भारतविरुद्ध नेपालः नेपाललाई छैन् हार्ने छुटः जित कसको ?

१० कात्तिक ८१, आइतबार

११ कार्तिक , काठमाण्डौ।

काठमाडौंमा जारी सातौं संस्करणको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा घरेलु टोली नेपालले आज पाँच पटकको विजेता भारतसँग खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने सपना पूरा गर्न नेपाललाई आज भारतविरुद्धको खेल हार्ने छुट छैन ।घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेको हो ।

Advertisement

पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो । जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसपछि नेपालले भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएको छ ।

पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन । समग्रमा भने नेपालमाथि भारत हाबी छ । यी दुईबिच भएका कुल १७ भिडन्तमा भारतले ११ र नेपालले दुई खेलमा जित हात पारेका छन् ।

Advertisement

साफमै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । तर विगतमा दक्षिण एसियाली महिला फुटबलमा एकछत्र राज गरेको भारतको चमक अहिले कम भइसकेको छ ।

यस प्रतियोगिताको समूह चरणमा पनि बंगलादेशसँग ३–१ ले हारेर भारतले समूह ‘ए’ उपविजेतामा चित्त बुझाएको थियो । जसको फाइदा नेपाललाई सेमिफाइनलमा हुन सक्छ । नेपाल सात हजार घरेलु दर्शकको ऊर्जा र मैदानको फाइदामा खेल्दै छ ।

पछिल्ला दुई खेलमा १७ गोल गरेपछि नेपाली स्ट्राइकरहरू अहिले उच्च मनोबलमा छन् । पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाल बाँकीका दुई खेलमा तुलनात्मक रूपमा कमजोर मानिएका माल्दिभ्सलाई ११–० र श्रीलंकालाई ६–० ले हराएर समूह ‘बी’ विजेता बनेको हो ।

त्यसैले यस प्रतियोगितामा नेपालको वास्तविक परीक्षा भारतविरुद्ध नै हुने छ । नेपाली फुटबल टिम भारतविरुद्ध खेल्दा सधैँ अतिरिक्त प्रयास लगाउने गर्दछ । नेपाली फुटबल समर्थक पनि आफ्नो टिमले सधैँ भारतविरुद्ध जितेको हेर्न चाहन्छ ।

यही प्रेरणाले नेपालले भारतविरुद्ध खेल्ने पक्का छ । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई पहिलो रोजाइका दुई खेलाडी हिराकुमारी भुजेल र दीपा शाही नहुँदा रणनीति बनाउन केही कठिन हुन सक्छ ।

भुटानविरुद्धकै पहिलो खेलमा घाइते हुँदा यी दुवै खेलाडी प्रतियोगिताबाट बाहिरिएका थिए । ‘राइट ब्याक’ पूजा राना पनि चोटकै कारण पहिलो खेल खेलेपछि मैदानमा उत्रिएकी छैनन् ।

नेपालको प्रमुख शक्ति भनेको दक्षिण एसियाकै सर्वश्रेष्ठ महिला फुटबल सावित्रा भण्डारीको उपस्थिति हो । पछिल्लो संस्करणमा नेपालले सावित्राबिना नै भारतलाई हराएको थियो ।

अहिले सावित्राको उपस्थितिमा नेपाली टिम उच्च मनोबलमा खेल्ने पक्का छ । सावित्रा ५३ अन्तर्राष्ट्रिय गोल गरिसकेकी स्ट्राइकर हुन् । अर्की स्ट्राइकर रेखा पौडेल पनि भारतविरुद्ध हेर्नलायक खेलाडीका रूपमा रहनुहुने छ ।

चालु प्रतियोगितामा रेखाले सर्वाधिक सात गोल गरेकी छन् । आबुधावीबाट उच्चस्तरको व्यावसायिक महिला लिगको अनुभवले आफू अझ खारिएकी प्रमाण रेखाले यस प्रतियोगितामा देखाइरहेकी छन् ।

उनले समूह चरणमा माल्दिभ्सविरुद्ध एक्लैले पाँच गोल गरिन् । यसअघि साफमा नेपालका लागि पाँच गोलको कोसेढुङ्गा सावित्राले मात्र हासिल गरेकी थिइन् । माल्दिभ्सविरुद्ध पाँच गोल गरेपछि श्रीलंकासँगको खेलमा पनि रेखाबाट दुई गोल आयो ।

भारतका प्रमुख प्रशिक्षक सन्तोष कश्यप पनि नेपाल बलियो टिम भएको बताउँछन् । दशरथ रङ्गशालामा नेपाललाई दर्शकको पनि अपार समर्थन हुने भएका कारण घरेलु टिमसँग खेल्नु चुनौती हुने उनको भनइ छ ।

आजको पहिलो सेमिफाइनलमा भने गत विजेता बंगलादेश र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ । सन् २०२२ को संस्करणमा पनि यही सेमिफाइनल समीकरण जुरेको थियो । त्यसमा बंगलादेशले भुटानमाथि ८–० को ठूलो अन्तरको जित रचेको थियो ।

दोस्रो सेमिफाइनलको निर्णय भने झिनो अन्तरले मात्र भएको थियो, त्यसमा नेपालले भारतलाई १–० ले हराएको थियो । रश्मिकुमारी घिसिङको त्यो प्रख्यात गोलको मदतमा नेपाल पहिलोपल्ट भारतविरुद्ध हाबी भएको थियो ।

यसपल्टको संस्करणमा उदीयमान टिम रहेको छ भुटान । पछिल्लो केही समयदेखि सबैले महसुस गरिरहेको थियो, भुटानी फुटबल स्तर उकालो चढ्दै छ । यो तथ्य महिला फुटबलमा पनि लागू हुन्छ ।

भुटान दुई वर्षअगाडि पहिलो पटक सेमिफाइनल पुगेको थियो । अहिले टोलीले त्यस्तै उपलब्धि दोहो¥याएको छ । लगभग मान्न सकिन्छ, यसपल्ट बंगलादेशले फेरि दोहो¥याएर त्यस्तो ठूलो अन्तरको जित भुटानविरुद्ध निकाल्न सक्दैन ।

बरू उल्टै संघर्ष गर्नुपर्ने हुनसक्छ । ‘भुटानी महिला फुटबल अहिले सही दिशातर्फ अग्रसर छ र हामीले सेमिफाइनलमा बलियो चुनौती पेस गर्नेछौं,’ भुटानी टिमका प्रशिक्षक निकोला डेमिन भन्छिन ।

बंगलादेशी प्रशिक्षक पिटर बटलर पनि मान्छन्, अब भुटान पहिले जस्तो रहेन, बलियो प्रतिद्वन्द्वी भएको छ । त्यसैले बटलरलाई पनि लागेको छ, खेल प्रतिस्पर्धात्मक हुनेछ । उनले भनेका छन्, ‘इतिहासमा के भएको छ, त्यसलाई मनमा राखेर खेल्नुहुन्न । हामी सेमिफाइनलमा राम्रो खेल्नेमा तत्पर छौं ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top