×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

अमेरिकी राष्ट्रपतिको तलब र पेन्सन कति हुन्छ ?

२० कार्तिक २०८१

२० कार्तिक , एजेन्सी ।

अमेरिकामा आज राष्ट्रपति चुनाव हुँदै गर्दा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको र समृद्ध देश अमेरिकाको राष्ट्रपति को बन्ला भन्ने चासो सर्वत्र छ । अमेरिकी राष्ट्रपतिले देशको शासन सत्ता सम्हाल्ने मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा भूराजनीतिक मामिलामा पनि निर्णायक भूमिका खेल्ने कारण पनि यो चासो बढेको हो ।

Advertisement
Advertisement

यस्तोमा अहिले अर्को विषयले पनि धेरैको कौतुहलता बढाएको छ त्यो हो, अमेरिकी राष्ट्रपतिको तलब र पेन्सन । सर्वाधिक धनी र शक्तिशाली देशको राष्ट्रपतिको तलब कति हुन्छ भनेर मानिसहरुमा उत्सुकता हुनु पनि स्वभाविक मानिन्छ ।

यथार्थ के छ भने अमेरिकाका सर्वाधिक धनी व्यक्तिले वार्षिक रुपमा ७ लाख ८८ हजार डलर अर्थात १० करोड ६० लाख ९३ हजार ३५३ नेपाली रुपैयाँ कमाउँछन् । जवकि अमेरिकी राष्ट्रपतिको तलब यसको लगभग आधा हुन्छ ।

त्यसो त जननिर्वाचित राष्ट्रपति सरकारी सेवक नै हुन् । र उ जनताप्रति जवाफदेही बन्नुपर्छ । किनकि सरकारी खर्चबाटै उसको तलब भत्ता तय गरिएको हुन्छ । तर पनि अमेरिकी राष्ट्रपतिको तलब आम अमेरिकी नागरिकको भन्दा ६ गुणा धेरै हुन्छ ।

एक औसत अमेरिकी नागरिकले वार्षिक रुपमा ६३ हजार ७९५ डलर अर्थात् ८५ लाख ८९ हजार ११८ रुपैयाँ कमाउँछ । यसरी हेर्दा सम्पत्तिको रुपमा अमेरिकी राष्ट्रपति देशका प्रमुख १ प्रतिशत धनाढ्यहरुमा पनि पर्दैनन् ।

राष्ट्रपति जो बाइडेनले वार्षिक रुपमा ४ लाख डलर (५ करोड ३८ लाख ५४ हजार ४९४ रुपैयाँ) तलब खाँदै आएका छन् । यसवाहेक राष्ट्रपतिको खर्चको रुपमा अतिरिक्त ५० हजार डलर बाइडेनले पाउँछन् ।

वासिङटन डिसीमा रहेको राष्ट्रपति कार्यालय अर्थात् ह्वाइट हाउसमा राष्ट्रपतिको रुपमा रहँदा बाइडेनले आफ्नो निजी सम्पत्तिबाट कुनै खर्च भने गर्नु पर्दैन । कुनै व्यक्ति राष्ट्रपतिको रुपमा जब पहिलो पटक ह्वाइट हाउसमा प्रवेश गर्छ उसले १ लाख डलर अर्थात् करिब १ करोड ३४ लाख ६३ हजार ६२३ रुपैयाँ पाउने गर्छ ।

उक्त पैसा नयाँ राष्ट्रपतिले घरको सजावट लगायतका काममा खर्च गर्न पाउँछ । यसैगरी राष्ट्रपतिलाई मनोरन्जन, कर्मचारी र भान्सेका लागि मात्रै वार्षिक १९ हजार डलर उपलब्ध हुन्छ । अब आगामी २०२५ जनवरी २० मा अमेरिकाले नयाँ राष्ट्रपति पाउनेछ ।

जसले ह्वाइट हाउसबाट कम्तीमा ४ वर्ष शासन गर्नेछन् । र त्यस क्रममा राष्ट्रपतिले एक आम मानिसका रुपमा पर्याप्त सुविधा उपभोग गर्नुका साथै एउटा उन्नत जीवन यापन गर्न सक्छन् । यसवाहेक राष्ट्रपतिका लागि सबै स्वास्थ्य सेवा निशुल्क हुन्छ ।

यस्तै राष्ट्रपतिको यात्राका लागि एउटा सुविधा सम्पन्न कार, एक मरिन हेलिकप्टर र एयर फोर्स वान नामक हवाइजहाज पनि सुविधाको रुपमा उपलब्ध हुन्छ । तर कारको सन्दर्भमा राष्ट्रपतिको रुची अनुसार समय समयमा परिवर्तन पनि हुनसक्छ ।

यसैगरी एयरफोर्स लगभग १ सय सदस्यहरु एकै पटक यात्रा गर्नसक्ने आकारको हुन्छ । रोचक त के छ भने २००१ देखि हालसम्म अमेरिकी राष्ट्रपतिको तलब वृद्धि भएको छैन । हरेक वर्ष हरेक सरकारी कर्मचारीको तलबभत्ता बढेको हुन्छ तर अमेरिकी राष्ट्रपतिको तलब २३ वर्षयता बढेको छैन ।

२००१ मा जब जर्ज डब्लु बुसले पदभार सम्हाल्ने क्रममा तलब बढाइएको थियो । त्यसयता राष्ट्रपतिको तलब बढाइएको छैन । जर्ज वासिङटन अमेरिकाको पहिलो राष्ट्रपति थिए । उनले वार्षिक रुपमा २ हजार डलर तलब पाउँथे ।

यसैगरी अमेरिकी राष्ट्रपति बनेर निवृत्त भइसकेपछि भने उसले जीवनभर वार्षिक रुपमा २ लाख ४० हजार डलर अर्थात् ३ करोड २३ लाख १२ हजार ६९६ नेपाली रुपैयाँ पेन्सनको रुपमा पाउँछ। यद्यपि अमेरिकी राष्ट्रपति विश्वमा सबैभन्दा बढी पारिश्रमिक लिने नेता होइनन्।

हाल विश्वको सबैभन्दा बढी पारिश्रमिक लिने नेतामा सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङ छन् । उनको वार्षिक तलब लगभग १ दशलव ६९ मिलियन डलर रहेको छ। यस्तै हङकङका जोन ली का चिउ विश्वका सबैभन्दा धेरै कमाउने राजनीतिज्ञको सूचीमा दोस्रो स्थानमा छन् ।

उनले वार्षिक ६ लाख ७२ हजार डलर पाउँछन् । स्विट्जरल्यान्डका राष्ट्रपति भियोला एमहार्ड तेस्रो स्थानमा छन् । जसको वार्षिक आय ५ लाख ७० हजार डलर रहेको छ । अमेरिकी राष्ट्रपतिहरूलाई आफ्नो तलब अस्वीकार गर्न अनुमति छैन, तर तिनीहरूले कुनै पनि संस्थालाई दान गर्न सक्छन्।

Advertisement

जर्ज वाशिंगटनले सुरुमा आफ्नो तलब लिन अस्वीकार गरे तर कांग्रेसले उनलाई त्यसो गर्नबाट रोक्यो। यसपछि केही राष्ट्रपतिले आफ्नो राष्ट्रपतिको तलब दान गरेका थिए । यो गर्नेहरूमध्ये हालको चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प पनि छन्। सन् २०१६ मा ट्रम्प राष्ट्रपति हुँदा उनले आफ्नो तलब दान गरेका थिए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top