थाइ एयरको बदमासी, अनुमति नै नलिई काठमाडौं आइपुग्यो

१० कात्तिक ८१, आइतबार

११ कार्तिक ,काठमाण्डौ।

आज थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक एक जहाज नेपालमा कारबाहीमा परेको छ । उडान अनुमति नलिइ थाइल्याण्डबाट काठमाडौं आएको थाइ एयर एसियाको जहाज कारबाहीमा परेको छ। अनुमति बिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ।

आइतबार उडान तालिका नै नभए पनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान गरेपछि यस्तो कारबाही गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आजबाट सुरू भएको विन्टर सेड्युलमा थाइको आइतबार उडान थिएन ।

Advertisement

हिजोबाट अर्थात् अक्टोबर २६ बाट समर सेड्युल सकिसकेको छ । थाइले आजबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भनेको थियो । यद्यपि थाइ सिधैं काठमाडौं आएपछि करिब ३० मिनेटसम्म जहाज होल्ड गराइएको उनले बताए ।

’थाइ एयर एसियाले उडान अनुमति नै नलिइ आएकाले सुरूमा होल्ड गर्न लगाइयो । जहाज डाइभर्ट गर्न पनि भनियो,’ उनले भने, ’यात्रुको सुरक्षाका लागि भनेर आजको लागि जहाज अवतरण अनुमति दिएका छौं।’

Advertisement

प्राधिकरणले अर्को सूचना नआउन्जेललाई थाइ एयर एसियाको नियमित उडान र जिएसए (युनिभर्सल टुर्स एण्ड ट्राभल्स)लाई टिकट काट्न रोक लगाएको हो । यसबीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले उडान अनुमति सकिएको विमानलाई उडान अवतरण गर्न दिन नसकिने बताएका थिए ।

तर नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीले भने विमान अवतरण गर्न दिन दबाब दिएको पनि खुलेको छ । अनुमति नलिएको विमानलाई प्राधिकरण नेतृत्वको दबाबमा डाइभर्ट नगरी अवतरण गर्न दिइएको खुलेको छ ।

थाइले गत असोज १६ बाट बैंकक–काठमाडौं दुईतर्फी व्यवसायिक उडान थालेको हो । थाइले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी सातामा चार उडान गर्दै आइरहेको थियो । उक्त जहाज चार्टड गरेर आजै फर्किने प्राधिकरणले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top