NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık शनिबार पुस १२ , २०८२
Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

सरकारको सय दिन जनताका लागि असफल !

आइतवार कार्तिक ११ , २०८१
Reading Time: 1 min read
A A
सरकारले चुनावको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हिर्कायोः केपी शर्मा ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ कार्तिक ,काठमाण्डौ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान ७ दलीय गठबन्धन सरकारले समय दिन पूरा गरेको छ । सरकारले सय दिनमा गरेका कामका फेहरिस्त समेत सार्वजनिक गरिसकेको छ ।

स्वयम प्रधानमन्त्रीले सय दिने उपलब्धि सार्वजनिक गरेका छन् भने मन्त्रालय पिच्छे उपलब्धि सार्वजनिक गर्ने होड केही दिनसम्म चल्यो । सरकारमा सहभागि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत सरकारले गरेको कामबाट आफू सन्तुष्ट रहेको भन्दै सबैले राम्रो काम गरेको बताएका छन् ।

LS Auto

यति भनिरहदा २ वर्षपछि आफू प्रधानमन्त्री बन्ने कुरा पनि उनले स्मरण गराएका छन् । सय दिन पूरा भएकोमा बुधबार र शुक्रबार सत्तारुढ दलको बैठक समेत बस्यो बैठकले सरकारको हनिमुन पिरियड सफल भएको विज्ञप्ति नै जारी गर्याे । तर सरकारको यो सय दिनलाई जनताले भने सफल मानेका छैनन् ।

सत्तागठबन्धन दलका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकारको सय दिनको समीक्षा गरेका छन् । बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ ४ दलको बैठकले ७ बुँदे संयुक्त वक्तव् जारी गर्दै अहिलेसम्मका कामको समर्थन र आगामी दिनमा प्रभावकारी रूपमा काम गर्ने प्रतिवद्धता जनाएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

कांग्रेस–एमालेबीचको सात बुँदे सहमतिको जगमा सरकार बनेपछि मुलुकलाई आर्थिक संकटको अवस्थाबाट बाहिर निकाल्न, सुशासन र विकासको दिशामा अघि बढाउन महत्वपूर्ण कदम अघि बढाएको गठबन्धनको निष्कर्ष छ ।

सरकारलाई थप प्रभावकारी बनाउन दलहरूले साझा दृष्टिकोण सार्वजनिक गरेका छन् । यस्तै गृहमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन सफल भएको दाबी गरेका छन् ।

उनले सरकारले प्रभावकारी ढंगले अघि बढेको जिकिर गरेका छन् । उनले सरकार परिवर्तन हुँदैछ भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको बैठकले निष्कर्ष निकालेको उनले सुनाए ।

उनले सत्ता साझेदार दलहरुबीच ११÷१५दिनमा छलफल गरेर थप प्रभावकारी बनाउने सहमति भएको पनि बताए । ७ दलले भनेका छन् ,नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा भएको सात बुँदे सहमतिको जगमा नेपाली कांग्रेस, नेकपा (एमाले), जसपा, जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति समेतका पार्टीहरुको समर्थन र सहभागितामा वर्तमान सरकार सञ्चालित छ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वर्तमान सरकार गठनका समयमा मुलुक चरम आर्थिक संकटको अवस्थामा रहेको, उद्योगी–व्यवसायीहरुको मनोबल गिरेको, वैदेशिक रोजगारी र अध्ययनका नाममा ठूलो संख्यामा युवाहरु पलायन भइरहेको, बजेटको अभावमा राज्यबाट संचालित विकासका आयोजनाहरुको भुक्तानी हुन नसक्दा विकास र निर्माणको काम अवरुद्ध रहेको स्थिति थियो।

यस्तो अवस्थामा संवैधानिक, कानुनी र संरचनागत सुधार समेतका माध्यमबाट राजनीतिक स्थायित्वको आधार तयार गरी मुलुकको लोकतान्त्रिक भविष्यलाई सुदृढ गर्दै सुशासन, विकास र समृद्धिको दिशामा अघि बढ्ने संकल्पका साथ गठन भएको वर्तमान सरकारले सय दिन पूरा गरेको छ।

सय दिनमा सत्तारूढ दलले सरकार सफल भएको निष्कर्ष निकाल्दा विपक्षीले सरकार असफल भएको बताइरहेका छन् । त्यसो त यसबीचमा ओली सरकारमाथि अनेकन् प्रश्न उठेकै हुन् ।

खासगरी असोज १० देखि १२ को प्राकृतिक विपद्को पूर्वतयारी, मुलुकमा बढेको सार्वजनिक ऋण र समग्रतामा सुशासनको सन्दर्भमा ओली सरकारमाथि धेरै प्रश्न उठे । दल विभाजनसम्बन्धी अध्यादेशसम्म आइपुग्दा सरकारको आलोचना झनै बढेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ता पनि वर्तमान सरकारसँग निकै रुष्ट रहेको पाइएको छ । उनीहरूले सरकारको कामप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । नेपाल टाइम्सले आफ्नो युट्युब च्यानलमा भोटिङ पोल राखेको थियो ।

जसमा राखिएको प्रश्न थियो— प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिनको काम कस्तो लाग्यो ? यो प्रश्नमा चार वटा विकल्प थिए । उत्कृष्ट ,ठीकठीकै, खराब , पदमात्रै ओगट्ने काम ।

जसमा ७६ प्रतिशतले सरकारको सय दिनलाई पदमात्रै ओगट्ने काम भनेका छन् । । यस्तै १२ प्रतिशतले खराब उत्कृष्टमा ७ र ठीकठीकैमा ५ प्रतिशतले औसतमा भोटिङ गरेका छन् ।

यसमा सामाजिक संजाल प्रयोगकर्ताहरुले विभिन्नखाले टिप्पणी समेत गरिरहेका छन् ।सूर्य दियालीले भ्रष्टचारी मात्रै जोगाएको बताएका छन् । यस्तै अर्का प्रयोगकर्ता दिपेन्द्र भट्टराईले लेखेका छन्, कहिले पो देश र जनताको हकहितमा काम गरेका छन् र पार्टी र आफ्नो सत्ता जोगाउन कै लागि गरे जे पनि ।

यस्तै विष्णु पुरीले लेखेका छन्, सही हो गिरिबन्धु बेचैन शरणार्थी र टीकापुर अघिबड्ने वाला थियो तर अहिले सबै सामसुम । प्रतिक्रियामा केहीले प्रधानमन्त्री ओलीमाथि पनि प्रश्न उठाएका छन् ।

असार ३१ गते गठन हुँदै गर्दा यो सरकारले संविधान संशोधनको विषयलाई मुख्य कार्यक्रम बनाएको थियो तर, यहाँसम्म आउँदा संविधान संशोधनको विषय वहसमा समेत आउन सकेको छैन् ।सरकार गठन हुँदा प्रतिपक्षमा रहेका दलहरुले भने झै यो सरकार गठनका लागि देखाउने बहाना मात्रै बनेको छ ।

१०० दिनसम्म ‘हनीमुन पिरियड’ भनेर चुप बसेकाहरू पनि अब सरकारमाथि खनिन थालेका छन् । रास्वपामा सडकमै छ भने माओवादीले समेत शनिबार देखि सडकमा दबाब अभियान सुरु गरिसकेको छ ।

सभाबाटै सरकारलाई माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेतावनी दिँदै अब पनि नसच्चिए माओवादीले अर्को कदम चाल्छ भन्दै प्रचण्ड नेतृत्वको सरकारले फाइल खोल्न थालेपछि निद हराम भएकाहरुले अहिले भ्रष्टाचारविरोधी अभियान रोकेको आरोप लगाएका छन् ।

यस्तै प्रचण्डले माओवादी सभाको सन्देशलाई गम्भीरतापूर्वक नलिए भोलि जे पनि हुनसक्ने चेतावनी दिएका छन् । प्रतिपक्षको त धर्म नै हो सरकारको आलोचना गर्नु , यसैले उनीहरुले गर्ने आलोचना नयाँ होइन ।

तर जनताले समेत सरकारको सय दिनको कामलाई सन्तोषजनक मत दिएका छैनन् । त्यसैले सरकारले आफूले उत्कृष्ट काम गरिरहेको भन्ने दाबी छाडेर अहिलेसम्मका काम र जनआवाजलाई सम्बोधन गर्दै भावी कार्ययोजनामा लाग्नु आवश्यकता देखिएको छ ।

Tags: #एमाले अध्यक्ष केपी शर्मा ओली#७ दलीय गठबन्धन सरकार

लोकप्रीय

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

विचार

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

थप समाचार

Etiler Escort

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२
Beşiktaş Escort

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन
समाचार

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.