महिला यु १९ विश्व कप छनोटः आज नेपाल भर्सेस थाईल्याण्ड

२४ कात्तिक ८१, आइतबार

२५ कार्तिक , काठमाण्डौ ।

युएईमा जारी आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग खेल्दैछ । नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो सवा ३ बजे शुरु हुने छ ।

गएको बुधवार शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । बिहीवार कुवेतलाई १०८ रनले हराएको नेपाल हिजो भने युएईसँग १३ रनले पराजित भयो ।

Advertisement

आज नेपाल तेस्रो जित निकाल्ने दाउमा रहँदा थाइल्याण्ड भने प्रतियोगितामा दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपाल, दोस्रो खेलमा युएईसँग पराजित भएको थाइल्याण्ड तेस्रो खेलमा भने कुवेतलाई २० रनले पराजित गरेको थियो ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ ।

Advertisement

डबल राउण्ड रोबिन लिगका आधार जारी प्रतियोगिताको पहिलो चरण सकिदा युएई पहिलो र नेपाल दोस्रो स्थानमा छन् । छनोटको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

नेपाली टोलीमा सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी रहेका छन् ।

अर्कोतर्फ क्यानले एसीसी यु–१९ पुरुष एसिया कपमा सहभागिता जनाउने नेपाली टोलीको पनि घोषणा गरेको छ । क्यानले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्सीय टोली घोषणा गरेको हो ।

टोलीको मुख्य प्रशिक्षकमा पूर्वअलराउन्डर शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् । शक्ति दायाँ हाते ब्याट्सम्यान हुन् भने लेफ्ट–आर्म स्पिन हुन् । उनले नेपाली राष्ट्रिय टोलीमा सन् २००२ जुलाईमा ओमानविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

जुलाई २०१८ मा शक्तिले नेदरल्यान्डविरूद्वको एकदिवसीय खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यासको घोषणा गरेका थिए । उनले आफ्नो पहिलो एकदिवसीय भ्रमण पश्चात्नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका हुन् ।

शक्ति नेपाली क्रिकेट इतिहासमै अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । उनले इटालीविरूद्व २००५ फेब्रुअरीमा आईसीसी विश्वकप छनोट चरणको सिरिजअन्तर्गत यो उपलब्धि हात पारेका थिए ।

उक्त खेलमा शक्ति १०३ बलमा १०६ रन सहित अवजीत रहेका थिए । शक्तिले २०१८ एभरेस्ट प्रिमियर लिग पछि घरेलु क्रिकेटबाट समेत सन्न्यास लिएका थिए । पोखरा राइनोजबाट समूह चरणको अन्तिम खेल पछि उनले सबै खाले क्रिकेटबाट सन्यास लिएका थिए ।

त्यसयता उनी रूपन्देहीमा आफ्नो एकेडेमी सञ्चालन गर्दै आएका थिए । पछिल्लो समय लुम्बिनीले खेल्ने उमेरसमूहको प्रतियोगितामा उनले प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले पहिलोपल्ट राष्ट्रिय टोली सम्हाल्न लागेका हुन् ।

अब उनको प्रशिक्षणमा नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म युएईमा हुने एसीसी मेन्स यु–१९ एसिया कप खेल्ने छ । नेपालले नोभेम्बर २९ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपाल रहेको समूह ‘बी’ मा श्रीलंकासँगै साबिक विजेता बंगलादेश र अफगानिस्तान पनि छ । अर्को समूहमा भारत, पाकिस्तान, आयोजक युएई र जापान छन् । नेपालले समूह चरणको दोस्रो खेल डिसेम्बर १ मा बंगलादेशसँग खेल्नेछ भने त्यसको दुई दिनपछि अफगानिस्तानसँग खेल्नेछ ।

प्रत्येक समूहबाट समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा हुनेछ । गत वर्षको डिसेम्बरमा भएको फाइनलमा युएईलाई १९५ रनले पराजित गर्दै बंगलादेशले पहिलो पटक यु–१९ एसिया कपको उपाधि जितेको थियो ।

एसीसी यु–१९ प्रिमियर कपको विजेताका रुपमा नेपाल एसिया कपमा छनोट भएको हो । नेपाली टोलीले लगातार नवौं पटक एसिया कपमा सहभागिता जनाउन लागेको हो ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top