Nepal Times
Nepal Times
3
Shares

अफगानिस्तानमा एकैपटक १०० जोडी विवाह बन्धनमा बाँधिए

अफगानिस्तानमा एकैपटक १०० जोडी विवाह बन्धनमा बाँधिए

१८ कार्तिक , एजेन्सी ।

उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा सामूहिकरूपमा १०० जोडी विवाह बन्धनमा बाँधिएका छन् ।

विवाह समारोहमा एक धनाढ्य व्यक्तिले आर्थिक सहयोग गरेका थिए ।

प्रत्येक नवविवाहित जोडीले करिब ६०० अमेरिकी डलर बराबरको घरायसी उपकरण पनि प्राप्त गरेका छन् ।

बेरोजगारी, आर्थिक संकट, ठूला ठूला उपहारहरूको चर्को मूल्य र महँगा उपहारहरूले गर्दा अक्सर युवाहरू गरिब देशमा आफ्नो विवाह समारोह आयोजना गर्न बर्सौं पर्खन बाध्य हुन्छन् ।

अफगानिस्तानको तालिवान सरकारले मानिसहरूलाई अतार्किक विवाह प्रथाहरू रोक्न र विवाह समारोहमा पैसा बर्बाद नगर्न आह्वान गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.