NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

शेखरको विरासतमाथि लालबाबुको चुनौती

सोमवार मंसिर १८ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
शेखरको विरासतमाथि लालबाबुको चुनौती
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

टंकी सिनुवारी मोरङका भरत र जनार्दन रेग्मी दाजुभाइ हुन्। एकैठाउँमा बस्ने उनीहरुका धेरै कुरा मिल्छन्, २१ गतेको चुनावमा कसलाई भोट हाल्नेबारे भने रेग्मी दाजुभाइ दुई ध्रुवमा बाँडिएका छन्।

भरतलाई लाग्छ, यो क्षेत्रबाट यसपालि एमाले उम्मेदवार लालबाबु पण्डितले चुनाव जित्छन्। ‘लालबाबु पण्डितलाई भोट दिन्छु, यसपटक उनैले जित्छन्,’ उनले भने।

सँगै रहेका जनार्दनले दाइको कुरा पत्याएनन्। ‘यो त पहिल्यैदेखि कांग्रेसकोे गढ हो। त्यसमाथि शेखर कोइराला छन्। उनका अगाडि गच्छदार (विजयकुमार) को त केही लागेन भने लालबाबु?’ उनले भने।

Advertisement

भाइको कुरा भुइँमा खस्न नपाउँदै भरतले हिसाब सुनाए, ‘यसपटक लालबाबुले चार हजार मतको अन्तरले जित्छन्।’

जनार्दनले उनको हिसाब पनि पत्याएनन्, ‘प्रतिस्पर्धा छ तर बाजी शेखरले नै मार्छन्। धेरै मतको अन्तर भने हुन्न होला।’

रेग्मी दाजुभाइलाई अरु बेला राजनीतिको खासै चासो हुन्न। चुनावको बेला भने विराटनगरमा त्यसै माहोल तातिने उनीहरुको अनुभव छ।
राणाविरोधी र प्रजातन्त्र प्राप्तिको आन्दोलनको केन्द्र विराटनगरमा निर्वाचनको बेलामा चर्चा र गरमागरम नहुने कुरै भएन।

कोइराला परिवारको लामो इतिहास रहेको विराटनगरमा यसपालि सो परिवारको विरासत जोगाउन शेखर कोइराला मोरङ–६बाट उम्मेदवार छन्।

उनको परिवारका तीन जना मुलुकको प्रधानमन्त्री भैसकेका छन्—मात्रिका, वीपी र गिरिजाप्रसाद कोइराला।

विपिका भाइ र गिरिजाका दाजु केशव कोइरालाका छोरा हुन्, शेखर।

शेखरका लागि राजनीति नौलो विषय होइन। २०४८ सालमै काका गिरिजाप्रसादलाई मोरंङ –१ बाट जिताउन चुनावमा खटिएका कोइराला यसअघि नै मोरङ–६ बाट दुई पटक निर्वाचित भैसकेका छन्।

मोरङ–६ कांग्रेसको बलियो प्रभाव क्षेत्र हो। स्थानीय चुनावमा यो क्षेत्रमा पर्नेे धेरै वडा कांग्रेसले जितेको छ। यहाँ बलियो प्रभाव रहेको अर्को दल विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम मिसिएपछि त कांग्रेस झनै बलियो भएको छ।

यो क्षेत्रबाट गच्छदार २०६४ सालको संविधान सभामा विजयी भएका थिए। २०७० मा उनी शेखरसँग पराजित भए।

मोरङ– ६मा विराटनगर महानगरपालिकाक ४,५,६,७,११,१२ र १३ वडा पर्छन्। महानगरका ७ वटावडा मध्ये २ मा कांग्रेस, २ मा वडा एमाले र एउटामा माओवादी केन्द्र बिजयी भएको छ।

सुन्दर हरैचा नगरपालिकाका २ देखि ७ सम्मका वडा यही क्षेत्रमा पर्छन्। यी ६ वडामध्ये ५ मा कांग्रेस र एउटामा एमालेले जितेको छ।

यो क्षेत्रमा बुढीगंगा गाँउपालिका पनि पर्छ। गाँउपालिकाका ३ वडामा कांग्रेससँग एकता गरिसकेको नेपाल लोकतान्त्रिक फोरमले जितेको छ। एमालेले ३ वटा वडा र कांग्रेसले एउटा वडा जितेको छ।

स्थानीय चुनावमा वडाध्यक्षलाई आएको मतलाई मात्र आधार मान्ने हो भने शेखरअगाडि रहेका छन्। तर एमाले पनि कमजोर छैन।

राष्ट्रिय राजनीतिमा अलग व्यक्तित्व बनाएका लालबाबु पण्डितलाई एमालेले यो क्षेत्रमा उतारेपछि चुनावमा रौनक थपिएको छ। शेखरका लागि सजिलो मानिएको यो क्षेत्र अब प्रतिस्पर्धात्मक बनेको छ।

मालेको भूमिगत कालमै मोरङमा काम गरेका पण्डित यहाँका पुराना नेता हुन्। २०४८ सालमै उनी मोरङबाट सांसद चुनिएका थिए। त्यसैले लालबाबुले शेखरलाई कडा चुनौती दिने विश्वास एमालेको छ।

सेतोपाटी टिमले मोरङ –६ का गाँउ र नगरमा पर्ने सबै वडा पुगेर २०० भन्दा बढी मतदातासँग कुरा गर्दा यो क्षेत्रमा कडा प्रतिस्पर्धा छ भन्ने प्रष्टै देखियो।

हामीले दुई दिनमा २ सय ३१ जना मतदातासँग कुरा गर्यौं।

तीमध्ये शेखर र लालबाबुलाई मत दिन्छु भन्ने मतदाताबीच झिनो अन्तर छ। २ सय ३१ मध्ये १ सय ८ जनाले शेखरलाई भोट दिन्छु भने। लालबाबुलाई मत दिन्छु भन्ने ९९ भेटिए। १६ जना मतदाताले मत दिने पार्टी भन्न चाहेनन् भने ८ जनाले अन्य पार्टीलाई मत दिने बताए।

शेखरको क्षेत्रमा आएर पनि लालबाबु प्रतिस्पर्धात्मक देखिनुको मूल कारण पछिल्लो चुनावमा कांग्रेसलाई मत दिएका कतिपय मतदाताले यसपालि पण्डितलाई रोज्नु हो। २३१ मध्ये हामीले २८ जना यस्ता मतदाता भेट्यौं जसले अघिल्लो पटक शेखरलाई भोट हालेका थिए तर यसपालि पण्डितलाई भोट दिने निर्णयमा पुगेका छन्। विगतमा एमालेलाई मत दिएका ३ जना मात्रै मतदाता भेटिए जसले यसपालि कांग्रेसलाई मत दिने बताए।

पछिल्लो संविधान सभामा नेपाल लोकतान्त्रिक फोरमलाई भोट दिएका ९ जनाले यसपालि कांग्रेसलाई मत दिने बताए। जुन मतले कांग्रेसलाई सहज बनाउनेछ। फोरम लोकतान्त्रिकको मत पनि जोडिएकाले मात्र शेखरलाई यहाँ केही राहत भएको हो। नत्र उनको जित झनै चुनौतीपुर्ण हुने थियो।

स्थानीय चुनावमा यो क्षेत्रमा कमजोर देखिएको एमाले कसरी शेखरको बलियो प्रतिद्वन्द्वी बन्यो?

एमाले कार्यकर्ताहरु स्थानीय चुनावमा पार्टी कमजोर थियो भन्ने नै मान्न तयार छैनन्।

सुन्दरहरैचा –५ का जीवन दाहालले यो क्षेत्रका स्थानीय तहमा एमाले बलियो भए पनि आन्तरिक विवादले हारेको बताए। ‘यो क्षेत्रमा एमाले बलियो हो तर आन्तरिक विवादले हार्नु पर्यो। यो पटक त्यस्तो हुँदैन,’ उनले भने,‘अहिले त एमाले र माओवादी मिलेका छन् त्यो भोट पनि यतै आउँछ।’

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.