×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साफमा भारतसँग बदला लिने नेपाललाई अवसर

९ कार्तिक २०८१

९ कार्तिक ,काठमाण्डौ।

पटक–पटक उपाधि यात्रामा बाधक बनेको भारतसँग नेपालले महिला साफ च्याम्पियनसिपको फाइनल पुग्न भिड्नुपर्ने भएको छ । बिहीबार पूरा भएको सेमिफाइनल समीकरणअनुसार नेपालले भारतसँग अनि साविक विजेता बंगलादेशले भुटानसँग खेल्ने छ ।

Advertisement
Advertisement

समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले श्रीलंकाविरुद्ध ६–० को जित निकालेर समूह ‘बी’ को विजेताका रूपमा अन्तिम चारमा स्थान पक्का गरेको थियो । बिहीबार सात हजार घरेलु समर्थकमाझ नेपाललाई जित दिलाउन रेखा पौडेलले दुई गोल गर्दा सावित्रा भण्डारी, अमिषा कार्की, रश्मीकुमारी र सविता रानामगरले समान एक गोल थपे।

उक्त खेलमा समूह विजेता बन्न नेपाललाई ६–० ले जित्नै पर्ने दबाब थियो । एकै समूहमा रहेको भुटानले दिनको पहिलो खेलमा माल्दिभ्सविरुद्ध १३–० को जित निकालेसँगै नेपाललाई यो दबाब थपिएको थियो ।

तर, समीकरणअनुरुपको जित निकालेसँगै भुटानलाई गोलआधारमा पछि पार्दै नेपाल समूह विजेता बन्यो । यो समूहमा नेपाल र भुटान अन्तिम चारमा पुग्दा श्रीलंका तेस्रो स्थानमा रहँदै र माल्दिभ्स पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिए ।

प्रतियोगितामा माल्दिभ्स गोल नगर्ने एकमात्र टिम बन्यो । यता, समूह ‘ए’ बाट बंगलादेशले शीर्ष स्थानमा हात पा¥यो । समूहको आफ्नो अन्तिम खेलमा भारतविरुद्ध ३–१ को जित निकाल्दै बंगलादेश समूह विजेता बनेको हो ।

भारत समूह उपविजेता बन्यो । यसै समूहको पाकिस्तान भने एक अंक जोड्दै बाहिरिएको छ । पाकिस्तानले समूह चरणको खेलमा साविक विजेता बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै सनसनी मच्चाएको थियो ।

अब, नेपालले आइतबार साँझ ६ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग फाइनल प्रवेशका लागि भिडन्त गर्ने छ । साफकै सबैभन्दा सफल टिम भारतलाई हराउँदै उपाधिनजिक पुग्ने योजनामा हुनेछ, घरेलु टोली नेपाल ।

भारतले साफका पछिल्ला ६ मध्ये पाँच संस्करणको उपाधि जितेको छ । नेपालले साफका पाँच फाइनलमा बेहोरेको हारमध्ये चारमा भारत नै बाधक बनेको थियो । साफ महिला च्याम्पियनसिपमा नेपाल भारतपछिको दोस्रो सफल टिम हो ।

नेपालले चार पटक फाइनल खेल खेलेको भए पनि उपाधि भने जित्न सकेको छैन । बंगलादेशमा भएको पहिलो संस्करणमा भारतले नेपाललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो भने श्रीलंकामा भएको दोस्रो संस्करणमा भारतले नेपाललाई ३–१ गोलले हराएको थियो ।

पाकिस्तानमा भएको तेस्रो संस्करणको उपाधि भिडन्तमा नेपालले भारतसँग ६–० गोलको लज्जास्पद हार बेहोरेको थियो । चौथो संस्करण भारतमा भएको थियो, जहाँ नेपाल सेमिफाइनलसम्म पनि पुग्न पाएन ।

त्यसबेला घरेलु टोलीले बंगलादेशलाई ३–१ गोलले हराउँदै उपाधि घरमै राख्यो । पाँचौं संस्करणयता महिला साफ नेपालमै हुँदै आइरहेको छ । सन् २०१९ मा भएको पाँचौं संस्करणमा आयोजक नेपाललाई ३–१ गोलले हराउँदै भारतले उपाधि छिन्यो ।

अघिल्लो संस्करणमा भने घरेलु टिम नेपाल बंगलादेशसँग ३–१ गोलले नै हा¥यो । अब, यसपालि भने नेपालले उपाधि घरमै राख्ने योजना बनाएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानविरुद्ध खेल्नेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलको रुपमा रहेको यो खेल सोही दिन दिउँसो १ः३० बजेदेखि सुरु हुनेछ ।प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका सातवटै देशले सहभागिता जनाएका थिए ।

Advertisement

नेपालमा लगातार तेस्रोपटक महिला साफ च्याम्पियनसिपको आयोजना हुँदै छ । यसअघि सन् २०१९ र २०२२ मा नेपालमै साफ आयोजना भएको थियो । सन् २०१० देखि प्रत्येक दुई–दुई वर्षमा साफ च्याम्पियनसिप हुँदै आएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top