विश्वकप लिग–२ः आज नेपालको अन्तिम खेल

१८ कात्तिक ८१, सोमबार

१९ कार्तिक, विराटनगर ।

आईसीसी विश्वकप लिग– २ अन्तर्गत अमेरिकामा जारी सिरिजअन्तर्गत आज राति सवा ९ बजे नेपाल र स्कटल्यन्डबीच खेल हुँदै छ । यो नेपालको चौथो तथा अन्तिम खेल हो । लिगअन्तर्गत अमेरिकामा नेपालले खेलेका तीन खेलमध्ये २ खेलमा पराजय व्यहोरेको छ ।

अमेरिकामा नेपाल घरेलु टोलीसँग खेलेका दुवै खेलमा पराजित भएको थियो । अमेरिकासँग नेपालले एउटा खेलमा ३ विकेट र अर्को खेलमा ३७ रनको पराजय व्यहोरेको थियो । उता स्कटल्यान्डलाई भने ५ विकेटले पराजित गरेको थियो ।

Advertisement

सोही कारण स्कटल्यान्डविरुद्ध मैदानमा उत्रँदा नेपाल उच्च मनोबलका साथ उत्रनेछ । यद्यपि, लिग टु का खेलहरूमा नेपालले निराशाजनक प्रदर्शन गरिरहेको छ । नेपालले हासम्म ११ खेल खेलेकामा २ खेलमा मात्र जित निकालेको छ भने ८ खेलमा पराजय व्यहोरेको छ ।

एक खेल वर्षाले अवरुद्ध भएपछि अंक बाँडेको थियो । स्कटल्यान्डले भने अमेरिकासँगका दुवै खेल जितेको थियो । जारी शृंखलामा स्कटल्यान्ड र अमेरिकाले २÷२ खेल जितेर समान ४ अंक बनाएका छन् ।

Advertisement

नेपालले भने ३ खेलबाट २ अंक मात्र जोड्न सकेको छ । अब नेपाल आज अन्तिम खेल जित्दै अमेरिका भ्रमण सुखद् रूपमा अन्त्य गर्ने लक्ष्या रहेको छ । ८ देश सहभागी लिगमा यूएई मात्र नेपालभन्दा पछाडि छ ।

हालसम्मको अंकतालिकामा नेपाल सातौँ स्थानमा रहँदा अमेरिका पहिलो स्थानमा छ भने क्यानडा दोस्रो तथा स्कटल्यान्ड तेस्रो स्थानमा छ । स्कटल्याण्डविरुद्ध हेड टु हेडमा नेपाल अघि छ । अहिलेससम्म यी दुई टोलीले कूल ७ ओडीआई खेल खेल्दा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top