थाइरोइडदेखि आँखा र अपाङगताको जाँच अब जन्मने बित्तिकै

१५ कात्तिक ८१, शुक्रबार

१६ कार्तिक , काठमाण्डौ।

अबदेखि बच्चा जन्मनेबित्तिकै चार प्रकारका विशेष प्रकारका स्वास्थ्य परीक्षण अनिवार्य गर्नुपर्ने भएको छ। विशेष गरी प्रसूति सेवा प्रदान हुने ठूला संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य गर्नुपर्ने भएको छ ।

बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा अपांगतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हुन्।

Advertisement

जन्मनासाथ थाहा पाउन सके बालबालिकालाई अपांगतासहितका प्रमुख स्वास्थ्य समस्याबाट बचाउन सकिने विश्वासका साथ यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। निर्णयसँगै विशिष्टीकृत मातृशिशु अस्पताल परोपकार अस्पताल, कान्ति बाल अस्पतालसहितका प्रसूति र बाल उपचार सेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपांगतासँगै रगतबाट थाइरोइड परीक्षण हुनेछ।

यसैगरी सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी खराबीसमेत परीक्षण हुनेछ। बालबालिकाको जण्डिससम्बन्धी परीक्षणसमेत ती अस्पतालमा हुने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा बालबालिकाको जन्मनासाथ हुने परीक्षणको दायरा बढाएर अपांगता तथा प्रमुख स्वास्थ्य समस्याको निदान थालिने बताएका थिए।

विश्वमा ६ प्रतिशत बालबालिकामा जन्मनासाथ अपांगताको समस्या देखिने गरेको छ तर समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने अध्ययनहरूले देखाएका छन्। नेपालमा नवजात शिशुमा अपांगतासम्बन्धी समस्या कम गर्न यो निर्णय महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।

यसअघि परोपकार अस्पतालमार्फत परीक्षणका रूपमा जन्मजात अपांगतासम्बन्धी परीक्षणको मन्त्री पौडेलले सुरुवात गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top