×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इन्टरपोलको महासभाका लागि आईजीपी बेलायत प्रस्थान

१८ कार्तिक २०८१

१८ कार्तिक , काठमाण्डौ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा भाग लिन बेलायत गएका छन् । तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आज विहान बेलायत प्रस्थान गरेका छन् ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९२औँ महासभामा भाग लिन यो टोली बेलायत उडेको हो । इन्टरपोलको महासभा आइतबारदेखि बिहीबारसम्म बेलायतको ग्लास्गोमा हुँदै छ । महासभामा इन्टरपोलका १९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुनेछन् ।

इन्टरपोल र विश्व स्वास्थ्य सङ्गठनबीचको सहयोग, आङ्कवादविरुद्धको रणनीति, प्रहरीको विश्लेषणात्मक क्षमता अभिवृद्धि, अतिवादविरुद्ध एकीकृत रणनीति, इन्टरपोलको संविधान संशोधनलगायत विषयमा महासभामा छलफल हुने बताइएको छ ।

जसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँगै सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले पनि भाग लिनेछन् ।

नेपाली प्रतिनिधिमण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले शुभकामना सहित बिदाइ गरेका छन्।

१९६ सदस्य राष्ट्रहरूको सहभागिता रहने यस इन्टरपोल महासभामा इन्टरपोलका महत्त्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान रहेको छ, जसमा नेपालले पनि भाग लिनेछ ।

यस महासभामा छलफल हुने प्रमुख विषयहरूमा बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची (आईडब्ल्यूओएल) तथा निजी संस्थाहरू बीचको सहकार्य, डिजिटल प्रमाणमा कानुनी पहुँच, वार्षिक वित्तीय प्रतिवेदन तथा वित्तीय विवरण २०२३, आगामी कार्य कार्यक्रम र बजेट २०२५, र २०२६ तथा २०२७ का लागि प्राथमिकताहरू, इन्टरपोलको भवन विस्तार तथा पुनर्निर्माण कार्यक्रम आदि पनि रहेका छन् ।

साथै, कार्यकारी समितिका रिक्त पदहरूको निर्वाचन पनि हुने कार्यक्रम रहेको छ । महासभामा प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार, र संयुक्त अरब इमिरेट्सका प्रतिनिधिहरूसँग अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउन विभिन्न द्विपक्षीय बैठकहरू गर्ने कार्यक्रम समेत तय भएको छ ।

Advertisement

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सम्हाल्नेछन् ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top