NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

मङ्लबार कार्तिक २० , २०८१
Reading Time: 1 min read
A A
Advertisement
विदेशबाट घर फर्किदै हुनुहुन्छ ? सुनका गहनामा भन्सार छुट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२० कार्तिक , काठमाण्डौ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ ।

यसका कारण कात्तिक २३ गतेदेखि यो विमानस्थलमा करिब ३० प्रतिशत अन्तर्राष्ट्रिय उडान कटौती हुने भएको छ । हिउँदे सिजनमा एकतिहाइ उडान कटौती गरिएको हो । विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ ।

गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।

महानिर्देशक इन्जिनियर अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताए । सो कामको योजना करिब ८ महिना अघिदेखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि उनले आग्रह गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनैपनि खालको रणनीति वा राजनीतिक नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण दिए ।

उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताए । हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले जनाएको छ ।

महानिर्देशक अधिकारीले चालु आर्थिक वर्षको अनुमानित आयमा करिब २ अर्ब नोक्सान पर्ने भएपनि विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सो काम सुरु गर्नुपरेको उल्लेख गरे । समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने महानिर्देशक अधिकारीले स्पष्ट पारे ।

ट्याक्सी वे निर्माण पछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीले बताए । प्राधिकरणले सो स्तरोन्नतिको कामले बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ ।

महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तोको टिकटको व्यवस्था गरेको पनि स्मरण गराए । उनले सो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि करिब ३ वटा अन्तर्राष्ट्रिय वायु यानले उडान भर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिए ।

सरकारले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालनका लागि त्यसको टिकट दर सस्तो उपलब्ध गराउने निर्णय गरिसकेको छ । यसबीच स्तरोन्नतिका कारण त्रिभुवन विमानस्थलमा सातमा दुई सय ९५ उडान कटौती भएका छन् ।

सातामा चार सय १० अन्तर्राष्ट्रिय उडान भइरहेकामा २३ कात्तिकदेखि दुई सय ८७ उडान मात्रै हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । यस्तै, त्रिभुवन विमानस्थलबाट हुने ३५ प्रतिशत आन्तरिक उडान पनि कटौती भएको उनको भनाइ छ ।

अहिले दैनिक २१ घण्टा उडान हुँदै आएको त्रिभुवन विमानस्थलमा स्तरोन्नतिको काम सुरु भएपछि १४ घण्टा मात्र उडान हुनेछ । पाँच महिना त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने तालिका सार्वजनिक भइसकेको छ ।

विमानस्थलमा उडान आवर घटेका कारण वायुसेवा कम्पनीका उडान कटौती गर्नुपरेको भुलले बताए । दैनिक तीन–चार उडान गर्ने वायुसेवा कम्पनीहरूको ५० प्रतिशत उडान कटौती गरी विन्टर सेड्युल स्वीकृत गरिएको छ ।

क्यानले आधा उडानहरू भैरहवा र पोखराबाट गर्ने गरी ‘विन्टर सेड्युल’ पेस गर्न भनेको थियो । यसका लागि राज्यले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, ग्राउन्ड ह्यान्डलिङङेखि यात्रुसेवा शुल्क छुटसम्म विशेष सहुलियत दिएको थियो ।

तर, अन्तर्राष्ट्रिय वायुसेवा आधा उडान कटौती गर्न तयार भए, भैरहवा र पोखरामा उडान गर्न तयार देखिएनन । २८ मध्ये तीनवटा वायुसेवा कम्पनीले मात्रै भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्न तयार देखिए ।

थाई एयर एसियाले १८ कात्तिकदेखि बैंकक–भैरहवा उडान सुरु गरिसकेको छ । कुवेतको जजिरा एयरवेज र फ्लाई दुबईले २४ कात्तिकदेखि भैरहवामा उडान सुरु गर्दै छन । जजिराको सातामा तीन र फ्लाई दुबईको दैनिक एउटा उडानतालिका स्वीकृत भएको छ ।

त्रिभुवन विमानस्थलमा दैनिक चारवटा उडान गर्नेको दुईवटा, दैनिक तीनवटा गर्नेको एक वा दुईवटा, दैनिक दुई उडान गर्नेको एक उडान कटौती भएका छन । दैनिक एक वा सातामा तीन–चारवटा उडान गर्ने वायुसेवाका पनि उडान कटौती भएका छन ।

भैरहवा उडान गर्न तयार नभएपछि थाई एयर एसियाले काठमाडौंमा विन्टर सेड्युल नै पाएको थिएन । १८ गतेदेखि भैरहवामा सातामा दुई उडान गर्ने भएपछि काठमाडौंमा साबिककै सातामा चार उडान स्वीकृत भएका छन ।

एयर अरेबियाका दैनिक चारमध्ये दुई उडान कटौती भएका छन । एयर अरेबियाले सारजहाँ–काठमाडौं दैनिक तीन र आबुधाबी–काठमाडौं दैनिक एक उडान गर्दै आएको थियो । कटौतीपछि सारजहाँ–काठमाडौं दैनिक एक उडान मात्र गर्न स्वीकृति पाएको छ ।

एयर इन्डियाको नयाँदिल्ली–काठमाडौं दैनिक तीन उडानमध्ये एउटा कटौती भएको छ । बाटिक एयरको क्वालालम्पुर–काठमाडौं उडान कटौती भएर दैनिक एउटामा सीमित भएको छ । चाइना साउर्दनको ग्वाङझाओ–काठमाडौं दैनिक दुईमध्ये एउटा कटौतीमा परेको छ ।

फ्लाई दुबईले दुबई–काठमाडौं दैनिक चारवटा उडान गर्दै आएको थियो । भैरहवामा दैनिक एउटा उडान गर्ने भएपछि त्रिभुवन विमानस्थलमा उडान कटौती नगरी दुबई–काठमाडौं दैनिक तीन उडान स्वीकृत गरिएको छ ।

हिमालय एयरलाइन्सको क्वालालम्पुर–काठमाडौं दैनिक दुईमध्ये एक, काठमाडौं–बेइजिङ सातामा तीनमध्ये एक, काठमाडौं–किङ्दाओ सातामा तीनमध्ये एक उडान मात्र स्वीकृत भएका छन ।

हिमालयले यसअघि उडान नगर्ने आबुधाबी, कुवेत, चाङ्सा र सांघाई उडान गर्न स्वीकृति पाएको छ । इन्डिगोका दिल्ली–काठमाडौं दैनिक तीनमध्ये एउटा मात्र उडान स्वीकृति पाएको छ । जजिराको दैनिक एकमध्ये अब सातामा तीन उडान मात्र गर्ने भएको छ ।

कुवेतको सातामा पाँचमध्ये तीन उडान मात्र स्वीकृत भएका छन् भने नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली दैनिक दुईमध्ये एउटा गर्न पाउनेछ । एउटा वाइडबडी सि–चेकका लागि इटाली लगेर थन्क्याइएपछि निगमले यसअघि नै काठमाडौं–दिल्ली दैनिक एक मात्र उडान गर्दै आएको छ ।

यस्तै, कतार एयरका दैनिक चारमध्ये दुई उडान कटौती हुँदा थाई एयरवेजका दैनिक दुईमध्ये एक उडान कटौती गरिएको छ ।

Tags: # त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल#विमानस्थल बन्द हुने

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?
अन्तर्राष्ट्रिय

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.