माल्दिभ्सको पोस्टमा भुटानको १३ गोल

७ कात्तिक ८१, बिहीबार

८ कार्तिक , काठमाण्डौ ।
साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले माल्दिभ्सविरुद्ध १३–० को जित निकालेको छ । यस जितसँगै भुटान लगातार दोस्रो संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ ।

पहिलो हाफको खेल सकिँदा भुटान ६–० ले अघि थियो । भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । पेमा छोदेन र डेकी याङदोनले २–२ तथा नाम्ग्याल डेमा, डेकी याङदोन, छिरिङ ल्हादेन र सोनाम छोदेनले १–१ गोल गरे ।

यस नतिजासँगै भुटान ३ खेलमा ७ अंकको जोडेर शीर्षस्थानमा उक्लिएको छ । भुटानको गोल अन्तर +१६ भएको छ । नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छ ।

Advertisement

अब नेपालले समूह विजेता बन्न श्रीलंकालाई कम्तीमा ५ गोलको अन्तरले हराउनु पर्नेछ । नेपालले कम्तीमा ६ गोल गर्नुपर्नेछ । खेलको तेस्रो मिनेटमै भुटानले पेनाल्टी पाएको थियो ।

सोनाम छोदेनको पेनाल्टी प्रहार गोलरक्षक अमिनाथ लिजाले बचाइन् । तर त्यसको २ मिनेटमै सोनामले गोल गरिन् । लगत्तै पेमा छोदेनले क्लियर हुन नसकेको बलमा अर्को गोल गरिन् ।

नेपालले ५ः३० बजे श्रीलंकासँग खेल्दैछ । पछिल्लो खेलमा नेपालले माल्दिभ्सलाई ११–० तथा भुटानले श्रीलंकालाई ४–१ ले हराएको थियो । नेपाल र श्रीलंकाबीचको खेलपछि च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा हुनेछ ।

समूह बी को विजेताले समूह ए को उपविजेता भारतसँग खेल्नेछ । समूह उपविजेता टोलीले भने समूह ए को विजेता टोली बंगलादेशसँग सेमिफाइनलमा खेल्नेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top