×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

‘१२ गाउँ’ २२ करोड माथि, अब हलमा एमआरपीमै पानी र खाद्यान्न

८ कार्तिक २०८१

८ कार्तिक , काठमाण्डौ।

४ करोडको बजेटमा बनेको विराज भट्टको चलचित्र ‘१२ गाउँ’ले आक्रमक ब्यापार गरेको छ । दशैँको फूलपातीका दिन असोज २४ गते बिहीबारदेखिरिलिज भएको चलचित्र तेस्रो हप्तामा प्रवेश गर्दा समेत अझै कतिपय हलमा हाउसफुल चलिरहेको चलचित्रका वितरक गोविन्द शाहीले बताएका छन् ।

Advertisement
Advertisement

दशैमा एकैसाथ प्रर्दशनमा आएका ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’मा अहिले ब्यापारका हिसाबमा ‘१२ गाउँ’ले सबैलाई उछिनेको छ । सुरुमा हलहरूमा छक्कापञ्जाले सबैभन्दा बढी शो पाएपनि दोस्रो हप्तामा पुग्दै ‘१२ गाउँ’ अघि बढेको थियो ।

आजबाट तीनवटै फिल्महरू तेस्रो हप्तामा प्रवेश गरेका छन् । दर्शको उपस्थितीले शो समेत अहिले सबैभन्दा बढी पाएको ‘१२ गाउँ’ ‘छक्कापञ्जा’ भन्दा शो संख्या र कलेक्सन दुवैमा निकै अगाडि पुगेको छ ।

रिलिज अगाडि नै ओभरसिज राइट्स बिक्री गरेर लगानी उठाइसकेको छक्कापञ्जा १५ करोड नजिकको व्यापारमा रहेको यसका निर्माता दीपकराज गिरीले बताएका छन् । ज्वाइँ साब’ले समेत लगानी उठाइसकेको यसको निर्माण पक्षले जनाएको छ ।

दोस्रो हप्तामा यो चलचित्रले पाएका शोहरुमा हाउसफुल देखिएको थियो । दोस्रो हप्तामै यसले ४ करोडको व्यापार गरिसकेको निर्माण पक्षको दाबी छ । यता १२ गाउँका वितरक गोविन्द शाहीले भने हिजोसम्मको रिपोर्टअनुसार अनुमानित २२ करोड रूपैयाँ ग्रस कलेक्सन भइसकेको बताएका छन् ।

पहिलो साताभन्दा दोस्रो सातामा शो धेरै थपिएकाले कमाइ पनि ह्वात्तै बढेको उनले बताएका छन् । उनले यही रफ्तारमा जाँदा शनिबारसम्म यो चलचित्रले लाइफटाइम सर्वाधिक कलेक्सन गर्ने नेपाली चलचित्रको कीर्तिमान राख्ने अनुमान गरेका छन् ।

यसअघि ‘जारी’ ले अहिलेसम्मकै सर्वाधिक २५ करोडको व्यापार गरेको थियो । युट्युवमा आइसकेको यो चलचित्रले त्याहा समेत राम्रो दर्शक पाएको छ । यो चलचित्र अहिलेसम्म १ करोड भन्दा बढी पटक हेरिएको छ ।

नेपालमा टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत हलले र बाँकी ५० प्रतिशत निर्माताले पाउने व्यवस्था छ । मिन भाम निर्देशित चलचित्र ‘शाम्बाला’ भने नेपालमा हालसम्मकै मंहगो चलचित्र हो ।

निर्माणपक्षका अनुसार यो चलचित्र निर्माणका लागि १४ करोड २१ लाख २० हजार रुपैयाँ बजेट लागेको छ । निर्देशक मिन भामले यो चलचित्र निर्माणको बजेट १४ करोड २१ लाख उल्लेख गरेपनि करिब १५ करोड रुपैयाँ लागेको बताएका छन् ।

आधा दर्जन अन्तराष्ट्रिय चलचित्र महोत्सबमा उत्कृष्ट अवार्ड जितेको नेपाली चलचित्र शाम्बाला नेपालबाट हलिउडको ओष्कार अवार्डको लागि समेत चयन भएको छ । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा शाम्बालालाई छनोट गरिएको हो ।

यसैबीच फिल्म हलको परिषरभित्र खाद्य तथा पेय पदार्थलाई अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै शिलबन्दी गरिएका खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा बिक्री गर्न अनुरोध गरेको हो।

बढी मूल्य लिएको पाइएमा प्रचलित कानुन अनुसार कारवाही हुने चेतावनी विभागले दिएको छ। विभागले यही कात्तिक ५ गते नेपाल चलचित्र संघका पदाधिकारीसँग बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने र उपभोक्ताको हक अधिकार संरक्षण गर्ने विषयमा छलफल गरेको थियो ।

Advertisement

‘‘छलफल र अन्तरक्रियापश्चात् चलचित्र हलको परिसरभित्र प्रशोधित पिउने पानीको बिक्री–वितरण एमआरपी अर्थात् अधिकतम खुद्रा बिक्री मूल्यमा उपलब्ध गराउने सहमति भएबमोजिम अबउप्रान्त कुनै पनि चलचित्र हलको परिसरभित्र कुनै पनि व्यवसायीले सिलबन्दी गरिएका खाद्य तथा पेयपदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा बिक्री गर्नुहुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top