×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

२९ भाद्र २०८२

२९ भदौ , काठमाण्डौ ।

पछिल्लो समय प्रविधिले विश्वमै चमत्कार गरिरहेको छ । अल्बानियाले विश्वमै पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बोट ‘डिएला’लाई मन्त्री बनाएको छ । डिएलाको काम सरकारी खरिद प्रक्रियालाई व्यवस्थित गरी भ्रष्टाचार र घूसखोरी रोक्नु हो ।

विश्वभर एआईबाट कोडिङ लगायतका विभिन्न कामलाई स्वचालित बनाउने होडबाजी चलिरहेका बैला र यसबाट मानिसहरुको रोजगारीमा संकट समेत बढिरहेका बेला अल्बानियाले भने एआईलाई नै मन्त्री बनाएको छ ।

यसलाई यो मुलुकले भ्रष्टाचार अन्त्य गर्नका लागि एक नयाँ हतियारका रुपमा पेस गरेको हो । शुक्रबार अल्बानियाका प्रधानमन्त्री एडी रामाले आफ्नो मन्त्रिपरिषद्मा एकजना एआई मन्त्री नियुक्त गर्ने घोषणा गरे । उक्त भर्चुअल मन्त्रीको नाम डिएला हो ।

अल्बानियाली भाषामा यसको अर्थ सूर्य भन्ने हुन्छ । यसलाई एआई प्रविधिको क्षेत्रमा यस्तो खालको पहिलो प्रयोग भएको बताइएको छ । वास्तवमा एआई प्रविधिको क्षेत्रमा अल्बानियाले गरेको उक्त काम अहिलेसम्म अमेरिका र चीनजस्ता विकसित देशहरुले पनि गर्न सकेका छैनन् ।

डिएला विश्वकै पहिलो एआई मन्त्री हो जसलाई भ्रष्टाचार अन्त्य गर्ने जिम्मेवारी दिइँदैछ । प्रधानमन्त्री रामाका अनुसार डिएलाले सार्वजनिक कोष परियोजना तथा सरकारी टेण्डरहरुको टेण्डरहरुको निगरानी गर्नेछ ताकि भ्रष्टाचारलाई पूर्णरुपमा अन्त्य गर्न सकियोस् ।

प्रधानमन्त्री रामाले अब मुलुकमा सबै सार्वजनिक टेण्डरहरु शत प्रतिशत भ्रष्टाचारमुक्त हुने बताएका छन् । विश्वको पहिलो भर्चुअल मन्त्री डिएलालाई सन् २०२५ को सुरुमा ई अल्बानिया नामक सरकारी डिजिटल प्लाटफर्ममा लञ्च गरिएको थियो ।

त्यहाँ उसले भर्चुअल सहयोगीको रुपमा काम गर्दै आएको थियो र पारम्परिक अल्बानियम पोशाक लगाएर प्रयोगकर्ताहरुलाई वेबसाइट प्रयोग गर्नमा सहयोग गर्दथ्यो । प्रधानमन्त्री रामाले आफ्नो सत्ताधारी सोसलिस्ट पार्टीलाई बताए अनुसार अब सरकारी टेण्डरका विजेताको निर्णयको जिम्मेवारी मन्त्रीहरुको साटो डिएलाले गर्नेछ ।

अल्बानियामा सरकारी टेण्डरमा घोटालाको विषय लामो समयदेखि भ्रष्टाचारको अहम् मुद्दाको रुपमा रहेको छ । अब यस एआई सिस्टमले हरेक कम्पनीले सरकारी टेण्डरमा गर्ने बोलकबोलको समीक्षा गर्नेछ । जसका कारण टेण्डरमा हुने मानवीय दखल अन्त्य हुनुका साथै घुस, धम्की तथा पक्षपातजस्ता खतरा पनि समाप्त गर्नेछन् ।

सरकारी टेण्डरमा हुने भ्रष्टाचार अन्त्यको विषय सन् २०३० सम्ममा इयुमा सामेल हुने अल्बानियाको लक्ष्य पूरा गर्नका लागि महत्वपूर्ण छ । अल्बानियाली मिडियाले यस निर्णयलाई ठूलो परिवर्तनको रुपमा लिएका छन् जहाँ प्रविधि अब केवल सहायक टूल मात्र नभई शासनमा एक सक्रिय खेलाडि बनिसकेको छ ।

कानून विज्ञहरुका अनुसार अल्बानियाली भर्चुअल एआई मन्त्री डिएलाको आधिकारिकताको विषयमा भने अझैपनि थप काम गर्न आवश्यक छ । सन् १९९० मा कम्युनिष्ट शासन अन्त्य भएपछि अल्बानियामा भ्रष्टाचार एक गम्भीर समस्या बनेको छ ।

यस्तोमा एआई मन्त्री भ्रष्टाचार नियन्त्रणमा कत्तिको प्रभावकारी हुन्छ, त्यो हेर्न बाँकी छ । यद्यपि, प्रधानमन्त्री एडी रामाले डिएलालाई परिचय गराउँदै भने, ‘डिएलाले सरकारी टेन्डर व्यवस्थापन गर्नेछ र निजी कम्पनीहरूलाई परियोजना दिने निर्णय गर्नेछ।’

उनको दाबी छ, ‘डिएलालाई घूस, धम्की वा पक्षपातले प्रभावित गर्न सकिँदैन, जसले सरकारी टेन्डरलाई भ्रष्टाचारमुक्त बनाउनेछ।’ अल्बानिया लामो समयदेखि भ्रष्टाचार, विशेषगरी सरकारी टेन्डरमा अनियमितता र लागूऔषध तथा हतियार तस्करीसँग जुधिरहेको छ।

यसले युरोपेली संघमा प्रवेशलाई पनि कठिन बनाएको छ । डिएलालाई सन् २०३० सम्ममा युरोपेली संघको सदस्य बन्ने लक्ष्यमा सहयोग गर्न नियुक्त गरिएको हो । डिएला पहिलेदेखि नै ई–अल्बेनिया प्लेटफर्ममा भर्चुअल सहायकको रूपमा काम गरिरहेकी छन्,जहाँ उनले नागरिक र व्यवसायीलाई सरकारी कागजात प्राप्त गर्न सहयोग गर्छिन् ।

उनी परम्परागत अल्बेनियाली पोशाकमा देखिन्छिन् र आवाजमार्फत आदेश लिन्छिन् । तर, सरकारले डिएलाको निर्णयमा मानवीय निगरानी र ह्याकिङको जोखिमबारे स्पष्ट गरेको छैन। प्रविधिको यो प्रयोग जति नवीन छ, त्यति नै जोखिमपूर्ण पनि हुन सक्छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top