चीनको Salt Typhoon Group के हो ? जो बन्दैछ अमेरिकाको टेन्सन

११ कार्तिक , एजेन्सी ।

Advertisement

अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिदै गर्दा उसलाई चिनियाँ ह्याकरहरुले छुट्टै तनाव थपिदिएका छन् । चीनका ह्याकर्समाथि आरोप छ कि उनीहरुले अमेरिकामा राष्ट्रपति पदका उमेद्वारहरु डोनाल्ड ट्रम्प र कमला ह्यारिसको संचार उपकरणहरुमा रेकी गरेका छन् ।

यसका साथै ह्याकर्सको यो समूहले अमेरिकाको टेलिकम सेक्टरका कयौं कम्पनीहरुलाई पनि निशाना बनाएका छन् । यतिबेला अमेरिकाको जांच एजेन्सिहरुले नोक्सानीको आकलन गर्न थालेका छन् ।

Advertisement

चीनका यी ह्याकर्सको ग्रुपलाई साल्ट टाइफून भन्ने गरिएको छ । अमेरिकी मिडिया रिपोर्ट्सका अनुसार, यी ह्याकर्सले टेलिकम सेक्टरका संवेदनशील डाटा र टेलीकम्युनिकेशन नेटवर्कमा पहुँच बढाउने प्रयास गरेका छन् ।

रिपोर्ट्सका अनुसार, साल्ट टाइफूनले ट्रम्प र कमलालाई मात्रै निशाना बनाएका छैनन् बरु यो ग्रुपले उपराष्ट्रपति पदका उमेद्वार टिम वाल्ज र जेडी वेंसका डाटा पनि ह्याक गर्ने प्रयास गरेको दाबी गरिएको छ ।

Advertisement

यता टेलिकम सेक्टरका कम्पनीहरुको ह्याकिंगलाई पनि चीनका लागि गोप्य सूचनाहरु जुटाउने प्रयासका रुपमा हेरिएको छ । जसले अमेरिकी प्रशासनको टाउको दुखाएको छ। अमेरिकी टेलिकम कम्पनी भेरिजोनको ह्याकिंग संवेदनशील गोप्य जानकारी संकलन गर्ने उद्देश्यले गरिएको अमेरिकाको दाबी छ ।

यद्यपि, अहिलेसम्म ह्याकर्स आफ्नो उद्येश्यमा सफल भयो वा भएन भन्नेबारे केही खुलाइएको छैन । अमेरिकी एजेन्सीहरुको यसको जाँचामा जुटेका छन् । चीनको ह्याकर्स ग्रुपलाई साल्ट टाइफून नाम माइक्रोसफ्टको साइबर सिक्योरिटी टीमले दिएको हो ।

यो चीन सरकारद्वारा वित्तपोषित समूह हो । यो समूहको फोकस पारंपरिक ह्याकिंग वा कर्पोरेट डाटा चोर्नु होइन । बरु यो समूहले गोप्य जानकारी संकलन गर्ने काम गर्छ । यसैकारण माइक्रोसफ्टको साइबर सिक्योरिटी टीमले यसलाई साल्ट नाम दिएको हो ।

माइक्रोसफ्टले यसैगरी इरानको ह्याकर्सलाई स्याण्डस्टोर्म, रूसका ह्याकर्सलाई ब्लिजार्ड नाम दिएको छ । चीनको सल्ट टाइफूनको फोकस अमेरिकी सम्पत्तिहरु र संस्थानहरुबाट गोप्य जानकारी संकलन गर्नु रहेको बताइन्छ ।

यसैका लागि साल्ट टाइफूनले शीर्ष राजनीतिक हस्तिहरु र उनका कर्मचारीहरुका साथै सरकारका निकट रहेका संचार उपकरणहरुमा रेकी गरिरहेका छन् । एफबीआई र साइबर सिक्योरिटी एंड इंफ्रास्ट्रक्चर सिक्योरिटी एजेंसी (सीआईएसए) ले खतराको गंभीरतालाई ध्यानमा राख्दै एक संयुक्त बयान पनि जारी गरेको छ, जसमा पुष्टि गरिएको अमेरिकी सरकारी एजेन्सीहरु चीनसंग जोडिएको ह्याकर्सको निशानामा परेको उल्लेख छ ।

आफ्नो बयानमा एफबीआई र सीआईएसएले भनेको छ कि साइबर सिक्योरिटीलाई बलियो बनाउनका लागि निजी क्षेत्रको कम्पनीहरुका साथ मिलकर काम गरि राखिएको छ । जांच एजेंसिहरुलाई चिंता छ कि साल्ट टाइफूनले महत्वपूर्ण मेटाडेटा प्राप्त गरेको हुनसक्छ ।

जसले गोप्य तरिकाले सबै कुराको जानकारी हासिल गर्न सकिन्छ । उदाहरणका लागि, मेटा डेटाबाट कल प्याटर्न, समय र आवृत्तिहरुबाट संचार च्यानलहरुमा सुरक्षा कमजोरीहरुका बारेमा जानकारी हासिल गर्न सकिन्छ ।

चिनियाँ गोप्य एजेन्सीहरुले यी डाटाहरुको सहयोगले अमेरिकाको चुनाव र अमेरिकामा फैसला लिने प्रक्रियाको जानकारी जुटाउन सक्ने अमेरिकी अधिकारीहरुलाई चिन्ता छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top