NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

महिला यु १९ विश्व कप छनोटः आज नेपाल भर्सेस थाईल्याण्ड

आइतवार कार्तिक २५ , २०८१
Reading Time: 1 min read
A A
महिला यु १९ विश्व कप छनोटः आज नेपाल भर्सेस थाईल्याण्ड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ कार्तिक , काठमाण्डौ ।

युएईमा जारी आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग खेल्दैछ । नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो सवा ३ बजे शुरु हुने छ ।

गएको बुधवार शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । बिहीवार कुवेतलाई १०८ रनले हराएको नेपाल हिजो भने युएईसँग १३ रनले पराजित भयो ।

आज नेपाल तेस्रो जित निकाल्ने दाउमा रहँदा थाइल्याण्ड भने प्रतियोगितामा दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपाल, दोस्रो खेलमा युएईसँग पराजित भएको थाइल्याण्ड तेस्रो खेलमा भने कुवेतलाई २० रनले पराजित गरेको थियो ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ ।

डबल राउण्ड रोबिन लिगका आधार जारी प्रतियोगिताको पहिलो चरण सकिदा युएई पहिलो र नेपाल दोस्रो स्थानमा छन् । छनोटको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

नेपाली टोलीमा सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी रहेका छन् ।

अर्कोतर्फ क्यानले एसीसी यु–१९ पुरुष एसिया कपमा सहभागिता जनाउने नेपाली टोलीको पनि घोषणा गरेको छ । क्यानले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्सीय टोली घोषणा गरेको हो ।

टोलीको मुख्य प्रशिक्षकमा पूर्वअलराउन्डर शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् । शक्ति दायाँ हाते ब्याट्सम्यान हुन् भने लेफ्ट–आर्म स्पिन हुन् । उनले नेपाली राष्ट्रिय टोलीमा सन् २००२ जुलाईमा ओमानविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

जुलाई २०१८ मा शक्तिले नेदरल्यान्डविरूद्वको एकदिवसीय खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यासको घोषणा गरेका थिए । उनले आफ्नो पहिलो एकदिवसीय भ्रमण पश्चात्नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका हुन् ।

शक्ति नेपाली क्रिकेट इतिहासमै अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । उनले इटालीविरूद्व २००५ फेब्रुअरीमा आईसीसी विश्वकप छनोट चरणको सिरिजअन्तर्गत यो उपलब्धि हात पारेका थिए ।

उक्त खेलमा शक्ति १०३ बलमा १०६ रन सहित अवजीत रहेका थिए । शक्तिले २०१८ एभरेस्ट प्रिमियर लिग पछि घरेलु क्रिकेटबाट समेत सन्न्यास लिएका थिए । पोखरा राइनोजबाट समूह चरणको अन्तिम खेल पछि उनले सबै खाले क्रिकेटबाट सन्यास लिएका थिए ।

त्यसयता उनी रूपन्देहीमा आफ्नो एकेडेमी सञ्चालन गर्दै आएका थिए । पछिल्लो समय लुम्बिनीले खेल्ने उमेरसमूहको प्रतियोगितामा उनले प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले पहिलोपल्ट राष्ट्रिय टोली सम्हाल्न लागेका हुन् ।

अब उनको प्रशिक्षणमा नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म युएईमा हुने एसीसी मेन्स यु–१९ एसिया कप खेल्ने छ । नेपालले नोभेम्बर २९ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपाल रहेको समूह ‘बी’ मा श्रीलंकासँगै साबिक विजेता बंगलादेश र अफगानिस्तान पनि छ । अर्को समूहमा भारत, पाकिस्तान, आयोजक युएई र जापान छन् । नेपालले समूह चरणको दोस्रो खेल डिसेम्बर १ मा बंगलादेशसँग खेल्नेछ भने त्यसको दुई दिनपछि अफगानिस्तानसँग खेल्नेछ ।

प्रत्येक समूहबाट समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा हुनेछ । गत वर्षको डिसेम्बरमा भएको फाइनलमा युएईलाई १९५ रनले पराजित गर्दै बंगलादेशले पहिलो पटक यु–१९ एसिया कपको उपाधि जितेको थियो ।

एसीसी यु–१९ प्रिमियर कपको विजेताका रुपमा नेपाल एसिया कपमा छनोट भएको हो । नेपाली टोलीले लगातार नवौं पटक एसिया कपमा सहभागिता जनाउन लागेको हो ।

Tags: #आज नेपाल भर्सेस थाईल्याण्ड#नेपालले एसिया कप खेल्ने#महिला यु १९ विश्व कप छनोट

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.