ओशोका ‘लुकेका तथ्य’ थाहा पाउने अवसर नेपालमै

१९ कात्तिक ८१, मंगलबार

२० कार्तिक , काठमाण्डौ।

विख्यात धर्मगुरु एवं महान् दार्शनिक ओशो अर्थात रजनिशका बारेमा नेपालमा अन्तरक्रिया हुने भएको छ । आगामी मंसिर ४ गते (नोभेम्बर १९) मा हुने ‘एक्स्प्लोर हिडन साइड अफ ओशो विथ शिला’ नामक अन्तरक्रियाका लागि ओशोकी नजिकको पात्रका रुपमा रहेकी मा आनन्द शिला नेपाल आउने भएकी छन् ।

उक्त अन्तरक्रियामा ओशोका बारेमा हालसम्म सार्वजनिक नभएका धेरै जानकारी हासिल गर्न सकिने कार्यक्रम आयोजक भीएफवाई टक्सले जनाएको छ । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा हुने यस अन्तरक्रियाले युवाहरुमा अध्यात्मिक जागरुकता ल्याउन सहयोग गर्ने तथा सत्मार्ग पहिल्याउन भूमिका खेल्ने भीएफवाई टक्सका संस्थापक दशरथ सुनारले जानकारी दिए।

Advertisement

यसअघि भीएफवाई टक्सकै लागि उनी नेपाल आएकी थिइन् भने अहिले पनि नेपालीहरुसँग अन्तरिक्रयाका लागि शिलालाई आमन्त्रित गरिएको सुनारले बताए । भीएफवाई टक्सले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरुलाई नियमित रुपमा आफ्नो ‘टक सो’मा सहभागी गराएर विश्वमा नेपालको पहिचान बढाउन प्रयास गरिरहेको छ ।

यसैगरी, अब प्रत्येक महिना कोही विश्वविख्यात हस्तीलाई बोलाएर नेपाली युवाहरुसँग अन्तरक्रिया गराउने र नेपालको पर्यटकीय सम्भावनालाई उजागार गर्ने योजना बनाइरहेको सुनारले बताएका छन् ।

Advertisement

मा आनन्द शिला, जसको वास्तविक नाम शीला अंबालाल पटेल हो । उनी रजनीश (ओशो) की निकट सहयोगी थिइन्। उनी १९८० को दशकमा ओशोको समुदाय (कम्यून) को प्रमुख प्रशासकका रूपमा चर्चित भइन्।

१९४९ मा भारतको वडोदरा शहरमा जन्मिएकी शिला पछि परिवारसहित अमेरिका बसाइँ सरेकी थिइन्। ओशोको विचारधाराबाट प्रभावित भएर उनले ओशोको आश्रममा प्रमुख भूमिका निर्वाह गरिन्।

उनको नेतृत्वमा अमेरिकाको ओरेगन राज्यमा “रजनीशपुरम“ नामक स्वतन्त्र समुदायको स्थापना भयो, जहाँ हजारौं अनुयायीहरू बसोबास गर्थे। शिलाले समुदायलाई संगठित र व्यवस्थापन गर्दै ठूलै काम गरिन्, तर उनको भूमिका विवादास्पद पनि रह्यो।

सन् १९८४ मा “रजनीशपुरम“ मा भएको जैविक हतियार हमलामा उनको संलग्नताको आरोप लाग्यो, जसका कारण धेरै मानिसहरू बिरामी परेका थिए। यस आरोपपछि शिलाले जेल सजाय समेत भोग्नुपरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top