१८ कार्तिक ,एजेन्सी ।
विश्वको सबैभन्दा ठूलो र ११० वर्ष पुरानो गोही मरेको छ ।
क्यासियस नामको यो गोही नुन पानीको प्राणी थियो र यसलाई सन् १९८० को दशकमा अस्ट्रेलियाको उत्तरी क्षेत्रमा राखिएको थियो ।
समातिएपछि यो नुन पानीको गोहीलाई अस्ट्रेलियाको क्विन्सल्यान्डमा राखिएको थियो ।
क्यासियस यस क्षेत्रमा गाईवस्तु र पर्यटकहरूको गाडीको पाङ्ग्रामा आक्रमणका लागि पनि प्रसिद्ध थियो ।
यो संसारको सबैभन्दा ठूलो गोही करिब पाँच मिटर लामो र एक टन तौल थियो ।
यद्यपि यसको उमेरबारे यकिन जानकारी आएको छैन ।
२०११ मा क्यासियसको नाम विश्वको सबैभन्दा ठूलो गोहीको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि रेकर्ड गरिएको थियो ।
‘क्यासियस हाम्रो प्यारो साथी र हाम्रो परिवारको गर्व गर्न लायक सदस्य थिए’, गोही संरक्षण संस्था मरिनल्यान्ड मेलानेसियाले आफ्नो सोसल मिडिया प्लेटफर्ममा पोस्ट गरेको छ ।