नेपालकी उर्मिलालाई अमेरिकामा ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

६ कार्तिक , एजेन्सी ।

नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीले ग्लोबल एन्टी रेसिजम च्याम्पियनसिप अवार्ड हात पारेकी छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले चौधरीलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

चौधरीसहित ६ देशका सामाजिक अभियन्तालाई सोमबार अमेरिकाको वासिङटन डिसीमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । स्टेट डिपार्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी ६ वर्षको उमेरमा कमलरीका रूपमा मालिकको घरमा पुगेकी थिइन् ।

Advertisement

उनलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । अहिले कानुन पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गरेकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गरिरहेकी छन् ।

चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायले भोगिरहेका विभेद र शोषणविरुद्ध काम गरिरहेकी सशक्त अभियन्ता तथा मानवअधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।

Advertisement

अमेरिकी स्टेट डिपार्टमेन्टले भनेको छ , सुश्री चौधरीलाई नेपालमा सीमान्तकृत जाति र जातीय समुदायको अधिकारलाई अगाडि बढाउने र प्रणालीगत जातीय भेदभाव र छरछिमेक दुव्र्यवहार विरुद्ध लड्नको लागि उनको समर्पणको लागि सम्मान गरिएको छ।

स्टेट डिपार्टमेन्टमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमार राज खरेल पनि सहभागी थिए । अमेरिकाको विदेश मन्त्रालयले गत वर्षदेखि प्रदान गर्न थालेको उक्त अवार्ड प्राप्त गर्ने चौधरी दोस्रो नेपाली हुन् ।

गत वर्ष सोही अवार्ड नेपालकी सरस्वती नेपालीले प्राप्त गरेकी थिइन् । उर्मिला सहित यो अवार्ड डिन्टी सुले ताइरु (घाना) ,जोन लिर्डम (नेदरल्याण्ड) ,एल्विस शाकजिरी (उत्तरी म्यासेडोनिया), तान्या दुआर्टे (मेक्सिको) र बोलिभियाकी तोमासा यारहुई जैकोमले पनि हात पारेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top