नेपालीले फिल्म हेर्न १३ दिनमा ३५ करोड बढी खर्चिए

५ कात्तिक ८१, मंगलबार

६ कार्तिक , काठमाण्डौ ।
यस वर्षको दशैं सकिसकेको छ । अब तिहारको तयारी सुरु हुँदैछ । तर दशैंको उत्लासमा फूलपातीदेखि सिनेमाहलहरुमा लागेका तीन नेपाली चलचित्र मध्ये दुई चलचित्रले बम्पर शोसहित आक्रमक ब्यापार गरिरहेका छन् । सिनेमाहलहरुले नै बल्कबस्टरको उपाधि दिइरहेका छन् ।

दशैंपछि केही विद्यालय, क्याम्पस, सरकारी वा निजी सबै कार्यालयहरु खुलिसकेका छन् । तर विदा सकिएपनि यी चलचित्रहरुले अझै दर्शक तानिरहेका छन् । एउटा यस्तो समय थियो, जब नेपालीहरू हलमा गएर हेर्ने भनेको त बलिउड र हलिउडका चलचित्र पो हो भन्थे।

नेपाली चलचित्र पनि कसले हेर्छ भन्ने मानसिकता व्याप्त थियो। अहिले पनि त्यो मानसिकता शत प्रतिशत परिवर्तन भइसकेको त छैन। तर पछिल्ला समय नेपाली चलचित्रको क्षेत्रमा केही परिवर्तन भने पक्कै भएको छ। यो परिवर्तन अहिले प्रर्दशनरत चलचित्रहरुले देखाइरहेका छन् ।

Advertisement

चलचित्र प्रर्दशनको १३ औं दिनमा पनि चलचित्र हलमा दर्शकको भिड बढिरहेको छ । १३ दिनसम्म चलचित्र ‘१२ गाउँ’, छक्का पंजा र ज्वाइँ साबले दर्शक तानिरहेका छन् । तीन चलचित्रमा सबैभन्दा बढी दर्शक भने अहिले १२ गाउँले तानिरहेको छ ।

चलचित्र प्रर्दशनको १३ औं दिनसम्म पनि काठमार्डौका केही हलमा हाउसफुल रहेको १२ गाउँका वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । उनले पहिलो हप्तामा १० करोड कमाइ गरेको चलचित्रले दोस्रो हप्तामा १२ करोड कमाइ हुने बताएका छन् ।

Advertisement

उनका अनुशार चलचित्र प्रर्दशनको १३ औं दिनसम्म आइपुग्दा २२ करोडको व्यापारमा चलचित्र पुगेको छ। उनले यही रफ्तार कायम राख्दा चलचित्रले ३५ करोडको आंकडा छुन् सक्ने बताएका छन् । फूलपातीको दिन रिलिज भएको यो चलचित्रले सात दिनमा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।

बिराज भट्टले निर्देशन गरेको चलचित्रमा बिराजसँगै समीर भट्ट मुख्य भूमिकामा छन् । फूलपातीका दिन नै रिलिज भएको अर्को चलचित्र ‘छक्का पञ्जा–५’ले एक हप्तामा १० करोड रुपैयाँ ग्रसकलेक्सन भएको बताएको थियो । यो चलचित्र दोस्रो हप्तामा पनि प्रर्दशनरत नै रहेको छ ।

यद्यपि अहिलेसम्म यसले दोस्रो हप्ताको ब्यापार सार्वजनिक गरेको छैन् । यसले १५ करोड माथि ब्यापार गरिसकेको अनुमान गरिएको छ । चलचित्र ‘ज्वाइँ साब’ले सिनेमाको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ ।

दश दिनमा यो चलचित्रले ३ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । “हाम्रो चलचित्रले दश दिनमा ३ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । हरेक दिन कलेक्सन बढिरहेको छ,” निर्देशक वसन्त निरौलाले भनेका छन् ।

सुरुमा उत्साहजनक शो पाएको सिनेमाले दर्शक नपाएपछि शो घटेको थियो । तर वर्डअफ माउथ राम्रो हुँदा पुनः शो थपिँदै गएको उनले बताए । असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको सिनेममा तिहारसम्म मजाले चल्ने निर्देशकको विश्वास छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्तलगायत कलाकारको अभिनय छ ।

फिल्मले नेपाली समाजमा व्याप्त भ्रष्टाचार, राजनीतिक हस्तक्षेप, र इमानदार व्यक्तिहरूले भोग्नुपर्ने कठिनाइको कथामा माग्ने बुढा ( केदार घिमिरे) मार्फत हास्य रसको तड्का मिसाएर प्रस्तुत गर्ने प्रयास गरेको छ।

उता सफल सिक्वेल चलचित्र छक्का पंजा ५ को मुख्य कथा एक इमानदार सरकारी अधिकृत पृथ्वी विक्रम (दीपकराज गिरी) को जीवन वरिपरि घुम्छ। उनी नगरपालिकाका इमानदार अधिकृत हुन्। पृथ्वीका बुबा आफ्नो परिवार पृथ्वीनारायण शाहको वंशज भएकोमा गौरवान्वित छन् र छोरालाई सधैँ इमानदार रहन प्रोत्साहित गर्छन्।

यो प्रेरणाले पृथ्वीलाई घुस लिन वा दिनबाट टाढा राख्छ। तर, उनको इमानदारिताले उनलाई विभिन्न चुनौतीहरूको सामना गर्न बाध्य बनाउँछ। घुस नखाएकै कारण उनको पटक–पटक सरुवा हुन्छ र अन्ततः उनी काठमाडौँ फर्कन्छन्। यहाँ, उनको विवाह एक नेताकी छोरी रश्मि (वर्षा सिवाकोटी) सँग हुन्छ, जसले उनको जीवनलाई थप जटिल बनाउँछ।

रश्मिको लक्ष्य नै विदेश जाने हुन्छ। दीपक विदेश जान चाहँदैनन्। त्यसैलाई कथामा द्वन्द्वको रूपमा स्थापित गर्ने प्रयास गरिएको छ। मूल कथा उनै पृथ्वीको सङ्घर्ष वरिपरि घुमेको छ। फिल्मले नेपाली समाजमा गहिरो जरा गाडेको भ्रष्टाचारको समस्यालाई उजागर गर्ने प्रयास गरेको छ।

एक इमानदार व्यक्तिले समाज, परिवार र कार्यस्थलमा कुन तहको चुनौतीहरूको सामना गर्नुपर्छ भन्ने पक्षलाई देखाउने प्रयास निर्देशक दीपाश्रीले गरेकी छिन् । यसपालि दशैँको फूलपाती पारेर तीनवटा चलचित्र रिलिज भएः छक्का पञ्जा ५, ज्वाइँ साब र १२ गाउँ।

यीमध्ये छक्का पञ्जाको पहिलेको सफलतालाई हेरेर हलहरूले सो चलचित्रलाई सबैभन्दा बढी सो दिए। त्यसपछि १२ गाउँ र ज्वाईं साबलाई। तर समयसँगै १२ गाउँलाई दर्शकहरूको यति धेरै माया प्राप्त भयो कि दीपकराज गिरीले आफ्नै हलमा २ बाट बढाएर आफ्नै चलचित्र बराबर ५ सो दिन बाध्य भए।

१२ गाउँमा जनरा एक्सन भए पनि कथा सामाजिक परिवेशमा निर्माण भएको छ। आपराधिक गतिविधि सञ्चालन गर्न एक पात्रले नियन्त्रणमा लिएको १२ वटा गाउँ अनि त्यसको साम्राज्य भत्काउन प्रवेश गर्ने पात्रबीचको द्वन्द्व नै यो फिल्मको मूल कथा हो।

चलचित्रको सबल पक्ष भनेको यसले ल्याएको नयाँपन, कथा अनि विराज भट्ट र समीर भट्टको अभिनय नै हो। कथा नेपालको एक गाउँ १२ गाउँमा सुरु हुन्छ जहाँ गजेन्द्र नामका एक जना स्थानीयको क्रुरताले गाउँलेहरूले सुन्दर भविष्यको कल्पना गर्न छाडिसकेका थिए।

तर अति भएपछि खती हुन्छ नै। त्यस्तै परिवेशमा विद्रोहको झिल्को त्याहा सल्किएको कथा समेटिएको छ । दक्षीण भारतीय चलचित्रबाट प्रभावित यस चलचित्रले सोही तरिकाको एक्सन ड्रामामा नेपालीपन दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top