Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 भारतविरुद्ध नेपालः नेपाललाई छैन् हार्ने छुटः जित कसको ? - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный मङ्लबार माघ ६ , २०८२
Bingo Club 37 игра онлайновый в Лотоклуб मङ्लबार माघ ६ , २०८२
Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами मङ्लबार माघ ६ , २०८२
Игра Авиаклуб Loto Club регистрация loto 37 सोमवार माघ ५ , २०८२
Loto Club Игра Аэроклуб, бинго-аэроклуб во городе Актау возьмите inaktau kz आइतवार माघ ४ , २०८२
Next
Prev

समाचार

भारतविरुद्ध नेपालः नेपाललाई छैन् हार्ने छुटः जित कसको ?

आइतवार कार्तिक ११ , २०८१
Reading Time: 1 min read
A A
भारतविरुद्ध नेपालः नेपाललाई छैन् हार्ने छुटः जित कसको ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ कार्तिक , काठमाण्डौ।

काठमाडौंमा जारी सातौं संस्करणको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा घरेलु टोली नेपालले आज पाँच पटकको विजेता भारतसँग खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने सपना पूरा गर्न नेपाललाई आज भारतविरुद्धको खेल हार्ने छुट छैन ।घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेको हो ।

LS Auto

पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो । जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसपछि नेपालले भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएको छ ।

पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन । समग्रमा भने नेपालमाथि भारत हाबी छ । यी दुईबिच भएका कुल १७ भिडन्तमा भारतले ११ र नेपालले दुई खेलमा जित हात पारेका छन् ।

साफमै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । तर विगतमा दक्षिण एसियाली महिला फुटबलमा एकछत्र राज गरेको भारतको चमक अहिले कम भइसकेको छ ।

यस प्रतियोगिताको समूह चरणमा पनि बंगलादेशसँग ३–१ ले हारेर भारतले समूह ‘ए’ उपविजेतामा चित्त बुझाएको थियो । जसको फाइदा नेपाललाई सेमिफाइनलमा हुन सक्छ । नेपाल सात हजार घरेलु दर्शकको ऊर्जा र मैदानको फाइदामा खेल्दै छ ।

पछिल्ला दुई खेलमा १७ गोल गरेपछि नेपाली स्ट्राइकरहरू अहिले उच्च मनोबलमा छन् । पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाल बाँकीका दुई खेलमा तुलनात्मक रूपमा कमजोर मानिएका माल्दिभ्सलाई ११–० र श्रीलंकालाई ६–० ले हराएर समूह ‘बी’ विजेता बनेको हो ।

त्यसैले यस प्रतियोगितामा नेपालको वास्तविक परीक्षा भारतविरुद्ध नै हुने छ । नेपाली फुटबल टिम भारतविरुद्ध खेल्दा सधैँ अतिरिक्त प्रयास लगाउने गर्दछ । नेपाली फुटबल समर्थक पनि आफ्नो टिमले सधैँ भारतविरुद्ध जितेको हेर्न चाहन्छ ।

यही प्रेरणाले नेपालले भारतविरुद्ध खेल्ने पक्का छ । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई पहिलो रोजाइका दुई खेलाडी हिराकुमारी भुजेल र दीपा शाही नहुँदा रणनीति बनाउन केही कठिन हुन सक्छ ।

भुटानविरुद्धकै पहिलो खेलमा घाइते हुँदा यी दुवै खेलाडी प्रतियोगिताबाट बाहिरिएका थिए । ‘राइट ब्याक’ पूजा राना पनि चोटकै कारण पहिलो खेल खेलेपछि मैदानमा उत्रिएकी छैनन् ।

नेपालको प्रमुख शक्ति भनेको दक्षिण एसियाकै सर्वश्रेष्ठ महिला फुटबल सावित्रा भण्डारीको उपस्थिति हो । पछिल्लो संस्करणमा नेपालले सावित्राबिना नै भारतलाई हराएको थियो ।

अहिले सावित्राको उपस्थितिमा नेपाली टिम उच्च मनोबलमा खेल्ने पक्का छ । सावित्रा ५३ अन्तर्राष्ट्रिय गोल गरिसकेकी स्ट्राइकर हुन् । अर्की स्ट्राइकर रेखा पौडेल पनि भारतविरुद्ध हेर्नलायक खेलाडीका रूपमा रहनुहुने छ ।

चालु प्रतियोगितामा रेखाले सर्वाधिक सात गोल गरेकी छन् । आबुधावीबाट उच्चस्तरको व्यावसायिक महिला लिगको अनुभवले आफू अझ खारिएकी प्रमाण रेखाले यस प्रतियोगितामा देखाइरहेकी छन् ।

उनले समूह चरणमा माल्दिभ्सविरुद्ध एक्लैले पाँच गोल गरिन् । यसअघि साफमा नेपालका लागि पाँच गोलको कोसेढुङ्गा सावित्राले मात्र हासिल गरेकी थिइन् । माल्दिभ्सविरुद्ध पाँच गोल गरेपछि श्रीलंकासँगको खेलमा पनि रेखाबाट दुई गोल आयो ।

भारतका प्रमुख प्रशिक्षक सन्तोष कश्यप पनि नेपाल बलियो टिम भएको बताउँछन् । दशरथ रङ्गशालामा नेपाललाई दर्शकको पनि अपार समर्थन हुने भएका कारण घरेलु टिमसँग खेल्नु चुनौती हुने उनको भनइ छ ।

आजको पहिलो सेमिफाइनलमा भने गत विजेता बंगलादेश र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ । सन् २०२२ को संस्करणमा पनि यही सेमिफाइनल समीकरण जुरेको थियो । त्यसमा बंगलादेशले भुटानमाथि ८–० को ठूलो अन्तरको जित रचेको थियो ।

दोस्रो सेमिफाइनलको निर्णय भने झिनो अन्तरले मात्र भएको थियो, त्यसमा नेपालले भारतलाई १–० ले हराएको थियो । रश्मिकुमारी घिसिङको त्यो प्रख्यात गोलको मदतमा नेपाल पहिलोपल्ट भारतविरुद्ध हाबी भएको थियो ।

यसपल्टको संस्करणमा उदीयमान टिम रहेको छ भुटान । पछिल्लो केही समयदेखि सबैले महसुस गरिरहेको थियो, भुटानी फुटबल स्तर उकालो चढ्दै छ । यो तथ्य महिला फुटबलमा पनि लागू हुन्छ ।

भुटान दुई वर्षअगाडि पहिलो पटक सेमिफाइनल पुगेको थियो । अहिले टोलीले त्यस्तै उपलब्धि दोहो¥याएको छ । लगभग मान्न सकिन्छ, यसपल्ट बंगलादेशले फेरि दोहो¥याएर त्यस्तो ठूलो अन्तरको जित भुटानविरुद्ध निकाल्न सक्दैन ।

बरू उल्टै संघर्ष गर्नुपर्ने हुनसक्छ । ‘भुटानी महिला फुटबल अहिले सही दिशातर्फ अग्रसर छ र हामीले सेमिफाइनलमा बलियो चुनौती पेस गर्नेछौं,’ भुटानी टिमका प्रशिक्षक निकोला डेमिन भन्छिन ।

बंगलादेशी प्रशिक्षक पिटर बटलर पनि मान्छन्, अब भुटान पहिले जस्तो रहेन, बलियो प्रतिद्वन्द्वी भएको छ । त्यसैले बटलरलाई पनि लागेको छ, खेल प्रतिस्पर्धात्मक हुनेछ । उनले भनेका छन्, ‘इतिहासमा के भएको छ, त्यसलाई मनमा राखेर खेल्नुहुन्न । हामी सेमिफाइनलमा राम्रो खेल्नेमा तत्पर छौं ।’

Tags: #साफ महिला च्याम्पियनसिप#नेपाल भर्सेस भारत#भुटान भर्सेस बंगलादेश

लोकप्रीय

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२

विचार

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Игра Авиаклуб Loto Club регистрация loto 37

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.