NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

नेपालको क्रिकेट इतिहासकै दुर्लभ कीर्तिमान तोडियो

बिहिबार कार्तिक ८ , २०८१
Reading Time: 1 min read
A A
विश्वकप खेल्ने टिमको ओमानमा देखियो दुर्दशा

Team Nepal celebrates the wicket of Babar Hayat of Hong Kong, China during the ACC Men's Premier Cup 2024 3rd / 4th Place Play Off match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 20, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

८ कार्तिक ,  काठमाण्डौ ।

जिम्बाब्वेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएका इतिहासकै केही दुर्लभ कीर्तिमानहरू आफ्नो नाममा सारेको छ । गाम्बियाविरुद्ध भएको खेलमा जिम्बाव्वेले नेपालका महत्त्वपूर्ण तीन कीर्तिमान भंग गरेको हो ।

उसले आइसिसी टी–२० क्रिकेटमा धेरै रन बनाउने नेपालको कीर्तिमान तोडेको छ । जिम्बावेले आइसिसी पुरुष टी–२० सब रिजनल छनोटमा गाम्बियाविरुद्ध चार विकेट गुमाउँदै ३४४ रन बनाएको हो ।

यसअघि सन् २०२३ मा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाउँदै सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएको थियो । चीनको हान्झाउमा भएको १९औं एसियाडमा नेपालले क्रिकेटमा कीर्तिमानी जित निकालेको थियो ।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यसबेला नेपालले मंगोलियाविरुद्ध टस हारेर तीन विकेट गुमाउँदै ३१४ रन बनाएको थियो ।

प्रत्युत्तरमा १३.१ ओभरमा अल आउट हुँदा मंगोलियाले ४१ रन मात्रै बनायो । नेपाल २७३ रनले विजयी भएको थियो । नेपालको जितमा कुशल मल्लले अविजित १३७ रन बनाएका थिए । उनले ५० बलमा १२ छक्का र ८ चौका प्रहार गरेका थिए ।

कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१ तथा दीपेन्द्रसिंह ऐरीले १० बलमा ५२ रन बनाएका थिए । यही खेलमा दीपेन्द्रसिंहले ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।यस खेलमा नेपालले टिमतर्फ सर्वाधिक स्कोर र फराकिलो जित अनि व्यक्तिगततर्फ सबैभन्दा छिटो शतक र सबैभन्दा छिटो अर्धशतकलगायतको कीर्तिमान पनि बनाएको थियो ।

नेपालले पनि त्यसअघि चेक रिपब्लिकले बनाएको कीर्तिमान भंग गरेको थियो । कन्टिनेन्टल कपअन्तर्गत ३० अगस्ट २०१९ मा भएको खेलमा चेक रिपब्लिकले टर्कीलाई २५७ रनले पराजित गर्दै इतिहास रचेको थियो ।

तर, चार वर्षपछि नेपालले चेक रिपब्लिकको कीर्तिमान आफ्नो नाममा सारेको थियो । नेपालको रेकर्ड तोड्ने क्रममा बुधबार टस जितेर ब्याटिङ गरेको जिम्बावेका लागि सिकन्दर राजाले १३३ रन बनाए ।

चौथो नम्बरमा क्रिजमा आएका उनले ४३ बलमा १५ छक्का र ७ चौका प्रहार गरे । त्यस्तै, ओपनर तादिवानासे मारुमानीले ६२, ओपनर ब्राइन बेनेटले ५० तथा क्लिभ मेन्डेनले ५३ रन बनाएका छन् ।

तादिवानासे र ब्राइनले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए  । प्रत्युत्तरमा गाम्बियाले १४।४ ओभरमा अल आउट हुँदा मात्र ५४ रन बनाउन सक्यो । गाम्बियाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जिम्बावेका रिचार्ड गाराभा र ब्रान्डन माभुताले समान तीन विकेट हात पारेका थिए । यस्तै, जिम्बाब्वेले टस जितेर पहिले ब्याटिङ गर्दै ३ सय ४४ रन बनाउँदा सर्वाधिक छक्काको रेकर्ड पनि कायम गर्यो।

उसले यो रेकर्डपनि नेपालले नै बनाएको कीर्तिमान तोडेको हो। जिम्बाब्वेले यो इनिङमा २७ छक्का प्रहार गरेको थियो । यसअघि नेपालले २६ छक्काका साथ सर्वाधिक छक्काको कीर्तिमान बनाएको थियो ।

सिकन्दरले सर्वाधिक १५ छक्का प्रहार गरेका थिए। जिम्बाबेले यो खेल २९० रनले जितेको छ । ३४५ रनको लक्ष्य पछाएको गाम्बिया भने १४.४ ओभरमा केवल ५४ रन बनाएर अल आउट भएको थियो ।

जिम्बाब्वेले गाम्बियाविरुद्ध १२ दशमलव ५ ओभरमा २०० रन पुरा गरेको थियो । यो टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो २०० रन बनाउने टोली हो । यसअघि यो कीर्तिमान दक्षिण अफ्रिकाको नाममा थियो जसले १३.५ ओभरमा यो रन जाडेको थियो ।

जिम्बाब्वेले गाम्बियालाई २९० रनले जित्यो, यो टी–२० क्रिकेट इतिहासमा सबैभन्दा ठूलो जित हो ।

Tags: #जिम्बावेले तोड्यो नेपालको रेकर्ड#नेपालको क्रिकेट इतिहास

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.