×

NEPAL TIMES UPDATES

Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026

रास्वपाको पोखरा आन्दोलन आजैदेखि सकिने,अब के गर्छ रास्वपा ?

८ कार्तिक २०८१

८ कार्तिक , काठमाण्डौ ।

सहकारीको रकम अपचलन र संगठित अपराध अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेश गरिँदैछ । अझै हिरासतमा राखेर अनुसन्धान गर्नलाई प्रहरीले म्याद थप्न अदालत पेश गर्न लागेको हो ।

कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको समय पूरा भएकोले पुनः म्याद थपको लागि आज अदालतमा उपस्थित गराइने भएको हो । अदालतमा रविको तर्फका वकिल र पीडिततर्फको वकिलले बहस गरेपछि म्याद थप हुने नहुने इजालसले तय गर्नेछ ।

शुक्रबार काठमाडौँबाट पक्राउ परेका पुर्वगृहमन्त्री लामिछानेलाई शनिबार बिहान कास्की लगिएको थियो । आइतबार जिल्ला अदालत पेश गरेकोमा ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो ।जिल्ला सरकारी वकिलको रोहबरमा रविको बयान लिने कामसमेत भैरहेको छ ।

रविसँगै गोर्खा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ । रुपन्देहीको सुप्रिम सहकारीको रकम पनि गोर्खा मिडियामार्फत अपचलन भएको भन्दै जोशीलाई रुपन्देहीमा बयान गराएर बुधबारमात्र पोखरा लगिएको छ ।

गोर्खा मिडियाकै मुद्दा भएकाले मिलान गरी आज एकसाथ उनीहरुलाई अदालतमा उपस्थित गराउन लागिएको हो । उता रास्वपाको विरोध प्रर्दशन भने आज पनि पोखरामा जारी छ । सरकारले राजनीतिक प्रतिशोधको साँधेर रविलाई पक्राउ गरेको आरोप रास्वपाले फेरि दोहोर्याएको छ । आज बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै वाग्लेले भने, ‘मानमर्दन गर्ने, अपमान गर्ने जुन शैलीमा सरकार प्रस्तुत भएको छ यसको एउटै मक्सद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ ।’ उनले थपे, ‘यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भनिन्छ । र, त्यो राजनीतिक प्रतिशोध नै साँधेको हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको दाबीलाई हिजोको पछिल्लो वस्तुस्थितिलाई पुष्टि गरेको छ ।’

उनले भने, ‘राजनीतिक प्रतिसोध नै साँधिएको थियो भन्ने दाबी थियो हिजो साँझबाट त्यसको पुष्टि भएको छ । शुक्रवार दिउँसो पक्राउ गरियो । हिजो साँझ १०–११ बजेसम्मको हिसाब गर्दा १२५ घण्टा हिरासतमा राखिएको रहेछ । त्यो समयमा ४–५ घण्टा मात्रै बयान लिइएको छ । आलटाल गर्ने । के उहाँलाई दालभात खुवाउन ल्याएको हो ? के सोध्ने भनेर तयारी नगरी हिरासतमा किन राखियो भन्दै उनले आक्रोश पनि पोखे ।

उनले भने, ‘तयारी थिएन पहिला ? के सोध्ने भन्ने थाहा छैन ? पहिला थुन्ने अनि सोध्न थाल्ने ? यो मानमर्दन गर्ने शैली सरकारको तेरो सेखी झार्छु देखाइदिन्छु भन्ने शैलीमा सरकार छ । यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भन्छन् ।’

पूर्व गृहमन्त्री रवि लामिछाने कास्की प्रहरी हिरासतमा पनि निकै छटपटीमा रहेको उनलाई भेटेकाहरुले बताएका छन् । उनमा यसपटक लामै समय हिरासत बस्नुपर्ने, नभए पुर्पक्षका लागि कारागार नै पठाउने हो कि भन्ने भय पनि देखिएको उनलाई भेटेकाहरु बताउँछन् ।

आफूलाई भेट्न आएका रास्वपाकै नेताहरुसँग पनि रविले आफूलाई हिरासतमै राख्नका लागि फेरि म्याद थप्ने गरी बयान लिइएको बताएका छन् । प्रहरीले बयान लागि बोलाएर २÷३ वटामात्रै प्रश्न सोध्ने र ती सबै पहिले नै जवाफ दिइसकेको प्रश्न रहेको रविले आफ्ना नेता तथा कानुनी प्रतिनिधिहरुलाई बताएका छन् ।

रविलाई प्रहरी हिरासत भवनको माथिल्लो तलामा अलग्गै राखिएको छ । प्रहरीले बयान कक्षमा बोलाएर ३ वटामात्रै प्रश्न सोधेर सकियो भनेपछि रविले आपत्ति जनाएको प्रहरी स्रोतको भनाइ छ। यस्तै एउटै प्रकृतिको कसुरमा गत असोज ६ गते पक्राउ परेका छविलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि बयान गराएर बुधबारमात्र पोखरा ल्याइएको छ ।

रविलाई पनि पोखरामा अनुसन्धानका लागि थप म्याद लिएर बयानका लागि रुपन्देही पठाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ । रविको मंगलबार सरकारी वकिलको कार्यालयमा बयान भएको थियो भने बुधबार जिल्ला प्रहरी कार्यालयमै बयान लिइएको छ ।

तर, कुनै पनि प्रश्नको तयारी नगरी बयानका लागि बोलाउने र अलमल्याउने काम भइरहेको रास्वपाका कार्यवाहक प्रवक्ता तथा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । यसैबीच रास्वपाले पोखरा केन्द्रित आन्दोलन आजैदेखि टुंग्याउने बताएको छ ।

पत्रकार सम्मेलनमार्फत रास्वपाले पोखरा केन्द्रित आन्दोलन आजैदेखि टुंग्याउने तयारी गरेको जनाएको हो । पोखरामा स्थानीयको उल्लेख्य साथ नपाएको रास्वपाले आजैदेखि आन्दोलन स्थगित गरेर काठमाडौं केन्द्रित गर्ने जनाएको हो ।

गितेन्द्रबाबु राई नेतृत्वको गोर्खा मिडियाले त्यही समूहले देशका विभिन्न ठाउँमा खोलेको सहकारीमा ६५ करोड रुपैयाँभन्दा धेरै अपचलन गरेर गोर्खा मिडियामा लगेको र त्यो रकम रविले खर्च गरेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

समितिले रवि, छवि र गोर्खा मिडियाकै सञ्चालक तथा सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पनि कारबाहीका लागि सिफारिस गरेको छ । रम्तेल पुर्पक्षका लागि कास्की कारागारमै छन् । जीबी भने मलेसियामा रहेको भनिएपनि नेपाल प्रहरीले इनटरपोलको सहायता लिएपनि अझैसम्म पक्राउ गर्न सकेको छ्रैन् ।

सूर्यदर्शनको रकम सिधै रविले खर्च गरेको नदेखिए पनि गोर्खा मिडियामार्फत अपचलन गर्न उनको संलग्नता रहेको भन्दै सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग लगाएको छ । सहकारी ठगीमात्र नभएर संगठित अपराधमै मुद्धामा थप अनुसनधानका लागि थपिएको म्याद अनुसन्धान नै नगरी सकाएर फेरि म्याद थप्ने तयारी गरिएको रविले जानकारी गराएका छन् ।

जसरी पनि रविलाई हिरासतमै राख्ने नियत सरकारको देखिएको भन्दै अब रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताएको छ । यसअघि सत्तारुढ दलको बैठकले भने रास्वपाको आन्दोलनलाई सरकार र न्यायालयमाथि दबाबका लागि सडकमा भिड जम्मा गरिएको आरोप लगाएको थियो ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top