×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

२९ भाद्र २०८२

२९ भदौ , काठमाण्डौ ।

एसीसी एसिया कप टी–२० प्रतियोगिता अन्तर्गतको छैटौं खेलमा आज विश्व क्रिकेटका दुई चर्चित टोली पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ८ः १५ मा युनाइटेड अरब इमिरेट्स(युएई) को दुबई इन्टरनेशनल रंगशालामा सुरु हुनेछ ।

दुबै टोली लगातार दोस्रो जितका साथ सुपर–४ को यात्रा सहज बनाउन चाहन्छन् । पहिलो खेलमा भारतले घरेलु टोली युएईलाई ९ विकेट र पाकिस्तानले ओमानलाई ९३ रनले हराउँदै विजयी सुरुवात गरेका थिए ।

समूह ए मा समान २ अंक भएपनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् । भारत र पाकिस्तान आन्तरिक राजनीतिको कारण पछिल्लो एक दशकदेखि आईसीसी र एसिसीको प्रतियोगितामा मात्रै प्रतिस्पर्धा गर्दै आएका छन् ।

यसअघि यी दुई टोलीबीचको खेलको टिकट खुल्ला भएको केही मिनेटमै ब्रिकी भई सकेको हुन्थ्यो । यस पटक खेलको अघिल्लो दिनसम्म टिकट पुरै बिक्री भएको छैन । केही महिना अघि जम्मु कश्मिरको पहलगाममा भएको आतंककारी आक्रमणपछि भारतले पाकिस्तानसँग खेल्न नहुने कुरा उठ्दै आएको थियो ।

तर भारतीय सरकारले आईसीसी र एसीसीको प्रतियोगिता खेल्नमा कुनै नरोक्ने जनाएको छ । कतिपय भारतीय समर्थक, पूर्व क्रिकेट र विश्लेषकहरु पाकिस्तानसँगको खेल बहिष्कार गर्नुपर्ने माग राख्दै आएका छन् । यता आधुनिक शैलीको टी२० क्रिकेट खेल्ने भन्दै दुई सुपरस्टार मोहम्मद रिजवान र बाबर आजम बिना नै पाकिस्तान एसिया कप खेल्न आएको छ ।

बाबर र रिजवानको टी२० स्ट्राइकरेट कमजोर भएको भन्दै पाकिस्तानले बाहिर गरेको छ । युवा खेलाडीलाई उत्कृष्ट स्ट्राइकरेटमा ब्याटिङको अतिरिक्त दबाब पनि छ । गत वर्ष टी२० विश्वकप जितेसँगै रोहित शर्मा र विराट कोहलीले सन्न्यास लिएका थिए । त्यसैले नयाँ पुस्ताबीचको भिडन्त मानिएको छ ।

भारतले स्पिनर कुलदीप यादव, बरुण चक्रवर्ती र अक्षर पटेल तथा पाकिस्तानसँग मोहम्मद नवाज, सुफ्यान मुकीब र अब्रार अहमद पहिलो खेलमा प्लेइङ– ११ मा मैदान उतारेका थिए । पिच तीव्र गतिका बलर सहयोगी भएको खण्डमा पाकिस्तानले हरिस रौफ र भारतले अर्शदीप सिंहलाई प्लेइङ ११ मा समेट्न सक्छन् ।

भारतको ब्याटिङ लाइनअप मजबुत छ । अभिषेक शर्मा, सञ्जु स्यामसन र सूर्य कुमार यादव जस्ता ब्याटर टोलीमा हुँदा मजबुत छ । उता पाकिस्तानमा फखर जमान, हसन नवाज र सैम अयुब एकै ओभरमा खेललाई मोड्न सक्ने खुबी भएका ब्याटर हुन् ।

भारतमा योर्कर किंग जस्प्रित बुमराह र पाकिस्तानमा स्वींग तथा गतिमा राज गर्दै आएका शाहिन शाह अफ्रिदीको स्पेलले खेल निर्धारण गर्न सक्छ । पाकिस्तानको टोलीमा फखर जमान र मोहम्मद नवाज बाहेक अन्य खेलाडीमा अनुभवको कमी छ ।

विशेषगरी दबाब र ठूला प्रतियोगिता खेलेका निकै कम ब्याटर छन् । ओपनर सैम अयुब र सहिबजादा फहरान दुबै लयमा नहुँदा ब्याटिङ थप कमजोरी बनेको छ । स्पिन बलिङ सामु पाकिस्तानी ब्याटरको इतिहास राम्रो नहुँदा भारतीय स्पिनर कुलदीप यादव र बरुण चक्रवर्तीको बलिङ सामना गर्न सहज हुनेछैन ।

पाकिस्तानको प्लेइङ ११ मा पाँच स्पिन आक्रामणको विकल्प छ । अफ्रिदी र हरिस रौफ जस्ता १ सय ५० प्रतिघण्टा किलोमिटरको गतीमा बलिङ गर्ने बलर टोलीमा हुँदा भारतीय ब्याटरलाई रन बनाउन सहज हुनेछैन ।

बुमराह नचलेको खण्डमा भारतको तीव्र गतिको बलिङ आक्रामण समस्यामा पर्न सक्छ । दोस्रो र तेस्रो तीव्र गतिका बलरमा अलराउण्डर हार्दिक पाण्ड्या र शिबम दुबेका साथ अघि बढ्दै आएको छ । ब्याटिङमा गहिराई र टी२० ब्याटरको बाहुल्यता हुनु भारतको विशेषता हो ।

पछिल्ला पाँच खेलमा भारत तीन र पाकिस्तान दुई खेलमा विजयी भएका छन् । यी दुई टोलीबीच कुल १३ टी–२० आई खेल हुँदा भारत १० खेलमा विजयी भएको छ । जारी एसिया कपमा समूह एमा भारत, पाकिस्तान, ओमान र युएई रहेका छन् ।

समूह बीमा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ रहेका छन् । हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपरफोरका शीर्ष दुई टोली फाइनल खेल्नेछन् । पछिल्लो पटक २०२२ को टी२० एसिया कपमा पाकिस्तानलाई फाइनलमा हराउँदै श्रीलंकाले उपाधि जितेको थियो ।

यसैबीच श्रीलंकाले एसिया कपको पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । बंगलादेशले यसअघि हङकङलाई ७ विकेटले हराएको थियो । श्रीलंकाले समूह चरणमा बलियो सुरुआत गर्न सफल भयो ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top