×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

ट्रान्सपरेन्सीले पनि भन्यो एमालेले जग्गा दान लिनु भ्रष्टाचार

६ कार्तिक २०८१

६ कार्तिक , काठमाण्डौ।

प्रमुख सत्तारुढ दल नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी जग्गा दान लिने बहुचर्चित र विवादित विषयलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले समेत भ्रष्टचारको पक्षपोषण भएको ठहर गरेको छ ।

Advertisement
Advertisement

इन्टरनेसनलले भनेको छ,अदालतबाट दोषी ठहर र न्यायिक प्रक्रियामा रहेका व्यक्तिसँग दान लिनु भ्रष्टाचारको पक्षपोषण हो ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले अदालतबाट दोषी ठहर भएका र मुद्दाका प्रतिवादीसमेत रहेका व्यक्तिसँग दान लिनु भ्रष्टाचारको पक्षपोषण भएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टी एमालेको कार्यालय भवनका लागि विवादित व्यवसायी मीनबहादुर गुरुङसँग १० रोपनी १४ आना जग्गा र त्यसमा बनाइदिने भवन दानका रूपमा लिएका छन् । जग्गासहित भवन निर्माण हुँदासम्म एक अर्बभन्दा धेरै लाग्ने अनुमान छ ।

ट्रान्सपरेन्सीले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सोमबार विज्ञप्ति जारी गरेको छ । ‘दान प्रदान गर्ने व्यक्ति नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको र निजमाथि सोही प्रकृतिका थप विभिन्न मुद्दा न्यायिक प्रक्रियामा नै रहेको सर्वविदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनको पालना गरी– गराई सरकारी सम्पत्ति र हितको संवद्र्धन गर्न जनताबाट निर्वाचित भई सरकारको नेतृत्व गरिरहेको पार्टीले यस प्रकारको दान, दातव्य लिँदा वादी–प्रतिवादीमा हुनुपर्ने व्यवहारमा गम्भीर असर पर्न गई सरकार वादी रहेको मुद्दामा प्रतिकूल प्रभाव पर्न जाने देखिन्छ । प्रतिवादीसँगको यस्तो लेनदेनका कारण स्वार्थको द्वन्द्व हुन गई सुशासनमा गम्भीर असर पर्ने र भ्रष्टाचारको पक्षपोेषण हुने ठम्याइ टिआई नेपालको रहेको छ ।’

सरकारको नेतृत्व गर्ने व्यक्ति वा दलले सरकार वादी रहेको मुद्दाका प्रतिवादी व्यक्ति वा पक्षबाट सरकारका लागि होस् वा पार्टीको नाममा होस् कुनै पनि प्रकारको दान, दातव्य र सहयोग स्वीकार गर्ने प्रवृत्तिले सुशासनको अपव्याख्या भई देशमा व्याप्त भ्रष्टाचारलाई थप मलजल पुग्न जाने ट्रान्सपरेन्सीको ठहर छ ।

सरकार सञ्चालनमा संलग्न रहेका व्यक्ति तथा राजनीतिक दललाई यस प्रकारका काम–कारबाहीबाट अलग रहन ट्रान्सपरेन्सीले अपिल गरेको छ । एमालेले जग्गा दान लिने यो निर्णयको एमाले भित्रैपनि विवादित बनेको छ । तर एमाले नेतृत्व पंक्तिले यो निर्णयमाथि प्रश्न उठाउनेहरुमाथि स्पष्टीकरण सोधेको छ ।

पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । जग्गादानको विषयमा स्वार्थको द्वन्द्व उत्पन्न हुने कुनै कारण नरहेको एमालेले स्पष्ट पारेको छ ।

महासचिव पोखरेलले भूकम्पबाट पार्टीको कार्यालय क्षतिग्रस्त भएको अवस्थामा कुनै व्यक्तिले सहयोग गर्छु भनेमा त्यो अन्यथा नहुने बताए । यसलाई कानूनी प्रक्रियाबाट सम्वोधन गरिने पनि उनको भनाइ छ ।‘उहाँले दान गर्ने कुरा गर्नुभएको छ । दानको प्रक्रियामा रहेकाले यसलाई हामी कानूनी प्रक्रियाद्वारा समाधान गछौं’, पोखरेलले भनेका छन् ।

असोज २५ गते प्रधानमन्त्री समेत रहेका ओलीले कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालयको भवन शिल्यान्यास गरेका थिए। यसबारे एमालेभित्रैबाट पनि आलोचना भयो। स्थायी कमिटी सदस्य विन्दा पाण्डेले त व्यवसायीबाट दान लिनुलाई साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने कदम भन्दै २८ लाख मतदाताको अपमान हुने तर्क गरेकी थिइन्।

अर्की नेतृ उशाकिरण तिम्सिनाले पनि पार्टीले दान लिनु गलत भएको बताउँदै आक्रामक अभिब्यक्ति दिएकी थिइन् । सोहीतर्फ संकेत गर्दै आइतबार साँझ बसेको पार्टी सचिवालय बैठकमा ओलीले अराजकहरू बढ्दै गएको टिप्पणी गरेका थिए।

एमालेले देशको सबैभन्दा ठूलो ‘सुपरमार्केट चेन स्टोर’ भाटभटेनीका मालिक मीनबहादुर गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारूढ दल नेकपा (एमाले) लाई करोडौं मूल्यको पर्ने जग्गा दान दिएको र भवन समेत निर्माण गरिदिने विषयलाई लिएर सत्तापक्ष नेताहरुले समेत विरोध गर्दै आएका छन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पार्टी कार्यालय पार्टी सदस्यहरुको सहयोगबाट बनाउन उचित हुने सुझाव दिएका छन् । कार्यालय बनाउन कार्यकर्ताले योगदान गर्न पाउनुपर्ने शर्माको मत छ। शर्माले लेखेका छन्,‘भवन बलियो भावनाहरु गाँसेर हुनुपर्छ । मेरो पनि योगदान छ, भनेर प्रत्येकले अपनत्व बोध गर्न पाउनुपर्छ ।’

यस्तै कांग्रेस नेता एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा एमालेको पार्टी कार्यालय निर्माणमा व्यवसायी गुरुङको दानप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी कार्यालय व्यवसायीको रकमले बनाउने कार्यले प्रधानमन्त्री केपी ओली र ‘समाजसेवी’ गुरुङको शाख नउठेको टिप्पणी खतिवडाले गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने भएको बताएका छन् । सोमबार जुम्ला पुगेका उनले व्यवसायी मीनबहादुर गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) लाई जग्गा दिएको सन्दर्भ कोट्याउँदै यस्तो बताएका हुन् ।

“तपाईंहरूले देख्नुभएकै छ, मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबरजस्ती व्यक्तिको नाममा लाने भनेर कारबाही ग¥यो, जसविरुद्ध अदालतमा मुद्दा चलाइएको छ । त्यस्ताबाट दानको नाममा प्रधानमन्त्री स्वयम्ले जमिन लिने भएपछि प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने भएको छ,” उनले भनेका छन् ।

मीनबहादुर गुरुङले कीर्तिपुर २ मैत्रीनगरको १० रोपनी १४ आना जग्गा निःशुल्क दान दिने भएका छन् । जग्गाको मात्र बजार मूल्य अर्बौँ हुन सक्ने अनुमान छ । तर, यो प्रकरण ‘जग्गा दान’ मा मात्र सीमित छैन ।

गुरुङले १ वर्षभित्र ९ म्याग्नीच्यूडको भूकम्प धान्न सक्ने भव्य भवन बनाएर आगामी वर्ष दशैंको घटस्थापनाको दिन हस्तान्तरण गर्नेसमेत घोषणा गरेका छन् । यसको अर्थ एमालेलाई यो निकै ठूलो मूल्यको ‘घरजग्गा दान’ हुनेछ । एमालेलाई घरजग्गा दान गर्नु गुरुङले ‘अन्यथा कुनै कुरा नभएर आफ्नो कर्तव्य भएको’ बताएका छन् ।

एमाले सरकारमा रहेका बेला उनले यति ठूलो सहयोग गर्नुलाई समेत स्वार्थका रुपमा हेरिएको छ । यसअघि १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय बनाउन थालेपछि आलोचना भएपछि एमालेले प्रष्टीकरण दिएको थियो ।

Advertisement

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टी भित्र र बाहिर अनेकखालका भ्रम, अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी, पार्टी नेतृत्वका विरुद्ध विष वमन गर्ने काम भइरहेको बताएका थिए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top