NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

भारतको ओडिशामा शक्तिशाली आँधी, ५ लाख मानिस विस्थापित

शुक्रबार कार्तिक ९ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
अमेरिकामा आँधीले बबण्डर, २२ जनाको मृत्यु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ कार्तिक ,एजेन्सी ।

देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। यसका अतिरिक्त कोशी प्रदेशमा बंगालको खाडीमा विकसित दाना चक्रवातको आंशिक प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

कोशी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ। देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

Advertisement

शुक्रबार दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशलगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद् धर्मराज उपे्रतीले समेत भारतमा आएको चक्रवातपछिको वर्षाको असर नेपालको पुर्व क्षेत्रमा पर्ने भन्दै दुई दिन वर्षाको संभावना रहेको बताएका छन् । उता भारतको ओडिशा राज्यको तटीय क्षेत्र नजिक चक्रवात ‘दाना’ पुगेको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो प्रक्रिया शुक्रबार बिहानसम्म जारी रहने छ। ओडिशाको झण्डै आधा जनसङ्ख्या यस चक्रवाती आँधीबाट प्रभावित हुने सम्भावना छ।

आईएमडीका एक वरिष्ठ अधिकारीका अनुसार आँधी ‘दाना’ पछिल्लो छ घण्टामा सुरुवातमा पन्ध्र किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–उत्तरपश्चिममा सरेको थियो । त्यसपछि केन्द्रपारा जिल्लाको भिटकर्णिका र भद्रक जिल्लाको धामराको बिचमा पुग्यो।

यस अवधिमा हावाको गति करिब ११० किलोमिटर प्रतिघण्टा पुगिसकेको थियो।’ ‘दाना’ आँधीको प्रभाव ओडिशामा मात्र नभई पश्चिम बंगालमा पनि देखिएको छ । यस आँधीका कारण पश्चिम बंगालको तटीय क्षेत्रमा तीव्र हावा चलिरहेको छ र लगातार पानी परिरहेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार चक्रवाती आँधी ‘दाना’ लाई ध्यानमा राख्दै भारतीय नौसेनाले पनि सहायता र उद्धार कार्यको तयारी सुरु गरेको छ । ओडिशाका मुख्यमन्त्री मोहन माझीका अनुसार चक्रवात ‘दाना’का कारण राज्यका कुल ५ लाख ८४ हजर ८८८ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

शुक्रबारसम्म यो सङ्ख्या ६ लाखभन्दा बढी पुग्न सक्छ । ओडिशा सरकारले चक्रवात प्रभावित क्षेत्रहरूबाट विस्थापित मानिसहरूलाई राख्न ७ हजार २०० चक्रवात केन्द्रहरू सिर्जना गरेको छ।

चक्रवाती आँधी ‘दाना’ का कारण पश्चिम बंगाल र ओडिशा दुबैमा यातायात नराम्ररी प्रभावित भएको छ । हवाई, रेल र सडक तीनवटै प्रकारका यातायात सेवा प्रभावित भएका छन् ।

भुवनेश्वरको बिजु पटनायक विमानस्थल र कोलकाताको सुभाषचन्द्र बोस विमानस्थलमा पनि उडान प्रभावित भएको छ । यसका साथै दुवै प्रदेशका बसपार्कको सवारी आवागमन पनि प्रभावित वा बन्द भएको छ ।

चक्रवात ‘दाना’का कारण ओडिशामा लगातार वर्षा भइरहेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले ओडिशाका १६ जिल्लामा लगातारको वर्षाका कारण अचानक बाढी आउन सक्ने आशंका व्यक्त गरेको छ ।

यसबाहेक लगातारको वर्षाका कारण राज्यका धेरै ठाउँमा रुखहरू ढलेर सडकमा खसेका छन् । जसका कारण जनताले धेरै समस्या भोग्नु परेको छ । भारतीय रेलवेले यस क्षेत्रमा चल्ने करिब १५० रेलहरू रद्द गरेको छ। दुवै राज्यका प्रमुख स्टेसनहरूमा यात्रुहरूको भीड देख्न सकिन्छ।

Tags: #‘दाना’ आँधीको प्रभाव नेपालमा#जल तथा मौसम विज्ञान विभाग

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.