सामसङले ल्याउदैछ एआईसहितको अपडेट

१८ कार्तिक ,  एजेन्सी ।

सामसङले एन्ड्रोइड १५ मा आधारित वान यूआई ७ अपडेट ल्याउने तयारी गरेको छ । कम्पनीले यो अपकमिङ सफ्टवेयरलाई थुप्रै विशेष सुविधाहरूका साथ ल्याउँदैछ । सामसङले खुलासा गरेको छ– यस अपडेटको बीटा भर्सन पहिले रिलिज गरिनेछ ।

त्यसपछि फाइनल भर्सन रोलआउट हुनेछ । सामसङले नोभेम्बरको मध्यसम्ममा टेस्टर्सका लागि वान यूआई ७ बीटा रोलआउट गर्ने योजना बनाएको छ । शुरूमा गत अगस्टमा नै बीटा भर्सन आउने अपेक्षा थियो, तर त्यतिबेला सम्भव भएन ।

फाइनल भर्सन भने सम्भवतः ग्यालेक्सी एस २५ सिरिजका साथ आउने सम्भावना छ । सामसङ ग्यालेक्सी एस २४ सिरिज वान यूआई ७ अपडेट प्राप्त गर्ने पहिलो स्मार्टफोन हुन सक्छ । वान यूआई को पछिल्ला भर्सनहरूमा जस्तो सामसङले आफ्नो एन्ड्रोइड १५ मा आधारित वान यूआई ७ को विशेषताबारे सार्वजनिक दिएको छैन ।

तर, केही सम्भावित विशेषताहरू बाहिरिएका छन् । यस अपडेटमा डायलर, म्यासेज, ग्यालरी, क्याल्कुलेटर र क्लक एप्सका आइकनहरूमा नयाँ कलर देख्न पाइनेछ । साथै, नोटिफिकेसन ह्यान्डलिङमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।

वान यूआई ७ मा ग्यालरी एपका लागि नयाँ एआई सुविधाहरू पनि आउनेछन्, जसले प्रयोगकर्तालाई आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर आफ्नो पोर्ट्रेट इमेजलाई “रीस्टाइल“ गर्ने अनुमति दिनेछ ।

यससँगै स्केच टु इमेज सुविधा पनि समावेश गरिनेछ । सामसङ ग्यालेक्सी स्मार्टफोनहरूलाई यस वर्षको सुरुवातमा गूगल आईओमा देखाइएको गुगलको होमवर्क हेल्प फिचरको समर्थन प्राप्त हुने अपेक्षा पनि गरिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top