१८ कार्तिक ,एजेन्सी ।
बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी ब्याडनोक चुनिएकी छन् । केमीले कन्जरभेटिभ पार्टीलाई आफ्नो मूल सिद्धान्तमा फर्काउने वाचा गरेकी छन् ।
४४ वर्षकी केमी ब्याडनोक ब्रेक्जिटको कडा समर्थक हुन् । उनी आप्रवासी मुद्दा र ट्रान्स समुदायका अधिकारमा खुला विचार र कडा अडानका लागि परिचित छिन् ।
यसअघि यो पद बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकसँग थियो । जसको नेतृत्वमा कन्जरभेटिभ पार्टीले सन् १८३२ को जुलाईमा सबैभन्दा खराब प्रदर्शन गरेको थियो ।
सन् २०२४ को चुनावमा कन्जरभेटिभ पार्टीले २०० भन्दा बढी सिट गुमाएको थियो ।