गा दान’ हुनेछ । एमालेलाई घरजग्गा दान गर्नु गुरुङले ‘अन्यथा कुनै कुरा नभएर आफ्नो कर्तव्य भएको’ बताएका छन् ।

एमाले सरकारमा रहेका बेला उनले यति ठूलो सहयोग गर्नुलाई समेत स्वार्थका रुपमा हेरिएको छ । यसअघि १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय बनाउन थालेपछि आलोचना भएपछि एमालेले प्रष्टीकरण दिएको थियो ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टी भित्र र बाहिर अनेकखालका भ्रम, अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी, पार्टी नेतृत्वका विरुद्ध विष वमन गर्ने काम भइरहेको बताएका थिए ।

Tags: #एमालेले जग्गा दान लिनु भ्रष्टाचार

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Trumpविरूद्ध निरन्तर ‘नो किंग्स’ आन्दोलन, इजरेलमा इरानको क्षेप्यास्त्र आ*क्र*मण

World News: Trumpविरूद्ध निरन्तर ‘नो किंग्स’ आन्दोलन, इजरेलमा इरानको क्षेप्यास्त्र आ*क्र*मण

00:07:05

World News: Netanyahuलाई सुरक्षित स्थानमा सारियो, Trumpविरुद्ध दशौँ लाख सडकमा || Nepal Times

00:12:34

World News: Chinaले Israelको निन्दा, Iranलाई अमेरिकी चेतावनी || Nepal Times

00:11:37

World News: बोस्टनमा प्लेन चिप्लियो, Air India लाई फेरि बमको धम्की || Nepal Times

00:18:53

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

00:13:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.