NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

नेपालीले फिल्म हेर्न १३ दिनमा ३५ करोड बढी खर्चिए

मङ्लबार कार्तिक ६ , २०८१
Reading Time: 1 min read
A A
‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ कुन कस्ता छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ कार्तिक , काठमाण्डौ ।
यस वर्षको दशैं सकिसकेको छ । अब तिहारको तयारी सुरु हुँदैछ । तर दशैंको उत्लासमा फूलपातीदेखि सिनेमाहलहरुमा लागेका तीन नेपाली चलचित्र मध्ये दुई चलचित्रले बम्पर शोसहित आक्रमक ब्यापार गरिरहेका छन् । सिनेमाहलहरुले नै बल्कबस्टरको उपाधि दिइरहेका छन् ।

दशैंपछि केही विद्यालय, क्याम्पस, सरकारी वा निजी सबै कार्यालयहरु खुलिसकेका छन् । तर विदा सकिएपनि यी चलचित्रहरुले अझै दर्शक तानिरहेका छन् । एउटा यस्तो समय थियो, जब नेपालीहरू हलमा गएर हेर्ने भनेको त बलिउड र हलिउडका चलचित्र पो हो भन्थे।

नेपाली चलचित्र पनि कसले हेर्छ भन्ने मानसिकता व्याप्त थियो। अहिले पनि त्यो मानसिकता शत प्रतिशत परिवर्तन भइसकेको त छैन। तर पछिल्ला समय नेपाली चलचित्रको क्षेत्रमा केही परिवर्तन भने पक्कै भएको छ। यो परिवर्तन अहिले प्रर्दशनरत चलचित्रहरुले देखाइरहेका छन् ।

LS Auto

चलचित्र प्रर्दशनको १३ औं दिनमा पनि चलचित्र हलमा दर्शकको भिड बढिरहेको छ । १३ दिनसम्म चलचित्र ‘१२ गाउँ’, छक्का पंजा र ज्वाइँ साबले दर्शक तानिरहेका छन् । तीन चलचित्रमा सबैभन्दा बढी दर्शक भने अहिले १२ गाउँले तानिरहेको छ ।

चलचित्र प्रर्दशनको १३ औं दिनसम्म पनि काठमार्डौका केही हलमा हाउसफुल रहेको १२ गाउँका वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । उनले पहिलो हप्तामा १० करोड कमाइ गरेको चलचित्रले दोस्रो हप्तामा १२ करोड कमाइ हुने बताएका छन् ।

उनका अनुशार चलचित्र प्रर्दशनको १३ औं दिनसम्म आइपुग्दा २२ करोडको व्यापारमा चलचित्र पुगेको छ। उनले यही रफ्तार कायम राख्दा चलचित्रले ३५ करोडको आंकडा छुन् सक्ने बताएका छन् । फूलपातीको दिन रिलिज भएको यो चलचित्रले सात दिनमा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।

बिराज भट्टले निर्देशन गरेको चलचित्रमा बिराजसँगै समीर भट्ट मुख्य भूमिकामा छन् । फूलपातीका दिन नै रिलिज भएको अर्को चलचित्र ‘छक्का पञ्जा–५’ले एक हप्तामा १० करोड रुपैयाँ ग्रसकलेक्सन भएको बताएको थियो । यो चलचित्र दोस्रो हप्तामा पनि प्रर्दशनरत नै रहेको छ ।

यद्यपि अहिलेसम्म यसले दोस्रो हप्ताको ब्यापार सार्वजनिक गरेको छैन् । यसले १५ करोड माथि ब्यापार गरिसकेको अनुमान गरिएको छ । चलचित्र ‘ज्वाइँ साब’ले सिनेमाको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ ।

दश दिनमा यो चलचित्रले ३ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । “हाम्रो चलचित्रले दश दिनमा ३ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । हरेक दिन कलेक्सन बढिरहेको छ,” निर्देशक वसन्त निरौलाले भनेका छन् ।

सुरुमा उत्साहजनक शो पाएको सिनेमाले दर्शक नपाएपछि शो घटेको थियो । तर वर्डअफ माउथ राम्रो हुँदा पुनः शो थपिँदै गएको उनले बताए । असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको सिनेममा तिहारसम्म मजाले चल्ने निर्देशकको विश्वास छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्तलगायत कलाकारको अभिनय छ ।

फिल्मले नेपाली समाजमा व्याप्त भ्रष्टाचार, राजनीतिक हस्तक्षेप, र इमानदार व्यक्तिहरूले भोग्नुपर्ने कठिनाइको कथामा माग्ने बुढा ( केदार घिमिरे) मार्फत हास्य रसको तड्का मिसाएर प्रस्तुत गर्ने प्रयास गरेको छ।

उता सफल सिक्वेल चलचित्र छक्का पंजा ५ को मुख्य कथा एक इमानदार सरकारी अधिकृत पृथ्वी विक्रम (दीपकराज गिरी) को जीवन वरिपरि घुम्छ। उनी नगरपालिकाका इमानदार अधिकृत हुन्। पृथ्वीका बुबा आफ्नो परिवार पृथ्वीनारायण शाहको वंशज भएकोमा गौरवान्वित छन् र छोरालाई सधैँ इमानदार रहन प्रोत्साहित गर्छन्।

यो प्रेरणाले पृथ्वीलाई घुस लिन वा दिनबाट टाढा राख्छ। तर, उनको इमानदारिताले उनलाई विभिन्न चुनौतीहरूको सामना गर्न बाध्य बनाउँछ। घुस नखाएकै कारण उनको पटक–पटक सरुवा हुन्छ र अन्ततः उनी काठमाडौँ फर्कन्छन्। यहाँ, उनको विवाह एक नेताकी छोरी रश्मि (वर्षा सिवाकोटी) सँग हुन्छ, जसले उनको जीवनलाई थप जटिल बनाउँछ।

रश्मिको लक्ष्य नै विदेश जाने हुन्छ। दीपक विदेश जान चाहँदैनन्। त्यसैलाई कथामा द्वन्द्वको रूपमा स्थापित गर्ने प्रयास गरिएको छ। मूल कथा उनै पृथ्वीको सङ्घर्ष वरिपरि घुमेको छ। फिल्मले नेपाली समाजमा गहिरो जरा गाडेको भ्रष्टाचारको समस्यालाई उजागर गर्ने प्रयास गरेको छ।

एक इमानदार व्यक्तिले समाज, परिवार र कार्यस्थलमा कुन तहको चुनौतीहरूको सामना गर्नुपर्छ भन्ने पक्षलाई देखाउने प्रयास निर्देशक दीपाश्रीले गरेकी छिन् । यसपालि दशैँको फूलपाती पारेर तीनवटा चलचित्र रिलिज भएः छक्का पञ्जा ५, ज्वाइँ साब र १२ गाउँ।

यीमध्ये छक्का पञ्जाको पहिलेको सफलतालाई हेरेर हलहरूले सो चलचित्रलाई सबैभन्दा बढी सो दिए। त्यसपछि १२ गाउँ र ज्वाईं साबलाई। तर समयसँगै १२ गाउँलाई दर्शकहरूको यति धेरै माया प्राप्त भयो कि दीपकराज गिरीले आफ्नै हलमा २ बाट बढाएर आफ्नै चलचित्र बराबर ५ सो दिन बाध्य भए।

१२ गाउँमा जनरा एक्सन भए पनि कथा सामाजिक परिवेशमा निर्माण भएको छ। आपराधिक गतिविधि सञ्चालन गर्न एक पात्रले नियन्त्रणमा लिएको १२ वटा गाउँ अनि त्यसको साम्राज्य भत्काउन प्रवेश गर्ने पात्रबीचको द्वन्द्व नै यो फिल्मको मूल कथा हो।

चलचित्रको सबल पक्ष भनेको यसले ल्याएको नयाँपन, कथा अनि विराज भट्ट र समीर भट्टको अभिनय नै हो। कथा नेपालको एक गाउँ १२ गाउँमा सुरु हुन्छ जहाँ गजेन्द्र नामका एक जना स्थानीयको क्रुरताले गाउँलेहरूले सुन्दर भविष्यको कल्पना गर्न छाडिसकेका थिए।

तर अति भएपछि खती हुन्छ नै। त्यस्तै परिवेशमा विद्रोहको झिल्को त्याहा सल्किएको कथा समेटिएको छ । दक्षीण भारतीय चलचित्रबाट प्रभावित यस चलचित्रले सोही तरिकाको एक्सन ड्रामामा नेपालीपन दिएको छ ।

Tags: # ‘१२ गाउँ’#‘छक्का पञ्जा ५’#ज्वाइँ साब#नेपाली फिल्म

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी
ताजा समाचार

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित
ताजा समाचार

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.