×

NEPAL TIMES UPDATES

Playing
देउवा, प्रचण्ड र ओलीमा सबैभन्दा धनी को छ ?|| Nepal Times
Mar 29, 2026
Playing
ओली र लेखकलाई हिरासतमुक्त गर्न अदालतले मानेन,५ दिन हिरासत|| Nepal Times
Mar 29, 2026
Playing
बालेनले हेटांैडा उद्योगलाई वाइवाइ जस्तै कसरी चलाउलान् ? || Nepal Times
Mar 29, 2026
Playing
ओलीलाई आधा दर्जन रोग, अदालतले पनि भन्यो उपचार गराउनु|| Nepal Times
Mar 29, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-15-2082 || Nepal Times
Mar 29, 2026
Playing
युद्धमा हुथीको प्रवेशपछि के हुन्छ? होर्मुजमा ट्रम्पको धैर्यको बाँध फुट्दै || Nepal Times
Mar 29, 2026
Playing
एमालेका कार्यकर्ता र प्रहरीबीच झ ड प, प्रहरीमाथि ढुंगा हानेपछि लाठीचार्ज || Nepal Times
Mar 29, 2026
Playing
पहिलो दिनमै आशाको संचार गराएको बालेन सरकार || Nepal Times
Mar 29, 2026
Playing
सयौँ अमेरिकी सैनिक घा इते, अब बहुमुखी यु द्ध, इजरेलको नयाँ ध म्की || Nepal Times
Mar 29, 2026
Playing
ठूला नेता जोडिएका नेपालका भ्रष्टाचार काण्ड,जुन बालेनले खोल्नेछन् |BALEN GOVERNMENT| ACTION
Mar 29, 2026

खामेनीका अघि एकातिर कुवा अर्कातिर खाडल

११ कार्तिक २०८१

११ कार्तिक , विराटनगर।

इरानमा इजरायली हमलाले मध्य पूर्वमा युद्ध थप फराकिलो हुँदै गएको छ । अहिलेसम्म चलिरहेको प्रोक्सी वारमा अब इजरायल र इरान सिधै आमनेसामने आएका छन् । शनिबारको हमलाले अब दुई देशबीचको युद्ध तन्किदै जाने विश्लेषण भइरहेका छन् ।

Advertisement

यद्यपि शनिबारको आक्रमण पछि आफ्नो बदला पुरा भएको र हाललाई थप हमला नगर्ने पनि इजरायलले बताएको छ । तर यता इरानले भने इजरायलले यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ र ठूलो जवाफी कारबाहीको तयारी गरिरहेको छ ।

रुससहित अरब देशहरुले इजारयली आक्रमणको निन्दा गरेका छन् । यता अमेरिकासहित पश्चिमा देशहरुले भने अब इरानलाई जवाफ नफर्काउन सचेत गराएका छन् । यसबीच इरानका सर्वोच्च नेता खामेनेईका अगाडि कयौं प्रश्नहरु छन् ।

खामेनेई र उनका प्रमुख सल्लाहकारहरुद्वारा लिने निर्णयहरु थप खराब स्थितिबाट जोगिने वा जोखिम मोल्ने भन्नेमा केन्द्रित हुनेछन् । अब खामेनेईले कठिन विकल्पहरु मध्येमा सबैभन्दा कम खराब विकल्पको निर्णय लिनु पर्ने विश्लेषकहरुको बुझाई छ ।

अर्को शब्दमा भन्ने हो भने खामेनेईका अघि एकातर्फ कुवा छ, अर्कोतर्फ खाडल । अर्थात एकातर्फ युद्धबाट पछाडी हटे डरपोकको ट्याग लाग्नेछ । उसले विश्वसामू झुकेको महशुस गर्नेछ । यतिमात्रै होइन आफ्नै नागरिकलाई जवाफ दिन गारो हुनेछ ।

किनभने यसअघि झण्डै २०० मिसाइलहरु इजरायलमा हान्दा इरानीहरुमा बेग्लै उत्साह र गर्व देखिएको थियो । अर्कातर्फ देशलाई युद्धमा धकेल्ने हो भने कठोर नोक्सानी उठाउनु पर्छ, जुन पहिलादेखि नै उठाइरहेको छ ।

यस्तोमा अब फेरि जवाफ दिनेभन्दै मिसाइलहरुको लहर इजरायलमा ताक्ने हो भने इजरायल पनि सहेर बस्नेवाला छैन । जुन उसले शनिबार नै जनाइसकेको छ । अर्कोतर्फ आफ्नो आफ्नो क्षेत्रहरुमा प्रत्यक्ष हमलाहरुको विनाशकारी आदान–प्रदान अन्तर्गत एक रेखा खिच्ने निर्णय पनि खामेनिईले लिनुपर्नेछ ।

यदी इरानले आफ्नो आगोलाई रोक्छ भने उसका लागि अर्को जोखिम हुनेछ । त्यो हो, उ संयुक्त राज्य अमेरिकाद्वारा समर्थित इजरायलको सैन्य शक्ति र राजनीतिक दृढ संकल्पबाट कमजोर, भयवित र डराएको देखिने छ । यस्तोमा खामेनीको पहिलो प्रतिक्रिया आएको छ

उनले इजरेली आक्रमणमा मारिएका चार सैनिकका परिवारलाई भेटेपछि इजरायलको आक्रमणलाई बढाइचढाइ र कम आँकलन गर्न नहुने बताएका छन् ।यद्यपि, उनले यसको प्रतिक्रियाका सम्बन्धमा सावधानी देखाएका छन् र इरानले स्थितिलाई गम्भीर रूपमा मूल्याङ्कन गरिरहेको बताएका छन् ।

खामेनीको टिप्पणीले इरानले आक्रमणको प्रतिक्रियालाई सावधानीपूर्वक विचार गरिरहेको संकेत गर्दछ। खामेनीले भनेका छन्, ’दुई रात अघि इजरायली शासनले गरेको कुकर्मलाई बढाइचढाइ र न्यूनीकरण गर्नु हुँदैन।’ “इरानी जनताको इच्छाशक्ति र शक्तिको बारेमा इजरायली शासनलाई कसरी विश्वस्त पार्ने र यस राष्ट्रको हितमा के कदम चाल्ने भन्ने निर्णय गर्नु अधिकारी र सेनाको काम हो,“ ।

इजरायली हमलाको अगाडि नै र पछि पनि इरानको आधिकारिक मिडियाले एक यस्तोे विद्रोही बयान दिएको थियो जसले पहिलो नजरमै जवाफ दिने निर्णय पहिला नै लिइसकेको दर्शाएको थियो । यसको भाषा इजरायलसंग मिल्दोजुल्दो थियो ।

जसमा हमलाविरुद्ध स्वयंको रक्षा गर्ने आफ्नो अधिकारलाई हवाला दिइएको थियो । तर अबको कदम यति भयंकर हुनसक्छ, र आफैलाई ब्याकफायर हुनसक्ने देखिदा भने इरानले आफ्नो चेतावनीहरुलाई फिर्ता लिने निर्णय पनि गर्न सक्छ, कम्तिमा पनि अहिलेलाई ।

एक साताअघि, इरानका विदेश मंत्री अब्बास अराघचीले टर्कीको एनटीभी नेटवर्कसंग भनेका थिए, “इरानमा कुनैपनि हमला हाम्रालागि रेड लाइन पार गर्नुजस्तो मानिने छ” । इजरायली हमलाको केही घण्टा पहिला, इरानी विदेश मंत्रालयका प्रवक्ता इस्माइल बाकईले पनि भनेका थिए, “इरानविरुद्ध इजरायली शासनद्वारा कुनै पनि आक्रमणको सम्पूर्ण शक्तिका साथ जवाफ दिइनेछ” ।

उनले भनेका थिए, यो सुझाव दिनु “निकै भ्रामक र निराधार” छ कि इरान सिमित इजरायली हमलाको जवाफ दिदैन । पछिल्लो समय इजरायलले आफ्नो हमला तिब्र पार्दै लगेको छ । चाहे त्यो गाजामा होस, लेबनानमा वा सिरिया लगायतमा ।

अहिले इरानमा गरेको हमलालाई उसले जवाफी कारबाही मात्रै भनेको छ जुन हाललाई पूरा भएको जनाएको छ । तर इरानलाई उसले हमासको आक्रमणका लागि महत्वपूर्ण समर्थक मान्दछ र हिज्बुल्लाह पनि इरानसमर्थित नै संगठन हो ।

यसकारण कुनै न कुनै दिन इजरायलले ठूलो आक्रमण गर्ने इरानले बुझेकै थियो । त्यसैले यसअघि इरानले इजरायललाई पटक पटक संकेत पनि दिएको थियो कि उ इजरायलसंग पूर्ण युद्ध चाहादैन । तेहरानीहरुले सोचेका थिए कि उनीहरुसंग पूर्ण युद्धभन्दा राम्रो उपाय छ ।

त्यो हो तथाकथित सहयोगीहरु र प्रोक्सीको प्रयोग । यमनमा हूथीहरुले लाल सागरमा शिपिंगलाई अवरुद्ध र नष्ट गरे । लेबनानबाट हिज्बुल्लाहले रकेट फायर गरेर कमसेकम ६० हजार इजरायलीहरुलाई आफ्नो घरबाट विस्थापित हुन बाध्य पारे ।

तर के भयो, युद्धको ६ महिनापछि इजरायलको जवाफी हमलाले दक्षिणमा शायद दुई गुणाभन्दा धेरै लेबनानीहरुले आफ्नो घर छाड्नु पर्यो । यद्यपि, इजरायलले योभन्दा धेरै ठूलो नोक्सानी पुर्याउने तयारी गरेको थियो ।

उसले चेतावनी दिएको थियो कि यदी हिजबुल्लाहले इजरायलमा आफ्ना गोलाबारी नरोके र सीमाबाट पछाडी नहटे ठूलो कारबाहीमा पर्नेछ । यसबीच इजराइलले इरानको पूर्ण युद्ध लड्ने अनिच्छालाई कमजोरीको रूपमा हेर्यो र इरान र उसका सहयोगीहरुमाथि दबाव बढाइरह्यो ।

१ अप्रिलमा इजरायलको हवाई हमलाले सिरियाको राजधानी दमास्कशमा इरानको कुटनीतिक परिसरको एक भागलाई नै नष्ट गरिदियो । यसमा इरानका शीर्ष कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रजा जाहेदीका साथै इरानको इस्लामिक रिवोल्यूशनरी गार्ड कर्प्सका अन्य वरिष्ठ अधिकारीहरु पनि मारिए ।

१३ अप्रिलमा इरानले ड्रोन, क्रूज र ब्यालिस्टिक मिसाइलहरुले हमला गर्यो । तर अधिकांशलाई इजरायलले नष्ट पार्यो । अहिले फेरि सटिक हमलालाई सफलतापूर्वक सम्पन्न गरेको दाबी गरिरहेको छ । यस्तोमा युद्धरत देशहरुलाई जब लाग्दछ कि यदी उसले जवाफ दिएन भने उसलाई कमजोर र हतोत्साहित मानिनेछ ।

अनि यस्तो मनस्थितिमा थप जवाबी हमलाको निरन्तरको क्रम जारी रहनेछ जसलाई रोक्न मुश्किल पर्छ । युद्ध नियंत्रणबाहिर पुग्छ । अहिले इरानले पनि यस्तै सोचिरहेको छ । यस्तोमा अब प्रश्न उठ्छ, के इरान युद्धको यो चरणमा कमसेकम इजरायललाई अंतिम शब्द भन्नका लागि तयार छ ? एक पटक फेरि, मध्य पूर्व निर्णय पर्खिरहेको छ ।

यसबीच इरानको सबैभन्दा मूल्यवान सम्पत्तिहरु अर्थात, तेल र परमाणु साइटहरुमा आक्रमण नगर्ने इजरायलको निर्णयले शायद तेहरानलाई आफ्नो प्रतिक्रिया टार्ने अवसर दिनसक्छ । गत महिना संयुक्त राष्ट्र महासभामा,इरानीहरुले सुझाव दिएका थिए कि उनीहरु परमाणु वार्ताका लागि एक नयाँ चरणका लागि तयार छन् ।

यस्ता कुराहरुले मध्यपूर्व बाहिरको दुनियाका लागि निकै महत्वपूर्ण अर्थ राख्छ। इरानले सधै नै उसले परमाणु बम चाहेको कुरालाई नकार्दै आएको छ । तर उसको परमाणु विशेषज्ञता र यूरेनियमको संवर्धनले यसमा उसको पहुँच रहेको मानिन्छ ।

इरानी नेता आफ्ना दुश्मनहरुलाई रोक्नका लागि एक नयाँ तरिका खोजिरहेका छन् । आफ्नो ब्यालिस्टिक मिसाइलहरुका लागि परमाणु हतियार विकसित गर्नु उनीहरुको एजेन्डामा हुनसक्छ । यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला ।

Advertisement

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

साउदीमा अमेरिकी विमान दुई टुक्रा,इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

713755

एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, बालेनले भनेका थिए,समय आउँछ, नआत्तिनू

rekha-sharm)

कायापलट गर्ने बालेन सरकारका १०० सुधारका कार्यसूचीमा के छन् ?

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

सम्बन्धित खबरहरु

Scroll to Top