‘बेहुली फ्रम मेघौली’ले ओटीटीमा, कसरी हेर्ने ?

११ कात्तिक ८१, सोमबार

१२ कार्तिक , काठमाण्डौ।

कम शो पाएको भन्दै दर्शको उपस्थिती रहदा रहदै सिनेमाहलबाट उतारिएको नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ ओभर दी टप प्लाटफर्म (ओटीटी)मा आएको छ । ओटीटीमा समेत यसले उल्लेखीय रुपमा दर्शक तानिरहेको छ ।

बेहुली फ्रम मेगौलीले ओटीटीमा आएको दुई दिनमा ११ हजार दर्शक पाएको छ। उनीहरुले ४०० रुपैया तिरेर यो चलचित्र ओटीटीमा हरेका छन् । यो भनेको ४४ लाखको ब्यापार हो ।

Advertisement

हलमा आवश्यक शो नदिएको भन्दै फिल्मका निर्देशक निश्चल बस्नेतले हलको विकल्प खोज्ने अभिव्यक्ति दिएका थिए । आफू निर्मित र अभिनित फिल्म ‘बेहुली फ्रम मेघौली’मा दर्शकीय चाप राम्रो हुँदाहुँदै पनि उचित शो नदिएकोतर्फ उनको अभिव्यक्ति लक्षित थियो ।

हलको विकल्प खोज्ने उनको आशय ओभर दी टप प्लाटफर्म (ओटीटी)तर्फ हुनसक्ने अनुमान थियो । नभन्दै उनले केही दिनमा उक्त फिल्म एमएसएम भिडियोमा आउने बताए। शुक्रबारदेखि स्वस्तिमा खड्का स्टारर फिल्म एमएसएम भिडियो नामक ओटीटी प्लाटफर्ममा रिलिज भएको छ ।

Advertisement

हलमा रिलिज भएको २३ दिनमै फिल्म ओटीटीमा आएको हो । हलमा रिलिज भएको फिल्म एक महिना नबित्दै ओटीटीमा आउने यो समय निकै छोटो हो । आईओएस र एन्ड्रोइडमा उपलब्ध उक्त ओटीटीको एप डाउनलोड गरेर दर्शकले फिल्म हेर्न सक्ने निश्चलले जनाएका छन् ।

दशैंको घटस्थापनामा रिलिज भएको साजन काफ्ले र आकाश बराल निर्देशित फिल्मले हलमा राम्रै कमाइ ग¥यो । ३० वर्ष पुगेकी युवतीले योग्य दुलाहा खोज्न गर्ने संघर्षको कथा यसमा छ । चलचित्रको चितवनको मेघौली आसपासमा छायांकन गरिएको छ ।

दसैंको घटस्थापनाका अवसरमा असोज १७ गते हलमा रिलिज भएको फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको थियो । तर, दर्शकको रोजाइमा पर्दा पर्दै फिल्मले उचित शो नपाएपछि निर्माण टिमले फिल्म हलबाट उतारेको थियो ।

कम शो पाएपछि निश्चलले असन्तुष्टि पोख्दै आएका थिए । शो नबढाइएपछि उनले विकल्प खोजेका हुन् । घटस्थापनामा मेघौली रिलिज भएपछि फुलपातीमा एकैसाथ तीन बहुप्रतिक्षित चलचित्र १२ गाउँ, छक्का पंजा ५ र ज्वाइँ साव प्रर्दशनमा आएपछि मेघौलीको शो घटेको थियो ।

१२ गाउँ, छक्का पंजा ५ र ज्वाइँ साव अझै सिनेमाहरुहरुमा प्रर्दशनरत रहेका छन् । १२ गाउँले कीर्तिमानी ब्यापार गर्ने अनुमान गरिएको छ । तेस्रो हप्ता प्रवेश गर्दैगर्दा यसले २२ करोड माथिको ब्यापार गरिसकेको यसका वितरक गोविन्द शाहीले बताएका थिए ।

छक्का पन्जाले १५ करोडमाथिको ब्यापार गरेको छ । मेघौली चलचित्र ‘एमएसएम भिडिओ’ नामक नयाँ नेपाली ओटीटी प्लेटफर्ममा उपलब्ध छ । तर अहिले पनि यसमा नयाँ अकाउन्ट बनाउँदा ओटीपी नआउने र आए पनि समय लाग्ने समस्या रहेको प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा गुनासो गरेका छन् ।

हाल यस प्लेटफर्ममा ‘दिमाग खराब’, ‘महाजात्रा’ र ‘घरज्वाईं’ चलचित्र उपलब्ध छन् । प्लेटफर्ममा चलचित्र हेर्न ‘रेन्ट’मा लिने विकल्प छ । चलचित्रलाई एक हप्ता र दुई हप्तासम्म रेन्टमा लिन सकिने छ ।

त्यस्तै मासिक, अर्धवार्षिक, वार्षिक र आजीवन गरी प्लेटफर्मको सब्सक्रिप्सन समेत लिन सकिन्छ । तर प्रयोगकर्ताहरूले यो प्लेटफर्ममा चलचित्र हेर्नलाई पैसा तिर्ने विकल्प सजिलो नभएको गुनासो गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top