Nepal Times
Nepal Times
3
Shares

सामसङले ल्याउदैछ एआईसहितको अपडेट

सामसङले ल्याउदैछ एआईसहितको अपडेट

१८ कार्तिक ,  एजेन्सी ।

सामसङले एन्ड्रोइड १५ मा आधारित वान यूआई ७ अपडेट ल्याउने तयारी गरेको छ । कम्पनीले यो अपकमिङ सफ्टवेयरलाई थुप्रै विशेष सुविधाहरूका साथ ल्याउँदैछ । सामसङले खुलासा गरेको छ– यस अपडेटको बीटा भर्सन पहिले रिलिज गरिनेछ ।

त्यसपछि फाइनल भर्सन रोलआउट हुनेछ । सामसङले नोभेम्बरको मध्यसम्ममा टेस्टर्सका लागि वान यूआई ७ बीटा रोलआउट गर्ने योजना बनाएको छ । शुरूमा गत अगस्टमा नै बीटा भर्सन आउने अपेक्षा थियो, तर त्यतिबेला सम्भव भएन ।

फाइनल भर्सन भने सम्भवतः ग्यालेक्सी एस २५ सिरिजका साथ आउने सम्भावना छ । सामसङ ग्यालेक्सी एस २४ सिरिज वान यूआई ७ अपडेट प्राप्त गर्ने पहिलो स्मार्टफोन हुन सक्छ । वान यूआई को पछिल्ला भर्सनहरूमा जस्तो सामसङले आफ्नो एन्ड्रोइड १५ मा आधारित वान यूआई ७ को विशेषताबारे सार्वजनिक दिएको छैन ।

तर, केही सम्भावित विशेषताहरू बाहिरिएका छन् । यस अपडेटमा डायलर, म्यासेज, ग्यालरी, क्याल्कुलेटर र क्लक एप्सका आइकनहरूमा नयाँ कलर देख्न पाइनेछ । साथै, नोटिफिकेसन ह्यान्डलिङमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।

वान यूआई ७ मा ग्यालरी एपका लागि नयाँ एआई सुविधाहरू पनि आउनेछन्, जसले प्रयोगकर्तालाई आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर आफ्नो पोर्ट्रेट इमेजलाई “रीस्टाइल“ गर्ने अनुमति दिनेछ ।

यससँगै स्केच टु इमेज सुविधा पनि समावेश गरिनेछ । सामसङ ग्यालेक्सी स्मार्टफोनहरूलाई यस वर्षको सुरुवातमा गूगल आईओमा देखाइएको गुगलको होमवर्क हेल्प फिचरको समर्थन प्राप्त हुने अपेक्षा पनि गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.