×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रीलंकाले उचाल्यो हङकङ सिक्सेसको उपाधि

१८ कार्तिक २०८१

१८ कार्तिक , एजेन्सी ।

श्रीलंका हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । आइतबार सम्पन्न रोमाञ्चक फाइलनमा श्रीलंकाले प्रतिद्वन्दी अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानलाई तीन विकेटले हराउँदै उपाधि पोल्टामा पारेको हो ।

Advertisement
Advertisement

टस हारेर पहिलो ब्याटिंगको निम्तो पाएको पाकिस्तानले ५.२ ओभरमा अलआउट हुनुअघि ७२ रनमात्र बनाउन सक्यो । त्यसपछि जवाफी ब्याटिंगमा आएको श्रीलंकाले भने पाँच ओभरमै तीन विकेट गुमाएर ७६ रन बनाउँदै विजयलक्ष्या पार गर्यो ।

श्रीलंकाको जितमा ओपनर सन्दुन विराक्कोदीले ३४ रनको योगदान गरे । उनले १३ बलको समाना गरी चार छक्का र एक चौका हिर्काए । अर्का ओपनर धनन्जय लक्सन भने दुई रनमै पभेलियन फर्किए ।

कप्तान लाहिरु मधुसनकाले १९ रन बनाए । उनले पाँच बलमा तीन छक्का हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान लाहिरु सामराकुनले पनि अविजित एक रन जोडे । पाँचौ नम्बरका ब्याट्सम्यान थारिन्दु रत्नायकेले पनि टोलीका लागि अविजित १६ रनको योगदान गरे ।

उनले केबल चार बलमा दुई छक्का र एक चौका प्रहार गरे । त्यसअघि पहिले ब्याटिंग गरेको पाकिस्तानका लागि ओपनर मुहम्मद अखलकले ४८ रनको योगदान गरेका थिए । उनले केबल २० बलको सामना गरी तीन छक्का र पाँच चौका प्रहार गरे ।

अर्का ओपनर आसिफ अलि भने शून्य रनमै पभेलियन फर्किएका थिए । त्यसपछि आएका हुसैन तलत पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान फाहिम असरफले १३ रन बनाए । उनले चार बलमा दुई छक्का पनि हाने ।

आमेर यामिन भने ५ रन बनाउँदै आउट भए । साहद खानले पनि एक रनभन्दा धेरै बनाउन सकेनन् । श्रीलंकाली टोलीका बलर धनन्जय लक्सन र थारिन्दु रत्नायके दुई दुई विकेट लिए । निमेष विमुक्थी र लाहिरु मधुसनकाले पनि एक एक विकेट हात पारे ।

प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलियालाई चार विकेटले र श्रीलंकाले बंगलादेशलाई तीन विकेटले हराएर फाइनलमा स्थान पक्का गरेका थिए । यो प्रतियोगितामा नेपालको पनि सहभागिता रहेको थियो ।

Advertisement

तर नेपाली टोली प्रतियोगिताको क्वार्टरफाइनलमा श्रीलंकासंगै ४० रनले पराजित भएको थियो । आज विहान भएको प्लेट सेमिफाइनलमा पनि नेपाल युएईसंग ५ विकेटले पराजित भयो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top