×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

कक्षा ११ र १२ अनुत्तीर्ण विद्यार्थीलाई एकपटक मौका परीक्षा

२५ कार्तिक २०८१

२५ कार्तिक ,काठमाण्डौ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा नियमित सामेल नभएका तथा अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका अनुसार २०५६ सालयता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गरिएको छ।

Advertisement
Advertisement

कक्षा ११ र १२ मा २५ वर्षअघि र त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा २३ वर्षअघि भर्ना भएर फेल भएका विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने भएका छन । कक्षा ११ र १२ मा फेल भएका २०५६ सालदेखि र स्नातक तहमा फेल भएका २०५८ सालदेखिका विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका हुन ।

विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका सबैखाले विद्यार्थी मौका परीक्षामा सहभागी हुन सक्नेछन् । बोर्डको यो व्यवस्था अनुसार पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएकासम्म मौका परीक्षामा सहभागी हुन पाउने छन ।

विगत २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थीको सङ्ख्या झन्डै १४ लाख रहेको हुनसक्ने बोर्डको अनुमान छ । राष्ट्रिय परीक्षा बोर्डले आज सूचना निकालेर पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीलाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ ।

बोर्डले यस्ता विद्यार्थीलाई आउँदो मङ्सिर २७ गतेभित्रमा आफूले अध्ययन गरेको शैक्षिक संस्थामा गएर परीक्षा फाराम भर्न अनुरोध गरेको छ । कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको शुरुका दुई अङ्क ५६ वा त्योभन्दा बढी र ७७ वा त्योभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा त्योभन्दा बढी र ७६ वा त्योभन्दा कम भएकालाई अन्तिम एक पटकको मौका दिइने छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले २०५६ देखि २०७७ सम्म रजिस्ट्रेसन गरेका विद्यार्थीले परीक्षा आवेदन फाराम भर्न पाउने बताएका छन् । जति विषयमा फेल भएका विद्यार्थी पनि मौका परीक्षामा सहभागी हुन पाउने उनको भनाइ छ ।

आवेदन फाराम भर्ने विद्यार्थीको सङ्ख्याका आधारमा परीक्षा केन्द्र र तालिका पछि सार्वजनिक हुनेछ । सम्बन्धित विद्यालय÷क्याम्पसले आफ्ना विद्यार्थीको परीक्षा आवेदन फाराम सङ्कलन गरी बोर्डमा बुझाउन आग्रह गरिएको छ ।

खारेज भएका वा अहिले सञ्चालनमा नरहेका विद्यालयमा अध्ययन गरेका विद्यार्थीले बोर्डको सम्बन्धित कार्यालयमा सोझै सम्पर्क राखेर आवेदन फाराम बुझाउनुपर्नेछ । प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीले पनि सबै मौकामा आवेदन दिन सक्नेछन ।

एक सङ्कायको विद्यार्थीले अर्को सङ्कायका विषयमा समेत परीक्षा दिन पाउने बोर्डले जनाएको छ । पुराना विद्यार्थीको परीक्षा पुरानो पाठ्यक्रमअनुसार नै सञ्चालन हुने र पूर्णाङ्कसमेत साविक अनुसारको नै हुने बोर्डले जनाएको छ ।

त्यस्तै त्रिवि परीक्षा सुधार समितिले जुनसुकै तहको परीक्षामा (एआई) प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णयसमेत गरेको छ । गत चैतमा त्रिविले आगामी शैक्षिक सत्रदेखि स्नातक तहको परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र तयार गर्ने निर्णय गरेको थियो ।

त्रिविका प्रश्नहरू अंग्रेजी भाषामा मात्रै सोधिँदै आएकामा यो वर्षदेखि नेपालीमा पनि सोधिने भएको हो । हाललाई शिक्षाशास्त्र, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन र कानुन संकायतर्फ स्नातक तहको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिने भएको हो ।

उक्त व्यवस्थाअनुसार यस वर्ष प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू हुनेछ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top