बालेन र रविको सम्बन्ध कस्तो छ ?

११ कात्तिक ८१, सोमबार

१२ कार्तिक , काठमाण्डौ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफूलाई चित्त नबुझेको विषय सामाजिक संजालमा ब्यक्त गर्न हिच्किचाउँदैनन् । सार्वजनिक संचारमाध्याममा नबोल्ने बालेन चित्त नबुझेका विषय हुन्, वा उनका विचार र निर्णयहरु सामाजिक संजालमार्फत नै सार्वजनिक गरिरहेका छन् ।

पछिल्लो समय सहकारी ठगी तथा संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनी दोस्रो पटक थपिएको ७ दिनको न्यायिक हिरासतमा छन् । उनको पक्राउको विरोधमा रास्वपा सडक आन्दोलनमा छ ।

Advertisement

यही बेला रविको रिहाइ माग गरेको भन्दै सामाजिक सञ्जालमा बालेनका पोस्टहरू फैलाइएको छ । विभिन्न फेसबुक ग्रुपहरुमा शेयर भइरहेको पोस्टमा भ्रष्टाचारविरुद्ध बोलेकाले रवि पक्राउ परेको दाबी गरिएको छ ।

तर बालेनका ब्लु टिकसहितका स्क्रीन सर्ट गरिएका यी सबै अभिब्यक्तिहरु नक्कली हुन् । बास्तविकता यही हो कि बालेनले यो विषयमा अहिले सम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । पछिल्लो सहकारी प्रकरणमा मेयर बालेनको कुनै टिप्पणी नरहेको उनका स्वकीय सचिव भूपदेव शाहले बताएका छन् ।

Advertisement

बालेन शाह अन्य राजनीतिक घटना क्रम र नेताहरुको नाम नै किटान गरेर जसरी सामाजिक संजालमा अभिब्यक्ति दिन्छन् रास्वपा र तिनका नेताका नाम नै उल्लेख गरेर उनले अहिलेसम्म कुनै टिप्पणी भने गरेका छैनन् ।

गत वर्षको चैतमा रास्वपा सरकारमा सहभागी भएको बेला भने बालेनले नयाँ मन्त्री र रास्वपाले भन्दै आएको फाइल खोल्ने विषयप्रति अभिब्यक्ति दिएका थिए । उनले फेसबुकमा लेखेका थिए, नयाँ मन्त्रीज्युहरुले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे , टाईम कम छ , हिसाब किताब गरेर , गोजी भरेर निस्किनु पर्ने छ रे ! सरकार जती दिन टिक्छ!! स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाई डाक्टरसाबको कुरा! मैले सुनेको कुरा गलत होस ! म आशावादी छु सरकार प्रति !

यस्तै रास्वपा लक्षित अर्काे स्टाटस बालेनले गत वर्षको मंसिरमा पोष्ट गरेका थिए, मिसन ०८४ भन्दै रास्वपाले देशव्यापी अभियान नै चलाइरहेका त्यो बेला मेयर बालेन शाहको रास्वपा लक्षित स्टाटस लेखेका थिए ।

रास्वपाले डा.स्वर्णिम वाग्लेलाई उपसभापति तथा रास्वपाका सबै सांसदहरुलाई पार्टीको केन्द्रीय सदस्य बनाएकै दिन बालेनले लेखेको स्टाटस रास्वपा लक्षित भएको टिप्पणी गरिएको थियो । स्टाटसमा भनिएको थियो ः देश बन्छ, तिमीहरुको ०८४ ले बन्दैन, तिमीहरुको ०८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।

यद्यपि त्यो बेला प्रतिपक्ष दल रहेको एमालेले समेत मिसन ८४ अभियानलाई व्यापकता दिएको थियो । रवि र बालेन २०७९ मा एकै वर्ष उदाएका नेता हुन् । दुवैले नयाँ पुस्ताको प्रतिनिधित्व गर्छन् । तर, सम्बन्ध र सहकार्यका हिसाबले उनीहरू परपरै हुने गरेका छन् ।

बालेन काठमाडौंको मेयर छन् भने संघीय संसदको चौथो ठूलो दल रास्वपा सभापति रविले दुईपल्ट गृह मन्त्रालयको नेतृत्व गरिसकेका छन् । राजधानी काठमाडौंको हकमा दुईबीच अनधिकृत तबरले अतिक्रमण गरिएको खोला किनार खाली गराउने विषयमा समन्वय र सहकार्यको अपेक्षा गरिएको थियो ।

यही अपेक्षासहित बालेनले रविलाई पनि भेटे तर यही विषयबाट दुईबीच सम्बन्ध थप चिसिन गयो । यसबाहेक २०७९ मंसिरमा रवि र बालेनबीच चितवनमा जे भयो, त्यसलाई पनि सम्बन्ध चिसिनुको प्रमुख कारण मान्न सकिने जानकारहरू बताउँछन् ।

रवि पहिलोपल्ट संसदीय चुनाव लड्दै थिए । स्थानीय चुनावमा लोकप्रिय मतका साथ बालेन काठमाडौंको मेयरमा निर्वाचित भइसकेका थिए । रविको पक्षमा चुनावी माहौल बनाउन रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकाल र केन्द्रीय सदस्य गणेश कार्कीले रविसँग सल्लाह गरी बालेनलाई चितवनमा घुम्न बोलाएका थिए ।

बालेनको टिमसँग कार्कीले समन्वय गरेका थिए । रविलाई यो कुरा थाहा भए पनि बालेनलाई थाहा थिएन । बालेनलाई चितवनमा रविसँग ‘सरप्राइज मिटिङ’ गराउने योजना थियो । उनी श्रीमती सविनासहित चितवन पुगेका थिए ।

तर रविले बालेनलाई नभेटेको उनी निकट नेताहरुले नै बताएका थिए । बालेन र रवि सार्वजनिक पदमा रहेपनि उनीहरु एकसाथ मञ्चमा देखिएका छैनन् । रास्वपाको वार्षिक उत्सवमा बालेन देखिएका छैनन् भने महानगरका कार्यक्रममा पनि रवि पुगेका छैनन् ।

उनीहरूको पछिल्लो भेट भने गतवर्षको चैतमा गृह मन्त्रालयमा भएको थियो, जतिबेला रविपत्नी निकिता पौडेल उपाध्यक्ष रहेको साई स्वागत सहकारीमा काठमाडौं महानगरपालिकाको प्रहरीले छापा हानेको थियो ।

खासगरी खोला किनारको अतिक्रमित जग्गा खाली गराउने प्रयासमा काठमाडौं महानगरका प्रहरीमाथि आक्रमण हुँदासमेत तत्कालीन गृहमन्त्री लामिछानेले सहयोग नगरेको विषयमा बालेन असन्तुष्ट छन् ।

त्यसयता बालेनले बेलाबखत सामाजिक सञ्जालमार्फत रवि र रास्वपालाई घोचपेच गर्ने गरेका छन् । ‘नयाँ दलका नेताको हैसियत पनि देखियो’ भन्नेदेखि ‘नयाँ पुराना सबै चोर’ भन्नेसम्मका स्टाटस बालेनले लेखेका थिए ।

सकेसम्म रास्वपा बालेनलाई पार्टीमा भित्र्याउने योजनामा देखिन्छ । तर यसका लागि बालेन तयार छैनन् । बरु स्वतन्त्र रुपमै धरानमा चुनाव जितेका हर्क साम्पाङसँग बालेनले पटक पटक भेट गरिसकेका छन् । उनीहरु बीच पार्टी समेग खोल्ने विषयमा समेत छलफल भएको अनुमान गरिन्छ ।

यसको संकेत हर्कले नै दिएका थिए । बालेनसहितको पार्टी गठन समेत हुन् सक्ने उनले अभिब्यक्ति दिएका थिए । बालेन प्रमुख सत्तारुढ दल नेकपा एमाले र प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट छन् ।

उनले यसका बारेमा सामाजिक संजालमा नै पटक पटक स्टाटस लेखिसकेका छन् । यो हिसाबले रास्वपाले सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाइरहेका बेला बालेनको साथ रास्वपाले पाउनु पर्ने रास्वपाजनको अपेक्षा देखिन्छ ।

तर अनुसन्धान वा अदालतको विषय बन्नु भन्दा पहिला देखिनै रवि र सहकारीका प्रकरणमा बालेन मौन देखिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top