रवि र छविलाई ७ दिन म्याद थप, रास्वपा झन उग्र बन्ने

७ कात्तिक ८१, बिहीबार

८ कार्तिक , काठमाण्डौ।

सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो । पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

अदालतले प्रहरीलाई अनुसन्धानका लागि भने पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो । आज सोही प्रकरणमा प्रकाउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा आज उपस्थित गराइएको थियो।

६ असोजमा पक्राउ परेका उनी प्रहरी हिरासतमै छन् । गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डीआईजी छविलालको गत असोज १७ गतेबाट लागू हुने गरी २० दिनको म्याद थप भएको थियो । कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागू हुने गरी ६ दिनको म्याद थप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी सहित १८ व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो ।

यही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई भने फरार छन् । गोर्खा मिडिया मार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छवि विरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोध भनेको छ र सिंगो पार्टी पंक्ति पोखरा उतारेर विरोध प्रदर्शन गरिरहेको छ । रास्वपाले आज पनि रत्नचोक नजिकैको वाई चोकमा कार्यकर्तालाई प्रदर्शनका लागि उपस्थित हुन आह्वान गरेको छ ।

जिल्ला अदालत, जिल्ला प्रशासन लगायत सरकारी कार्यालयहरु रहेको शहीद चोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएपछि सोही चोक छिर्ने अर्को चोकमा रास्वपाले प्रदर्शन गरिरहेको छ ।

रास्वपाले भने रविलाई हिरासत लम्ब्याउने गरी बयानमा अलमल गरिएको भन्दै सरकारले राजनीतिक प्रतिशोध साँधेको पुष्टि भइसकेको आरोप लगाएको छ । रवि पक्राउ परेयता रास्वपाले पोखरामा प्रर्दशन गरिरहेको छ ।

अब रविको न्यायका लागि भन्दै रास्वपाले काठमाडौ केन्द्रित आन्दोलन गर्ने बताइसकेको छ । रास्वपाले आज अन्तिम दिन पोखरामा प्रर्दशन गरेको छ । आज बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै वाग्लेले भने, ‘मानमर्दन गर्ने, अपमान गर्ने जुन शैलीमा सरकार प्रस्तुत भएको छ यसको एउटै मक्सद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ ।’

उनले थपे, ‘यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भनिन्छ । र, त्यो राजनीतिक प्रतिशोध नै साँधेको हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको दाबीलाई हिजोको पछिल्लो वस्तुस्थितिलाई पुष्टि गरेको छ ।’

उनले भने, ‘राजनीतिक प्रतिसोध नै साँधिएको थियो भन्ने दाबी थियो हिजो साँझबाट त्यसको पुष्टि भएको छ । शुक्रवार दिउँसो पक्राउ गरियो । हिजो साँझ १०–११ बजेसम्मको हिसाब गर्दा १२५ घण्टा हिरासतमा राखिएको रहेछ । त्यो समयमा ४–५ घण्टा मात्रै बयान लिइएको छ । आलटाल गर्ने । के उहाँलाई दालभात खुवाउन ल्याएको हो ?

के सोध्ने भनेर तयारी नगरी हिरासतमा किन राखियो भन्दै उनले आक्रोश पनि पोखे । उनले भने, ‘तयारी थिएन पहिला ? के सोध्ने भन्ने थाहा छैन ? पहिला थुन्ने अनि सोध्न थाल्ने ? यो मानमर्दन गर्ने शैली सरकारको तेरो सेखी झार्छु देखाइदिन्छु भन्ने शैलीमा सरकार छ । यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भन्छन् ।’

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top