नेपालको क्रिकेट इतिहासकै दुर्लभ कीर्तिमान तोडियो

७ कात्तिक ८१, बिहीबार

८ कार्तिक ,  काठमाण्डौ ।

जिम्बाब्वेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएका इतिहासकै केही दुर्लभ कीर्तिमानहरू आफ्नो नाममा सारेको छ । गाम्बियाविरुद्ध भएको खेलमा जिम्बाव्वेले नेपालका महत्त्वपूर्ण तीन कीर्तिमान भंग गरेको हो ।

उसले आइसिसी टी–२० क्रिकेटमा धेरै रन बनाउने नेपालको कीर्तिमान तोडेको छ । जिम्बावेले आइसिसी पुरुष टी–२० सब रिजनल छनोटमा गाम्बियाविरुद्ध चार विकेट गुमाउँदै ३४४ रन बनाएको हो ।

Advertisement

यसअघि सन् २०२३ मा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाउँदै सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएको थियो । चीनको हान्झाउमा भएको १९औं एसियाडमा नेपालले क्रिकेटमा कीर्तिमानी जित निकालेको थियो ।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यसबेला नेपालले मंगोलियाविरुद्ध टस हारेर तीन विकेट गुमाउँदै ३१४ रन बनाएको थियो ।

Advertisement

प्रत्युत्तरमा १३.१ ओभरमा अल आउट हुँदा मंगोलियाले ४१ रन मात्रै बनायो । नेपाल २७३ रनले विजयी भएको थियो । नेपालको जितमा कुशल मल्लले अविजित १३७ रन बनाएका थिए । उनले ५० बलमा १२ छक्का र ८ चौका प्रहार गरेका थिए ।

कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१ तथा दीपेन्द्रसिंह ऐरीले १० बलमा ५२ रन बनाएका थिए । यही खेलमा दीपेन्द्रसिंहले ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।यस खेलमा नेपालले टिमतर्फ सर्वाधिक स्कोर र फराकिलो जित अनि व्यक्तिगततर्फ सबैभन्दा छिटो शतक र सबैभन्दा छिटो अर्धशतकलगायतको कीर्तिमान पनि बनाएको थियो ।

नेपालले पनि त्यसअघि चेक रिपब्लिकले बनाएको कीर्तिमान भंग गरेको थियो । कन्टिनेन्टल कपअन्तर्गत ३० अगस्ट २०१९ मा भएको खेलमा चेक रिपब्लिकले टर्कीलाई २५७ रनले पराजित गर्दै इतिहास रचेको थियो ।

तर, चार वर्षपछि नेपालले चेक रिपब्लिकको कीर्तिमान आफ्नो नाममा सारेको थियो । नेपालको रेकर्ड तोड्ने क्रममा बुधबार टस जितेर ब्याटिङ गरेको जिम्बावेका लागि सिकन्दर राजाले १३३ रन बनाए ।

चौथो नम्बरमा क्रिजमा आएका उनले ४३ बलमा १५ छक्का र ७ चौका प्रहार गरे । त्यस्तै, ओपनर तादिवानासे मारुमानीले ६२, ओपनर ब्राइन बेनेटले ५० तथा क्लिभ मेन्डेनले ५३ रन बनाएका छन् ।

तादिवानासे र ब्राइनले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए  । प्रत्युत्तरमा गाम्बियाले १४।४ ओभरमा अल आउट हुँदा मात्र ५४ रन बनाउन सक्यो । गाम्बियाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जिम्बावेका रिचार्ड गाराभा र ब्रान्डन माभुताले समान तीन विकेट हात पारेका थिए । यस्तै, जिम्बाब्वेले टस जितेर पहिले ब्याटिङ गर्दै ३ सय ४४ रन बनाउँदा सर्वाधिक छक्काको रेकर्ड पनि कायम गर्यो।

उसले यो रेकर्डपनि नेपालले नै बनाएको कीर्तिमान तोडेको हो। जिम्बाब्वेले यो इनिङमा २७ छक्का प्रहार गरेको थियो । यसअघि नेपालले २६ छक्काका साथ सर्वाधिक छक्काको कीर्तिमान बनाएको थियो ।

सिकन्दरले सर्वाधिक १५ छक्का प्रहार गरेका थिए। जिम्बाबेले यो खेल २९० रनले जितेको छ । ३४५ रनको लक्ष्य पछाएको गाम्बिया भने १४.४ ओभरमा केवल ५४ रन बनाएर अल आउट भएको थियो ।

जिम्बाब्वेले गाम्बियाविरुद्ध १२ दशमलव ५ ओभरमा २०० रन पुरा गरेको थियो । यो टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो २०० रन बनाउने टोली हो । यसअघि यो कीर्तिमान दक्षिण अफ्रिकाको नाममा थियो जसले १३.५ ओभरमा यो रन जाडेको थियो ।

जिम्बाब्वेले गाम्बियालाई २९० रनले जित्यो, यो टी–२० क्रिकेट इतिहासमा सबैभन्दा ठूलो जित हो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top